Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्: अध्यक्ष बिजुक्छें
आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्: अध्यक्ष बिजुक्छें
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०८१

भक्तपुर-  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। नेमकिपाको आठौँ महाधिवेशनको आज दोस्रो दिन भक्तपुरमा जारी बन्द सत्रमा महाधिवेशन प्रतिनिधि एवं जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिँदै यस्तो भनेका हुन् ।

सच्चा कम्युनिष्टले आफ्ना र आफ्ना छोराछारीका लागि नभई देशको आमूल परिवर्तनका लागि सोच्नुपर्ने उनको भनाइ थियो । “कम्युनिष्टमा त्याग र समर्पणको भावना हुनुपर्छ, आफ्ना छोराछोरीका लागि नभई सिङ्गो देश र समाजका लागि सोच्नुपर्छ । वर्गविहीन समाजको स्थापनामा लाग्नुपर्छ । उत्पादनका सामानलाई सामाजिकीकरण र समाजका लागि बाँच्ने मुख्य भावना हुनुपर्छ । सांस्कृतिकस्तर उठाउने, समाजवादको स्थापना अन्तिम लक्ष्य हुनुपर्छ । तपाईंहरु यहीँ बाटोमा हिँड्नुपर्छ”, अध्यक्ष बिजुक्छेंले भने । उनले गलत काम गर्ने व्यक्ति पार्टीमा हुन नहुने भन्दै देश र जनतालाई आघात पुग्ने गरी कसैले गलत काम गर्छ भने पार्टीले तत्काल कारबाही गर्ने बताए ।

बन्दसत्रमा अध्यक्ष बिजुक्छेंको प्रशिक्षण सकिएपछि जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय सङ्गठन प्रमुखहरूले प्रतिवेदन पेस गरेको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल भएको जानकारी दिँदै उनले महाधिवेशनको तेस्रो दिन भोलि पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने, पार्टीका सचिव प्रेम सुवालले प्रतिवेदन पेस गर्ने, उक्त प्रतिवेदनमाथि बृहत् छलफल गरिने, प्रस्तुत प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना र नीति तथा कार्यक्रम तयार गर्ने गोसाईंले जानकारी दिए ।

Hardik health

यही फागुन १९ गतेसम्म सञ्चालन हुने पार्टीको आठौँ महाधिवेशनमा सहभागी ५० जिल्लाबाट आएका करिब तीन सय महाधिवेशन प्रतिनिधिले १९ गते पार्टीको नयाँ नेतृत्व चयन गर्ने उनले बताए । अध्यक्ष बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवा भएको थियो । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गोरखा २ बाट उम्मेदवार  पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने
गोरखा २ बाट उम्मेदवार पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने शुक्रबार, माघ ९, २०८२
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली शुक्रबार, माघ ९, २०८२
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस शुक्रबार, माघ ९, २०८२
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP