Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
विचार
  • Home
  • विचार
  • स्वयम्भूदेखि हनुमानढोका क्षेत्रका सम्पदास्थल
स्वयम्भूदेखि हनुमानढोका क्षेत्रका सम्पदास्थल
पदम श्रेष्ठ
पदम श्रेष्ठ शुक्रबार, फागुन १६, २०८१

सम्पदास्थलहरुलाई कसरी ‘पर्यटन हब’को रुपमा प्रवद्र्धन गर्ने भन्नेबारे हाम्रा पुर्खाहरुले चार नारायण, चार गणेश, चार लोकेश्वर, बज्रयोगिनी वा चार बारही दर्शन गर्ने परम्परा नै बसाएका थिए । त्यसैगरी ऐतिहासिक नेवार बस्तीलाई पहिचान दिनेगरी जात्रा पर्वहरु पनि चलाएको पाइन्छ । काठमाडौं उपत्यकाको उत्पत्तिसँग जोडिएको स्वयम्भूदेखि काठमाडौं दरबार स्क्वायर क्षेत्रलाई संयुक्तरुपमा समेटेर महोत्सव गर्न सकेको भए सुनमाथि सुगन्ध हुने स्थानीयको भनाइ पाइन्छ । यसअघि नै हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू महाचैत्यलाई जोड्नेगरी सम्पदामार्ग घोषणा पनि भइसकेको थियो । एक दिनमा काठमाडौं दरबार क्षेत्र र स्वयम्भू महाचैत्य क्षेत्रका कुन–कुन सम्पदास्थलहरु भ्रमण गर्न सकिन्छ भन्नेबारे जानकारी दिन पाए प्याकेजमा पर्यटन हबको रुपमा प्रवद्र्धन गर्न प्रभावकारी हुने देखिन्छ ।

धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यकामा पाइलैपिच्छे देवीदेवताका ऐतिहासिक दस्तावेजहरु छरपष्ट पाउन सकिन्छ । ती सम्पदाहरुलाई कसरी ‘पर्यटन हब’को रुपमा प्रवद्र्धन गर्ने भन्नेबारे हाम्रा पुर्खाहरुले चार नारायण, चार गणेश, चार लोकेश्वर, बज्रयोगिनी वा चार बारही दर्शन गर्ने परम्परा नै बसाएका थिए । त्यसैगरी ऐतिहासिक नेवार बस्तीलाई पहिचान दिनेगरी जात्रा पर्वहरु पनि चलाएको पाइन्छ । यसरी नै पहिचानलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनसमेत हुनेगरी फागुन १० देखि १७ सम्म सप्ताहव्यापी स्वयम्भू महोत्सव आयोजना गरिएको छ ।

अझ काठमाडौं उपत्यकाको उत्पत्तिसँग जोडिएको स्वयम्भूदेखि काठमाडौं दरबार स्क्वायर क्षेत्रलाई संयुक्तरुपमा समेटेर महोत्सव गर्न सकेको भए सुनमाथि सुगन्ध हुने स्थानीयको भनाइ पाइन्छ । यसअघि नै हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू महाचैत्यलाई जोड्नेगरी सम्पदामार्ग घोषणा पनि भइसकेको अवस्था थियो । एक दिनमा काठमाडौं दरबार क्षेत्र र स्वयम्भू महाचैत्य क्षेत्रका कुन–कुन सम्पदास्थलहरु भ्रमण गर्न सकिन्छ भन्नेबारे जानकारी दिन पाए प्याकेजमा पर्यटन हबको रुपमा प्रवद्र्धन गर्न प्रभावकारी हुने देखिन्छ ।

काठमाडौं दरबार क्षेत्र
मञ्जुश्रीको खडगकार शैलीमा निर्मित काठमाडौं नगरको शिरमा म्हेःपी र विंड पचलीसहित चारैतिर अष्टमातृका पीठ प्रतिस्थापित छ । भाषा वंशावलीमा, कालिगत सम्वत् ३८२५ मा राजा गुणकामदेवले बागमती र विष्णुमतीबीच कान्तिपुर बसाउँदा नै राज्याभिषेक गद्दी थियो काठमाडौं दरबार क्षेत्र लायकुलागामा । लिच्छवी सम्वत् ५३५ को जोशीदेवल र देगुतलेजुको अंशुवर्माकालीन सम्वत् ५२७–५४३ ले हनुमानढोका लिच्छवीकालमा पनि दरबार नै खुल्दछ । 

तारणी वहाल
मखनस्थित तलेजुको एक कुनामा छ, तारणी वहाल । ने.सं.२०२ सम्म नेपालमा राज्य गरेका शंकरदेव द्वितीयद्वारा निर्मित तारणीवहाल आयातकार पाँच गजुरयुक्त काष्ठ, धातुछाने कलायुक्त छ । दसैंको नवमी र नेपाल सम्वत्को म्हपूजामा खुल्ने वहालको सिंह दबूमा किराती राजा गास्थीका वंशज गथुमालीले १२ वर्षमा भद्रकालीको मुकुट पहिरिएर गद्दीनसिन राजासँग खड्ग साट्थ्यो यहाँ ।

तलेजु :मखँ, महेन्द्र्रेश्वर महादेव र मूलचोक
राजा यक्ष मल्लको देहान्तलगतै काठमाडौंका १२ जना थकु जुजुलाई विष खुवाएर हत्यागरी ने.सं. ६०४ मा रत्न मल्ल राजा भए । उनैले ने.सं. ६२१ मा भक्तपुरको तलेजुलाई हनुमानढोका स्थापना गराए । भनिन्छ, विशालतलेजु बनाइसक्दा पनि कसैले नदेखेपछि ठाउँको नाम नै मखँ (देखिएन) हुन गयो । देशका सबैले खाएपछि मात्र खाने राजा महेन्द्र मल्लले पिता अमर मल्लको देहान्तपछि बाजे रत्न मल्लको कीर्ति तलेजुलाई ने.सं. ६८३ मा ८१ हात अग्लो तीनतले बनाए । दरबारमा मूलचोक र ने.सं. ६८२ मा दुईतले प्यागोडाशैलीको महेन्द्रेश्वर स्थापना गराएको बताइन्छ । दिनहुँ पशुपति जाने राजा एकदिन बाढी तर्न नसकी नदी किनारमा निदाएछन् । सपनामा नाथको आदेशअनुरूप हनुमान ढोकामा नै महेन्द्रेश्वर महादेव स्थापित भएको बताइन्छ ।

ब्लु टेम्पल विश्वनाथ मन्दिर र राजा प्रताप मल्ल 
ने.सं. ७६१ मा मानसिकरुपमा विक्षिप्त पितालाई कैद गरी राजा बनेका प्रताप मल्लले ने.सं. ७७४ मा जग हाली अधुरो छोडेको विश्वनाथ दुईतले प्यागोडाशैली मन्दिर पूरा गरे । टुँडालमा यौनक्रियाका ८४ आसन कुँदिएको ‘ब्लु टेम्पल’ भनिने विश्वनाथका साथै हनुमानढोकाभित्र वसन्तपुर, टेवहालदेखि भीमसेनस्थानसम्म ३५ वटा चोक थिए । जहाँ लिच्छवीकालीन नौतले दरबार । ने.सं. ७९३ मा कान्तिपुर, ललितपुर, भक्तपुर र कीर्तिपुरका राजालाई बास बस्न चार पुर निर्माण गराए । धेरै भाषाका ज्ञाता प्रताप मल्लले नासलचोकमा राज्याभिषेक डबली, पञ्चमुखी हनुमान र नृसिंहका साथै ने.सं. ७९२ मा दरबारको भित्तामा १५ भाषा लिपिमा अक्षर कोर्नुका साथै रोग व्याधिबाट बच्न ढोकामा हनुमान स्थापना गरे । दाखको रूख जहाँ राजाको देहान्त हँुदा जनतालाई कारण सुनाउने र समवेदना व्यक्त गरिन्थ्यो । ने.सं. ७८० मा भण्डारखाल पोखरी बूढानीलकण्ठ स्थापित गरे । ने.सं. ७५४ मा राजा लक्ष्मीनरसिंहले त्रिशूलचोक, तलेजु नौवटा चोक बनाए ।

च्यासिं (आठकुने) कुष्ण देगल
राजा प्रताप मल्लका ३० रानीमध्ये दुईवटी राजमती र अनन्तप्रियाको एकैसाथ मृत्यु भएपछि भावविह्वल राजाले ने.सं. ७६९ मा दरबारकै छेउ च्यासिं (आठकुने) कृष्णको तीनतले मन्दिर निर्माण गराए ।

कालभैरवः
ने.सं. ७८० मा नागार्जुनमा भेटिएको कालभैरवको मूर्तिलाई राजा प्रताप मल्लले यहाँ ल्याएर स्थापना गराएको बताइन्छ । ने.सं. ७९४ मा हरिसिद्धि नाच हेर्दाहेर्दै मृत्युवरण गरेका राजाले चलाएको झगडियालाई कालभैरव सामु ल्याएर किरिया खुवाउने चलन राणाकालसम्म थियो । झूठो बोल्ने रगत छादेर मर्छ भनिन्थ्यो । विशालकाय ढुंगाले निर्मित कालभैरव साँच्चैको डरलाग्दो छ । नरमुण्ड भिरेका, चार हातमा हतियार धारण गरेका कालभैरव हनुमानढोकाको आकर्षण मानिएको छ ।
 
हाथ्वद्यो र तगो गँ
ने.सं. ८५८ र ने.सं. ८६२ अभिलेख रहेको हाथ्वद्यो र तमो गँ ठूलो घण्टा रणबहादुर शाहद्वारा निर्मित संस्कृति बोकेको सम्पदा हो । देगुतलेजु किसिवा झ्याः मुन्तिर विशालकाय आकृतिमा स्थापित हाथ्वद्यो श्वेतभैरवको मुखमा पाइप राखी प्रत्येक इन्द्रजात्राको थनेया (माथिल्लो टोल) रथारोहणमा जाँड र समयबजी बाँडिन्छ । ठूलो घण्टा नेपाल सम्वत्को दिन ३६५ पटक बजाइन्छ । मल्लकालमा आपत्विपत्को बेला बजाइन्थ्यो सूचना घण्टी ।

नवयोगनी (शिव–पार्वती) देगल
दयालु राजा महेन्द्र मल्लका राजकुमार सदाशिवले अर्काकी छोरी, बुहारी बिगार्दै हिँड्न थालेपछि थुनेकै चोकमा नै देहान्त भयो । राजाले ठकुरीपट्टिका सन्तान शिवसिंह मल्ललाई ने.सं. ७१५ मा काठमाडौंका राजा बनाए । उनले देगु तलेजु, हात्तीको दाँतको झ्याल किसिवा झ्याःका साथै तिब्बतीलाई लडाइँमा जितेपछि नवयोगिनी (महादेव–पार्वती) मन्दिर निर्माण गराए । मन्दिरमा एकै ढुंगाको झ्याल र महादेव पार्वतीले झ्यालबाट हेरिरहेको मूर्तिका कारण शिव–पार्वती मन्दिरको नाउँबाट चिनिन्छ । हनुमानढोका दरबार क्षेत्रभित्र लाय्कू वही श्रीनक महाविहार, रत्नकीर्ति महाविहार, राजकीर्ति महाविहार मखं बही र तुँतः क्वसः विहार तुँ छेँ बहा रहेका छन् । 

आकाशभैरव आजुद्यो
वंघ इन्द्रचोकको आकाशभैरव आजुद्योलाई नेपालका प्रथम किराती राजा यलम्बरको टाउको मानी पुजिन्छ । इन्द्रचोकको आकाशभैरवबारे आख्यान छ, कुरूक्षेत्रको महाभारत युद्धमा कौरव र पाण्डवमध्ये जो हार्छ उसैको पक्षमा लडिदिने निधो गरी यलम्बर हिन्दुस्तान पुगे । जो हार्छ उसैको पक्षमा लडिदिए युद्ध कहिल्यै अन्त्य नहुने थाहा पाई छली कृष्णले यलम्बरलाई जालझेलमा पारी टाउको काटिदिए । आफ्ना राजाको दुर्गतिबाट दुःखी भएका जनले इन्द्रचोकमा मन्दिर निर्माण गरी यलम्बरको टाउको स्थापित गराए । ने.सं. ६६८ को अभिलेख छ । जहाँ इन्द्रचोक र तीन महादेव मन्दिर तथा अकबरी इराकी मस्जिद पनि रहेका छन् ।
 
मरुगणेश र विचकेन्द्र
भनिन्छ, राजा गुणकामदेवले काठमाडौं नगर बसाउँदा माथिल्लो भागलाई थँहिटी र तल्लोलाई कोहिटी र बीचलाई मरूहिटी भनियो । नगरको माथिल्लो बुद्ध बिहार थँवही र तल्लो विहार, कोहिटीवहीजस्तै मरूवही, मरू सतः (काष्ठमण्डप) र मरू गणेश नाउँ रह्यो । १२ं वर्षमा किराती राजा गस्तीका वंशज गथुमालीका पचली भैरवसँग गद्दीआसीन राजाले खड्ग साट्ने केन्द्र भूतिसः छ । भनिन्छ, मरुगणेशस्थानमा अशोक जातको रूख थियो । एक दिन रूखमुनि देवताहरूको भेलामा भुँडीगणेश छुचुन्द्रो चढेर ढिलो पुग्दा चन्द्रमाले खिसी गर्दै हाँस्न थाले छ ।

क्रुद्ध गणेशले चन्द्रमालाई जसले रातमा तँलाई देख्छ चोर बनोस् भनी श्राप दिएछन् । भयभित देवताहरूको आग्रहमा श्राप त फिर्ता लिए तर ‘अँलाथ्व चथाः’को दाग नमेटिएपछि चोर्न जाने चलन चलेको बताइन्छ । सोही दिन लाय्कूवहीका लीलावज्रले ने.सं. १३९ मा जीवन्यास गरी मरुगणेश स्थापना गराए । धर्मना मानन्धर र ज्यापु भेलाले दसैं चथाको दिन बुसाँध जात्रा चलाएका हुन् । जसको वरिपरि गकुटी महादेव, मरूवही धर्मश्री महाविहार, मरूहिटी र सन्तान नहुनेले पुज्नेले सन्तानेश्वर महादेवको पूजा गर्ने परम्परा छ ।

यट्खा बहाः (भास्कर कीर्ति महाविहार) र कंकेश्वरी अजिमाँ द्योछेँ
येँ ले सहर, तःखाले ठूलो ठाउँ हो । मरू र नरदेवीबीच कंकेश्वरी द्योछेँ अगाडिको विहारलाई संस्कृत भाषामा भाष्करकीर्ति महाविहार भनिन्छ । स्वयम्भूकृत यट्खा विहारमा राजा मणिमुकुन्द सेनले यट्खावहालको क्वापाद्योलाई ध्वस्त बनाएबाट विहार भाष्करदेवकालीन पुष्टि गर्दछ । ने.सं. ८३० मा इतुम्वहालका त्रैलोक्य शाक्यबाट जीर्णोद्धारित बहालमा शिवरात्री र सकिमना पुन्हीमा पूजा हुन्छ ।
 
काष्ठमण्डप (मरू सतः) सिंह सत्तल (सिल्यो सतः) 

अलौकिक आख्यानुसार, इन्द्रजात्रा हेर्न करूणामय (रातो मच्छिन्द्रनाथ) मरू पुग्दा तान्त्रिकले चिनेर पक्रिएछन् । वाचाअनुसार रातो मच्छिन्द्रनाथ बुंगद्योले विशालकाय कल्पवृक्षको रूखको स्वभाव धारण गरी काठमाडौं सहरमै बस्ने निधो गरे । सोही रूख काटी ने.सं. २६२ मा काष्ठमण्डप निर्माण गराए । राजा लक्ष्मीकान्त देवको राज्यकाल एउटै रूखको काठबाट निर्मित तीनतले प्यागोडाशैली काष्ठमण्डपको भूइँतलामा गोरखनाथ पद्मासनमा ढुंगेमूर्ति छ भने चार कुनामा चन्द्र, सूर्य, कार्य र जलविनायक मूर्ति वाल्डरी छन् ।
 
सिल्योसतः (सिंह सतल)
भनिन्छ, काष्ठमण्डप बनाई उब्रिएको काठबाट बन्यो, सिल्योसतः । ने.सं. १०४० मा तहविलका धमना सायमी (धर्मनारायण)को घर निर्माण गर्दा भेटिएको कृष्णनारायणको मूर्ति र सतलको चार कुनामा पन्छी सिंहको धातु मूर्ति प्रतिस्थापित गरेपछि सिल्योसतः भनिए । काष्ठमण्डप, सिल्योसतः बनाएर पनि बाँकी जराजुरीबाट श्रीखण्ड तरूमूल महाविहार निर्माण भएको बताइन्छ ।

कुमारी छें र सिंखोंमू तरूमूल महाविहार
मातृशक्ति नेपालको प्रमाण हो, जीवितदेवी कुमारी । जीवन्त संस्कार इन्द्रजात्रामा राष्ट्रप्रमुखबाट बसन्तपुर कुमारी दर्शन र रथारोहण हुँदै आएको छ । आख्यानअनुसार राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेल्दै राज्यबारे छलफल हुन्थ्यो रे । एक दिन राजाले तलेजुको हात देखेर कुभावना उब्जाएछन् । सो कुरा थाहा पाई देवीले अबदेखि प्रत्यक्ष नदेखिने सल्लाह दिन शाक्य कन्याको शरीरमा प्रवेश गर्ने छु भनी अलप भइछन् ।

राजालाई सपनामा कुमारीले रथारोहण गर्न दिएको आदेशमुताविक राजाले ने.सं. ८७६ मा श्रीखण्ड तरूमूल महाविहारकै एक पाटोलाई कुमारी घरको रूप दिई भाद्र शुक्ल चौथीदेखि पूर्णिमासम्म आठ दिन इन्द्रजात्राको बेला श्री कुमारी, श्री भैरव र श्री गणेशको रथारोहण प्रारम्भ गराए । काष्ठकलाको ज्वलन्त नमूना कुमारी छेँ ने.सं. ८८० गुरूजु पल्टन तुयुख्वाको नेतृत्वमा बनेको बताइन्छ । ने.सं. ८८८ मा गोर्खाका राजा पृथ्वीनारायणबाट नेपाल एकीकरण गर्दै हनुमानढोकाको राजगद्दीमा जब बसे, उनै तुयुख्वा आजुको नेतृत्वमा पुगेको सेनाले जीवित देवी कुमारी र नेवार संस्कृतिलाई मान्छौं भने राजा मान्छौं, होइन भने भनी वाचा गराएछन् । त्यसैदेखि राष्टप्रमुखलाई नेवार समाजमा भित्र्याइ कुमारी दर्शन गर्दै आइरहेको बताइन्छ । काष्ठमण्डप बनाएर बचेको काठबाट सिल्योसतः (सिंहसतल) बन्यो भने, त्यसबाट बचेको जराजुरीको प्रयोगगरी श्रीखण्ड तरूमूल महाविहार बनायो सिंखोमु बहाः बनाएको बताइन्छ । 

त्रैलोक्य नारायण मन्दिर (दश अवतार देगल) :
सन्तपुरमा सिंखोंमू वहालसँगै ठडिएको तीनतले प्यागोडाशैलीको त्रैलोक्यमोहन नारायण मन्दिर राजा नृपेन्द्र मल्लको सम्झनामा अर्का भाइ राजा पार्थिवेन्द्र मल्लले ने.सं. ८५७ मा निर्माण गराएका हुन् । इन्द्रजात्राको आठ दिन राति दश अवतारको झाँकी देखाउने यस देवस्थललाई दश अवतार देगलको रूपमा चिन्दछन् । मन्दिरसँगै ने.सं. ८६६ मा राजमाता ऋद्धिलक्ष्मीद्वारा निर्मित हात जोडेको गरूड मूर्ति छ ।

विरिञ्ची केशव अट्कोनारायण
शिलापत्रमा विरञ्चीको अर्थ छैन तर नेपाल भाषामा आठमाने धुने बाटा र को ले अटलजस्तो परिवेशमा ने.सं. ७०६ मा राजा शिवसिंहकी गंगा रानीद्वारा निर्मित हो, आट्कोनारायण । उपत्यकाका चार नारायणमध्ये दरबारमा स्थापित अट्कोनाराण मन्दिरलाईं प्रसव वेदनाबाट छट्पटाइरहेकी सुत्केरीको नाउँमा शिरमा तेल चढाउँदा दायाँतर्फ बगे छोरा र बायाँतर्फ बगे छोरी हुन्छ भन्ने विश्वास पाइन्छ ।

भिन्द्यो (भीमसेन) पञ्चपाण्डव होइन
भ्रम नपरोस्, व्यापारका देवता भिन्द्यो (असल देवता) पञ्चपाण्डव होइनन् । ने.सं. २६० ताका टोले राजा तुयुथकु जुजुले प्रतिस्थापित भीमसेनस्थानको ओरालोको मन्दिरको ताम्रपत्रअनुसार ने.सं. ६६० (६८४) को हो । आख्यानअनुसार दोलखाकी राजकुमारी र क्वःनेका राजकुमारबीच विवाह हुँदा सेवकका रुपमा कामदार पठाएको बताइन्छ । ने.सं. ७७५ मा राजा प्रताप मल्लले तीनतले मन्दिर बनाए भने १२ वर्ष गुप्तवास राख्दा तिब्बतको ङेचु गुम्बामा काठमाडौंका ज्यापुहरू पुग्नुपर्ने विधान छ ।
 
ज्योतिस्वरुप पञ्चबुद्ध स्वयम्भू

नेपाल खाल्डोको उत्पत्तिको तीर्थस्थल कालान्तरमा त्यही १४१० मिटर उचाइ डाँडामाथि बुद्धहरू विरोचन, अक्षोम्य, रत्न सम्भव, अमिताभ र अमोधसिद्धी स्वयं उत्पत्तिको स्वरूप सिंगु– (दाउरा लिने डाँडाको जंगल) नै स्वयम्भू भनियो । स्वयम्भू चैत्यको दर्शनार्थ नेपाल आएका बुद्धहरुमा । शिखि बुद्ध, विश्वभू बुद्ध र वोधिसत्व मञ्जुश्री रहेको बताइन्छ । 

स्वयम्भू महाचैत्य
क्रकुच्छन्द बुद्ध, शिवपुरी (सिफुचो) ८९६२ फिटमाथि बसी शिष्यहरूलाई त्रिदेवबारे ज्ञान दिई क्षमावति नगर फर्किएको स्वयम्भू पुराणमा उल्लेख छ । गौंडदेश फर्की राजा प्रचण्डदेवलाई मञ्जुश्रीका शिष्य गुणाक्षरसित वज्रयानी शिक्षा लिन दिएको सल्लाह मुताविक दीक्षा लिई शान्तिकर नाउँबाट प्रख्यात भई स्वयम्भू स्तुप निर्माण गराए । मानदेव प्रथम शकसंवत् ३८१ भन्दा चार पुस्ताअघिका राजा वृषदेवको राज्यकाल मानिन्छ । ३६५ खुड्किलो पार गर्दै सिँढीको दायाँबायाँ १२ ल्होको प्रतीक हात्ती, घोडा, सर्प, ड्रागन, मुसा, खरायो, बाघ, बँदेल, चरा, कुकुर, भेँडा र गोरुका मूर्ति हेर्दै पुग्दछौं । सूचना विभागका अनुसार ५० वर्गमिटरको चैत्यलाई प्रज्ञा र शान्तिका दुई आँखाबीच प्रश्नवाचक चिह्न, माथि भुदिप, विमला, प्रभाकर, अचला, समती, सुन्दजय, अभिमुखी, डुरागंम, साधुमती, धनमेघा, समन्तबज्रसहित १३ भुवन स्वर्णलेपन गजुरले बुद्धŒव दर्शाएको छ । नेपाल भाषाको रञ्जना लिपिमा ‘ॐमणि पद्मे हुँ’ अंकित माने छन् । खोपामा पञ्चबुद्धका साथै ताराहरु छन् ।

शान्तिपुर, हारती अजिमाँ मञ्जुश्रीस्थल, पुलाँ सिंगु र आनन्दकुटी विहार 
ने.सं. १०६० मा भिक्षु धर्मलोकद्वारा वर्मेली चैत्यसहित आनन्दकुटी बिहार थेरवादी बुद्ध शासनको केन्द्र हो । बुद्ध जयन्तीमा अस्तिधातु प्रदर्शन, रक्तदान, आँखादान गर्ने विहार हो । धर्मगुरूहरूको उपस्थिति रहन्छ । यी र यस्ता सम्पदास्थललाई प्याकेजमा दर्शन भ्रमण गराउने एक अभियान नै चलाउन सके पर्यटनको हब बन्ने निश्चित छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
आरोग्य पर्यटनः गन्तव्य नेपाल
आरोग्य पर्यटनः गन्तव्य नेपाल आइतबार, असार १, २०८२
कडा डेंगुको क्रम बढ्दो
कडा डेंगुको क्रम बढ्दो शुक्रबार, जेठ ३०, २०८२
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू बिहीबार, जेठ २९, २०८२
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र बुधबार, जेठ २८, २०८२
अख्तियारको पासो ?
अख्तियारको पासो ? मंगलबार, जेठ २७, २०८२
व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ? मंगलबार, जेठ २०, २०८२
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा शुक्रबार, जेठ १६, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP