Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेनको शान्तिको अर्थ ’आत्मसमर्पण’ हुन नसक्ने म्याक्रोनको भनाइ
युक्रेनको शान्तिको अर्थ ’आत्मसमर्पण’ हुन नसक्ने म्याक्रोनको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०८१

वासिङटन- फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन्  । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताए । 

रूसले युक्रेन आक्रमण सुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘यस वर्ष’ शान्तिका लागि आह्वान गरेका बेला किएभमा युरोपेली नेताहरूसँग भेट गरेका छन् । 

मङ्गलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको सङ्केतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए ।  मङ्गलबार भएको आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ ।

छिमेकी देश पोल्याण्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमानहरू तैनाथ गरिएको बताएका छन्।  संयुक्त राष्ट्रसङ्घमा, संयुक्त राज्य अमेरिकाले सोमबार दुई पटक रूसको पक्ष लिएको थियो, किनकि वासिङ्टनले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि मस्कोको आक्रमणको कुनै पनि निन्दाबाट बच्न चाहेको थियो।

Hardik health

“यो शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु होइन,” ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले भने ।राष्ट्रपति म्याक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः वार्ता गर्न ट्रम्पसँग ’राम्रो कारण’ रहेको तर वासिङ्टनले कुनै पनि युरोपेली शान्ति सेनालाई ‘सहयोग’ प्रदान गर्नु महत्वपूर्ण रहेको बताए । 

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले बिहीबार ह्वाइट हाउसको भ्रमण गर्ने बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग युक्रेनमा शान्ति सेना पठाउने प्रस्तावमा काम गर्ने बताएका छन्  ।  “अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि अगाडि बढ्ने बाटो छ भन्नेमा म पूर्णरूपमा विश्वस्त छु,” म्याक्रोँले भने।

एक हप्तामा युद्ध अन्त्य गर्न सकिने

ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः सुरु गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि फ्रान्सका राष्ट्रपति वासिङ्टन पुगेका थिए । ट्रम्पले हालै रूससँग नजिकिएपछि यसले किएभलाई प्राप्त अमेरिकी समर्थन समाप्त पार्न सक्ने मात्र होइन, बाँकी युरोपका लागि पनि खतरा उत्पन्न भएको छ ।
 
अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको र आगामी दुई हप्तामा ह्वाइट हाउसमा जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिजपदार्थमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको बताएका छन् ।

“मलाई लाग्छ कि यदि हामी अपेक्षाकृत रूपमा अघि बढ्न सकेमा हामी यसलाई हप्ताभित्र अन्त्य गर्न सक्छौँ। तर, सशक्तरूपमा काम भएन भने यो केही लामो समय जारी रहनेछ,” ट्रम्पले ओभल अफिसमा म्याक्रोँसँगै गरेको पत्रकार सम्मेलनमा भने ।


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP