Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको गुट, महाधिवेशनअघि फुटैफुट
सभापतिमा दर्जन आकांक्षी कांग्रेसको गुट, महाधिवेशनअघि फुटैफुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०८१
  •  कांग्रेस संस्थापन पक्षमा चार गुट र संस्थापनइतरमा दुई गुटको संकेत
  •  उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्र्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहदेखि प्रवक्ता डा. प्रकाशशरण महत सभापति बन्ने दौडमा 
  • १४औं महाधिवेशनमा शेखर टिमबाट महामन्त्री जितेका गगन थापाले यसपटक शेखरलाई साथ नदिने



काठमाडौं– नेपाली कांग्रेसको आगामी सभापतिका लागि दर्जन आकंक्षी देखिएका छन् । विधानतः अब शेरबहादुर देउवा सभापति बन्न नपाउने भएसँगै आकंक्षीको ओइरो लागेको हो ।

सभापतिको उम्मेद्वारको लाइनमा उपसभापतिदेखि प्रवक्तासम्म कस्सिएका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्र्मा तथा नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहदेखि प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिमा दाबी गरेका छन् ।

आफ्नो उपस्थिति देशभर कस्तो छ भन्दै हिजोआज यी नेताहरु देशदौडाहामासमेत निस्केका छन् । आइतबार सुर्खेत पुगेका कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमानले आफू पुन सभापतिको उम्मेदवार बन्ने संकेत जनाए । ‘जुन पदमा म छु, त्योभन्दा तल जान तयार छैन,’ सिंहले भने, नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ । यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि, निधि, डा. शेखर, प्रकाशमान, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका थिए । पछि निधि, प्रकाशमान, कल्याण र युवराजले देउवालाई साथ दिए । सभापतिमा शेखरले एक हजार ८१७ मत पाउँदा गगनले महामन्त्रीमा तीन हजार २३ मत पाएका थिए । सभापतिमा देउवाले दुई हजार ७२४ मत पाउँदै जित निकाले ।

Hardik health

यसपटक के होला देउवा गुट ?
देउवा गुट अहिलेको केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी छ । यद्यपि देउवाकालको समाप्तिसँगै यो गुट छिन्नभिन्न हुने देखिन्छ । फागुन २ गतेमात्र यो गुटका नेताहरु १५औं महधिवेशनबाट चुनिने सभापतिको बारेमा देउवा निवास बूढानीलकण्ठमा जम्मा भएका थिए ।
उपसभापति खड्का, नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रवक्ता डा. प्रकाशशरण महत उक्त भेलामा पुगेका थिए । सबै नेताको एकै मत थियो– सभापतिका उम्मेदवार संस्थापन गुटबाटै हुनुपर्छ ।

को होला संस्थापनको उम्मेदवार ?
कांग्रेस नेताहरुको दाबीलाई आधार मान्ने हो भने पार्टीमा विरासत बोकेका नेताहरु निधि, शशांक र प्रकाशमान हुन् । यी तीन नेता एक हुने देखिएपछि सिटौलासमेत झस्किएका छन् । पद भागबण्डा मिलाएर सिटौलाले तीन नेतामध्ये एकलाई सभापतिको उम्मेदवारमा समर्थन गर्ने बताइन्छ । ‘यसरी हेर्दा डा. शशांकलाई साथ दिने देखिन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यसो हुँदा कांग्रेस पार्टी जीवन्त बन्दै जाने छ ।’
शशांक उनै नेता हुन् जो १३औं महाधिवेशनमा रामचन्द्र पौडेल गुटबाट महामन्त्रीमा निर्वाचित भएका थिए । पछि उनी देउवाका सहयोगी बने । कांग्रेस चुनावमा नराम्ररी पराजित हुँदासमेत शशांकले देउवाको विरोध गरेनन् । १४औं महाधिवेशनमा शशांकले देउवालाई नै साथ दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । प्रकाशमान र निधिले यो कुरा बुझेर शशांकलाई साथ दिने तयारी भएको बताइन्छ ।
खड्काले आफूलाई देउवाले साथ नदिने देखिएपछि महामन्त्री विश्वप्रकाशसँग ‘टिमअप’ गर्ने बताइन्छ । यो समूहमा प्रकाशशरण महतले पनि आफ्नै गुट बनाउने प्रयास गरिरहेका छन् । सिटौलाले पनि गुट बनाएमा यो समूहमा चार गुट बन्ने देखिन्छ ।

संस्थापनइतरका शेखर–गगन अलगथलग
संस्थापनइतरमा डा. शेखरले फेरि पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । शेखर टिमबाटै महामन्त्री जितेका गगन पनि सभापतिकै तयारीमा जुटेका देखिन्छन् ।शेखर र गगनको पछिल्लो दौडधुप गण्डकी, लुम्बिनी र कर्णालीमा केन्द्रित देखिन्छ । नेता शेखरसँग केन्द्रीय सदस्यहरु एनपी साउद, डा. मिनेन्द्र रिजाल, नैनसिंह महर, दिनेश कोइरालाहरु मञ्चमा देखिन्छन् । रमेश लेखकलाई गृहमन्त्री बनाएपछि सभापति शेरबहादुर देउवासँग असन्तुष्ट साउद शेखर समूहमा भित्रिएका हुन् । यो समूहमा पछिल्लोपटक समूहमा बालकृष्ण खाण पनि थपिएका छन् ।

बेलायतबाट फर्केपछि विराटनगर मुकाम बनाउँदै देशदौडाहमा निस्केका छन् शेखर । सुर्खेत, लुम्बिनी, नेपालगञ्ज हुँदै मोरङ पुगेका कोइराला शुक्रबार झापा पुग्ने कार्यतालिका रहेको छ ।महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरु उमेशजंग रायमाझी, अजयबाबु शिवाकोटी, राधा घलेलगायत नेताहरु देखिन्छन् । थापा पाल्पा, सल्यान, रोल्पा, प्युठान हुँदै अहिले भैरहवा पुगेका छन् । गगनले शेखरबाट धार अलग गरिसकेको र सभापतिको उम्मेदवारी दिने पक्का भइसकेको उनीनिकट केन्द्रीय सदस्यहरु बताउँछन् ।

केन्द्रीय सदस्य रंगमती शाहीले शेखर गगन दुवैले सभापतिमा दाबी गरेको बताइन् । १४औं महाधिवेशनमा सभापतिमा शेखरले १८१७ मत पाउँदा गगनले महामन्त्रीमा ३०२३ मत पाएका थिए । यो समूहमा शेखरले संसदीय दलको निर्वाचनमा पनि एक भएर गगनलाई साथ दियो । यद्यपि देउवाले ६४ मत पाउँदा गगनले २५ मतमात्र पाए । त्यसपछि गगनले सात मत हराएको भन्दै शेखरसँग असन्तुष्टि जनाउन थाले । दुई नेताबीच बेलाबेला तिक्तता आएको खबर आए पनि शेखरले यसलाई अस्वीकार जारी राख्यो । 

सत्ताको रस्साकस्सीको क्रममा संस्थापनइतरले मौका पाइराख्दा गगनले आफ्नो भाग नपाएको भन्दै असन्तुष्टि जनाइरहे । कोशीमा केदार कार्की मुख्यमन्त्री बनेपछि शेखर गगनको बोलचाल महिना दिन बन्द नै भयो । ‘वरिष्ठ नेताजीसँग एक महिनाजति भयो भेट नभएको । पत्रपत्रिकामा पढिरहेको छु । भेटघाट भएमा भनौं ल,’ २०८० कात्तिक २ गते बत्तीसपुतलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गगनले यो असन्तुष्टि पोखेका थिए ।

यद्यपि एक महिनाअघि २०८० असोज २ गते दुई नेताबीच बालुवाटारस्थित शेखरको सचिवालयमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डाबारे छलफल हुँदा गगन उपस्थित भएका थिए । त्यसपछि २०८० मंसिर २६ गतेका लागि शेखरले डाकेको बैठकमा गगनले असन्तुष्टि देखाउँदै नआउने सूचना पठाए । उक्त बैठक भोलिपल्टका लागि सारेपछि गगन ढिलागरी बैठकमा पुगेका थिए । यसरी नै असन्तुष्ट गगन पछिल्लोपटक भने सभापति देउवासँग नजिक छन् । 

१३औं महाधिवेशनमा गगन कांग्रेसको ‘थर्ड पोल’ मानिएका कृष्ण सिटौला टिमबाट महामन्त्रीमा भिडेका थिए । १४औं मा गगनले आफूलाई छाडेर एक्लै बनाएको भन्दै सिटौलाले प्रदीप पौडेललाई देउवासँग ‘टिमअप’ गरी महामन्त्रीको उम्मेदवार बनाएका थिए । 
 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP