Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०८१

ओफुनातो - जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ । 

उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो ।

एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भन्नुभयो, “मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ । यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ।” 

“यो वर्ष वर्षा वा हिमपात भएको छैन । खुशीको कुरा आज वर्षा भएको छ । म केवल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।” समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भने । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो ।ओफुनातोमा फेब्रुअरीमा मात्र २.५ मिलिमिटर (०.१ इन्च) वर्षा भएको थियो जसले सन् १९६७ को ४.४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो । 

Hardik health

‘कहाँ भाग्ने थाहा छैन’

करिब २७० जना मानिस आश्रय लिएर बसिरहेको एउटा हलमा अस्थायी टेन्टहरू राखि बसीरहेका ६९ वर्षीय फुमिको तनाकाले एएफपीसँग भने, जनजीवन अस्तव्यस्त बनेको छ । हलमा पानीका बोतल र खानाका सामग्रीहरू टेबुलहरूमा यत्रतत्र छरिएको अवस्थामा देखाउँदै उनले भने, “घर छोडेर यस्तो वातावरणमा बस्नु कम पीडादायी पक्कै छैन तर यो भन्दा बढी पीडा घर र त्यहाँको सम्पत्ति के भयो भन्ने भएको छ।”

“डढेलो सबैभन्दा डरलाग्दो विपत्ति हो, यो एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ र कता भाग्ने भन्ने पनि मानिसहरूलाई निश्चित हुँदैन”, ६९ वर्षीय तनाकाले भने, “म केवल आशा गर्न सक्छु कि आगो बस्ती र मेरो घरमा नपुगोस् ।” तनाका र माछा मार्ने व्यवसाय अपनाएका उहाँका पतिले भने, "हरेक वर्ष जलवायु परिवर्तनको प्रभाव महसुस गर्छन् र यसलाई परम्परागत रूपमा नै व्याख्या गर्छन् । समुद्रको बढ्दो तापक्रमले माछाको आहारामा असर परेको छ र पनि पहिलेजस्तो सहज पाइदैनन् । यसले माछा हाम्रो दैनिकीलाई पनि असर गरेको छ ।” 

आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको अग्नि नियन्त्रक निकायले जनाएको छ । तातो पानीको सेवा दिने एक होटेलका मालिकले स्वेच्छाले आफ्नो सरायको सुविधा विस्थापितहरूका लागि खाली गरी निःशुल्क सेवा दिइरहेको बताए । ओफुनातो ओन्सेनका ६० वर्षीय तोयोशिगे शिदाले एएफपीसँग भने, “आश्रयस्थलमा जीवनको अस्तव्यस्ततासँग जुध्न नुहाउन नसक्नुले पक्कै पनि तपाईंलाई निराश तुल्याउँछ।”सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीका कारण ओफुनातोमा मात्रै कम्तीमा ३४० जनाको मृत्यु भएपछि मानिसहरूले भोग्नुपरेको पीडा देखेपछि आफूले उक्त सराय निर्माण गरेको उनले बताए । 

शुष्क मौसम

जापानमा सन् १९७० को दशकयता डढेलोको घटनामा कमी आएको छ । सन् २०२३ मा फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा करिब एक हजार ३०० हेक्टर षेत्रमा डढेलो  फैलिएको थियो । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि तथा उद्धार आयुक्त ग्रेग मुलिन्सले एएफपीसँग भने, “यो आगो र लस एन्जलसको हालैको डढेलो ‘अत्यन्त असामान्य’ थियो किनभने ती जाडोयाममा थिए। 

उनले भने, “दुवै अवस्थामा डढेलो लाग्नुभन्दा पहिले वर्षाको कमीले परिदृश्यलाई सुख्खा बनायो। गर्मी बढ्यो जसले वाष्पीकरण र वनस्पतिहरूलाई व्यापक मात्रामा सुख्खा बनायो । त्यसपछि बनमा डढलो लाग्यो र सङ्कट निम्त्यायो । इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन ग्रुपका संस्थापक मुलिन्सले भन्नुभयो, “यो जलवायु परिवर्तनको साझा उपज हो ।”

“जब ग्रह थप तातो हुन्छ, हामी ती ठाउँहरूमा डढेलो र आगलागी भएको देख्छौँ । जापानको  ओफुनाता पहिले कहिल्यैँ यस्तो समस्या आएको थिएन।”डढेलो र आगलागी नियन्त्रणका लागि टोकियोलगायत जापानका अन्य भागबाट तैनाथ करिब दुई हजार अग्निनियन्त्रकले हवाई र स्थलबाट काम गरिरहेका छन् ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले भने, “डढेलो एक हप्तादेखि चलिरहेको छ । अग्निनियन्त्रकहरूको टोलीलाई हरेक दिन सुदृढीकरण गरिएको छ । यसले सुख्खा मौसमको मात्रा र हामीले सामना गरिरहेका कठिनाइहरू देखाउँछ।”भिरालो ढलान र साँघुरा र घुमाउरो सडकभएको हिमाली तटीय क्षेत्रको भौगोलिक बनावटले आगो निभाउने कार्यमा बाधा पुर्याइरहेको बताइएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP