काठमाडौं - प्रधानमन्त्री सुशिला कार्कीले भारतको नयाँ दिल्लीमा भएको विस्फोटबाट स्तब्ध र मर्माहत भएको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको उल्लेख गरेकी छन् ।
उनले भनिन्, 'हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ ।'