Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताको गुनासो सुन्न पुगेका माओवादी नेताले आफ्नै दुखेसो पोख्न थालेपछि...
जनताको गुनासो सुन्न पुगेका माओवादी नेताले आफ्नै दुखेसो पोख्न थालेपछि...
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १३, २०८१
  • माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधनकै क्रममा आफूले सबैलाई बोल्ने समय मिलाए पनि केही गल्ती भएकोमा सबैलाई सचेतसमेत पार्नुप¥यो
  • कार्यक्रमका लागि थोरै समय छुट्याएको भन्दै सञ्चालक छेवैमा गएर उभिएपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रिसाउँदै भाषण टुंग्याए
  • उपमहासचिव जनार्दन शर्माले माओवादीको नेतृत्व सेट नै फेर्नुपर्ने बेला अएको धारणा राख्दा अर्का उपमहासचिव वर्षमान पुन नेतृत्वको बचाउमा उभिए

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका जनताको गुनासो सुन्न भन्दै सोमबारबाट तराई मधेस जागरण अभियान सुरु गरेको छ । मुलुककै होचो स्थान झापाको कचनकवलबाट सुरु भएर हुलाकी राजमार्गहुँदै कञ्चनपुरमा पुगेर टुंगिने यो अभियान माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारीहरुले सुरु गरेका हुन् ।

तर अभियानको सुरुकै दिनमा माओवादी नेताहरुले मञ्चबाट आफ्नै गुनासाका पोका फुकाए । अध्यक्ष दाहालले सम्बोधनकै क्रममा आफूले सबैलाई बोल्ने समय मिलाए पनि केही गल्ती भएकोमा सबैलाई सचेतसमेत पार्नुप¥यो । ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुनगयो,’ दाहालले भने, ‘अग्निजी यहाँ आइपुग्नु भएछ । यसैले के हो भन्ने पर्न गयो । अग्निजीले क्षमा मागिसकेको हुनाले यो ठूलो कुरा हैन । यसमा त्रुटि कतै भए हामी रियालाइज गर्छौं ।’

भएको के थियो ?
उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालको सम्बोधनअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा पुगेका थिए । औपचारिक सम्बोधनपछि श्रेष्ठले सैद्धान्तिक कुरा गर्न थाले । श्रेष्ठले आफ्ना कुरा भनिसकेकै थिएनन् । छेउमा पुगेर उभिए, कार्यक्रम उद्घोषक माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य ‘अग्नि’ ।
राज छेउमा ठिंग उभिइरहेपछि श्रेष्ठ अक्मकिए । अनि श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभएको हो ?’ कार्यक्रम सञ्चालक छेउमा उभिएपछि श्रेष्ठले मञ्चमा बसेका दाहालतिर पुलुक्क हेर्दै सोधे । आचार्यले ‘हैन’ भन्दै जवाफ फर्काए । 

‘हो भने म जान्छु,’ श्रेष्ठले सीधासीधा भने ।त्यसपछि कार्यक्रम सञ्चालक हैन भन्दै पछाडि हटे । त्यसपछि श्रेष्ठले दाहालतिर हेर्दै भने, ‘म बिदा हौं, समयको चाप छ । म केही कुरा भन्न चाहन्थेँ, सायद । सञ्चालकलाई कार्यक्रमको चाप भयोहोला । म बिदा हुन्छु, लालसलाम,’ यति भन्दै श्रेष्ठले भाषण टुंग्याए ।अभियान सुरुआतपछि माओवादीका केन्द्रीय नेताहरुको सहभागितामा राजवंशी चोकदेखि झापा गाउँपालिकासम्म थप कार्यक्रम भयो । ती कार्यक्रमहरुमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ देखिएनन् । श्रेष्ठले अधुरै भाषण छाडेपछि बोल्ने पालो आयो दाहालले यो घटना केही असहजजस्तो देखिएको बताएका थिए ।
 
कांग्रेससँग मिल्दा कांग्रेस ठूलो, एमालेसँग मिल्दा एमाले
माओवादी अध्यक्ष दाहालले पटक–पटक अरु पार्टीसँग मिलेर चुनावमा जाँदा माओवादी चेतेको बताए । ‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौं । अब त्यसो गर्ने छैनौं,’ उनले भने, ‘जनतासँगै सम्बन्ध बनाउने भनेका छौंै । आत्मसमीक्षा र भूलसुधार गर्दै जनताले पक्कै साथ दिने छन् भन्ने विश्वासमा छौं ।’

Hardik health

यसअघि एमाले र कांग्रेससँग सहकार्य गर्दा उनीहरू नै ठूलो पार्टी बनेको भन्दै अब एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने दाबी पनि गरे । ‘हामीले जोसँग सहकार्य ग¥यौं, त्यही ठूलो बन्यो । कुनै बेला सहकार्य नगर्दा बरु हामी ठूलो थियौं,’ उनले अगाडि थपे, ‘तपाईंले देख्नुभयो, उपचुनावमा सर्वत्र हेर्दा एक नम्बर पार्टी बन्यौं । र, यो प्रदेशमा त परिणामतः मतसंख्यामा पनि एक नम्बर भयौं ।’

यो सरकार व्यापारीले बनाएकोसमेत दाहालको आरोप रह्यो । ‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पुँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ दाहालले भने, ‘पुँजीपतिहरूको घूस खाएर बनेको सरकार हो यो ।’ सरकार जस्तो भए पनि तत्काल सत्ता फेरबदलको खेलमा आफूहरु नलाग्ने उनले बताए । ‘हामी सरकार फेर्ने पक्षमा लाग्दैनौं, कसरत पनि गर्दैनौं,’ उनले भने, ‘हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौं ।’


जनार्दन र वर्षमानको आ–आफ्नै कुरा
माओवादीमा जनार्दन शर्मा र वर्षमान पुन एकअर्काका प्रतिस्पर्धी मानिन्छन् । दुवै महासचिव बन्न खोज्दा अध्यक्ष दाहालले रोकेका थिए । यी दुवैको पार्टीमा अलग–अलग गुट छ । यसैले यी दुवैलाई दायाँबायाँ राखेर सोमबार बिहानै दाहालले फोटो खिचाएका थिए ।

यद्यपि दिउँसो अभियानको आरम्भमा आफ्नो मन्तव्य राख्ने क्रममा एकढिक्का देखिएनन् । रोलक्रममा सुरुमा जनार्दनले आफ्नो मन्तव्य राखे । उपमहासचिव शर्माले भने जनतामा निराशा छाएकोले माओवादी नेतृत्व नै बदल्नुपर्ने धारणा राखे । ‘जनतामा फ्रस्टेसन छ । यो कुरा गर्दै गर्दा पार्टीमा फर्कौ । माओवादी पार्टीले आफैले आफैले रुपान्तरण गर्न सक्नुपर्छ,’ शर्माले भने, ‘नभए माओवादीले पनि केही गर्न सक्दैन । माओवादी पार्टीको नेतृत्वको यो टिम बदलिनुपर्छ । त्याग गर्नुपर्छ । त्यागको शिक्षा लिनुपर्छ ।’

शर्माको भनाइपछि अर्का उपमहासचिव पुनले क्रान्तिमा समस्या देखिएको र यसलाई ‘सर्भिसिङ’ गर्नुपर्ने बेला आएको बताए । यद्यपि घरदैलो अभियानमा आफूहरु निराशाका कुरा गर्न नहुने भनाइ राखे । ‘क्रान्तिमा समस्या देखियो । व्यवस्थाको सर्भिसिङ गर्नुपर्छ । यसको इन्जिनियरिङ माओवादीले नै गरेको हो । यसले नै हामीले सर्भिसिङ गर्नुपर्छ,’ पुनले भने, ‘परिमार्जन गर्दै समाजवादी गणतन्त्रसम्म व्यवस्था बनाउनुपर्छ । हामी निराशा बाँड्न आएको हैन ।’

उनले दाहाल नेतृत्वको समाजवादले मात्र अन्तरविरोधहरु हट्ने बताउँदै जनार्दनको भनाइको घुमाउरो पारामा विरोध गरे । ‘आठाैँ महाधिवेशनले भनेको छ नेपाली विशेषताको समाजवादले यस्तो अन्तरविरोधहरु हल गर्छ भनेर,’ उनले भने । 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचन आयोगलाई नेकपाको आग्रह
निर्वाचन आयोगलाई नेकपाको आग्रह सोमबार, फागुन २५, २०८२
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल सोमबार, फागुन २५, २०८२
तनहुँ, १ मा रास्वपाको अग्रता कायमै
तनहुँ, १ मा रास्वपाको अग्रता कायमै शुक्रबार, फागुन २२, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण
निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण आइतबार, फागुन १७, २०८२
नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान
नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान आइतबार, फागुन १७, २०८२
दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल
दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल शुक्रबार, फागुन १५, २०८२
पोखरामा कांग्रेसको आज आमसभा
पोखरामा कांग्रेसको आज आमसभा शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP