Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • कार्की बने ३३औं प्रहरी महानिरीक्षक
परराष्ट्रको अधिकृत बन्न चाहन्थे, इन्स्पेक्टरहुँदै बने आइजिपी कार्की बने ३३औं प्रहरी महानिरीक्षक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२
  •  २७ कात्तिकमा पदभार ग्रहण गर्ने
  •  १८ चैत २०८४ सम्म सम्हाल्ने छन् प्रहरीको कमाण्ड

काठमाडौं– सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरूमध्ये पहिलो वरीयतामा रहेका कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधिका कारण यही बुधबार अवकाशमा जाँदै छन् । त्यसअघि नै सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका कार्कीले १८ चैत २०८४ सम्म प्रहरीको कमाण्ड सम्हाल्ने छन् । बाबु कृष्णबहादुर र आमा चन्द्रकुमारीको कोखबाट १५ साउन २०२९ मा उनको जन्म भएको हो । जन्मथलो गुल्मीको मालिका गाउँपालिका–७ घमिर हो । मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र र कानुनमा स्नातक कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तकर उपाधि हासिल गरेका छन् । १८ चैत २०५४ मा उनले प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

  • प्रहरी निरीक्षक – १८ चैत २०५४ 
  • प्रहरी नायव उपरीक्षक – २६ मंसिर २०६६
  • प्रहरी उपरीक्षक – १९ साउन २०७४
  • प्रहरी वरिष्ठ उपरीक्षक – ३ साउन २०७९ 
  • प्रहरी नायव महानिरीक्षक – १३ जेठ २०८१
  • प्रहरी अतिरिक्त महानिरीक्षक – ११ वैशाख २०८२
  • प्रहरी महानिरीक्षक – २४ कात्तिक २०८२

खासमा उनी परराष्ट्र सेवाको अधिकृत हुन चाहन्थे । उनको अंग्रेजी भाषामा बोलाइ र लेखाइ राम्रो थियो । तर, त्यहीबेला प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा प्रतिस्पर्धा गर्दा उनको नाम निस्कियो । प्रहरी निरीक्षक भएपछि पहिलो पदस्थापन सिन्धुली भयो, जुन तत्कालीन विद्रोही नेकपा माओवादीले १ फागुन २०५२ मा प्रहरी चौकी आक्रमण गरेर विद्रोहको सुरुआत गरेकोमध्ये एउटा जिल्ला हो । युद्धकै बेला उनी रुकुममा पनि पुगे ।

Hardik health

११ वर्षपछि २०६६ सालमा उनी प्रहरी नायव उपरीक्षक (डिएसपी) भए । २०७४ सालमा प्रहरी उपरीक्षक (एसपी) र २०७९ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भए । एसएसपीबाट २०८१ को जेठमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) र गत वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नियुक्त भए । उनी एसएसपीबाट डिआइजी र एआइजीमा बढुवा हुँदा जहिल्यै पहिलो वरीयतामा रहे । सोमबार उनै कार्की आइजिपी नियुक्त भएका हुन् ।

शान्ति सुव्यवस्था कायम गर्न चुनौतीपूर्ण मानिने काठमाडौंको प्रहरी प्रमुख उनी एसएसपी हुँदा भएका थिए । डिआइजी हुँदा लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बने । केही समय उनले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाले । एआइजीमा बढुवा भएपछि भने प्रहरीको मानव स्रोत विभागमा उनको पदस्थापन भयो । गत २३ जेन–जी विद्रोहको क्रममा ठूलो मानवीय क्षति भएपछि उनको काठमाडौं उपत्यका प्रहरी प्रमुखको रूपमा सरुवा भएको हो । अब उनले यही २७ कात्तिकदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले  रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे शुक्रबार, पुस ११, २०८२
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते शुक्रबार, पुस ११, २०८२
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा शुक्रबार, पुस ११, २०८२
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP