Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ
प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०८१

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन्  । 

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भएपनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाई गरेको छ । 

युद्धविरामको पहिलो चरण जनवरी १९ मा सुरु भएयता हमासले गाजाका विभिन्न स्थानमा भेला भएका समारोहबीच २५ जना जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ ।सशस्त्र नकाबपोश लडाकुहरूले बन्दीहरूलाई नाराले सजिएका मञ्चहरूमा राख्ने, सम्बोधन गर्न लगाउने र हात हल्लाउन लगाएर विदाइ गर्नेजस्ता कार्यप्रति इजरायलले आपत्ति जनाएको हो । 

Hardik health

रेडक्रसले यसअघि ‘सबै पक्ष’लाई ‘सम्मानजनक र निजी’ तरिकाले बन्धक र बन्दीको आदानप्रदानका लागि आग्रह गरेको थियो । सातौं समूह अन्तर्गत हमासले शनिबार छ जना इजरायली बन्दीलाई रिहा गरेको थियो तर इजरायलले बदलामा प्यालेस्टिनी कैदीलाई रिहा गर्न रोकेको थियो ।

आरोप–प्रत्यारोप

मार्चको सुरुमा समाप्त हुने भनिएको पहिलो चरणको युद्धविराम सम्झौता अन्तर्गत कैदी आदानप्रदानमा ढिलाइ हुनुलाई  प्यालेस्टिनी लडाकू समूह हमासले युद्धविराम सम्झौताको ‘घोर उल्लङ्घन’ भनेको छ ।नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासले सहमतिका बुँदालाई पटक–पटक उल्लङ्घन गरेको र हाम्रा बन्धकहरूको अपमान गर्ने लज्जाजनक समारोह र  प्रोपोगान्डाका लागि बन्धकहरूको निन्दनीय प्रयोगलाई ध्यानमा राख्दै ‘आतङ्कवादी’हरूको रिहाइमा ढिलाइ गर्ने निर्णय गरिएको छ ।”
 
“अपमानजनक समारोह बिना अर्को बन्धकहरूको रिहाई सुनिश्चित नभएसम्म यो ढिलाइ जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ।यसैबीच, वासिङ्टनबाट अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हमासले बाँकी रहेका सबै बन्धकलाई रिहा नगरे समूह ‘ध्वस्त’ हुने चेतावनी दिएका छन् । 

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको थियो । प्यालेष्टिनी लडाकू समूहहरूको दक्षिणी इजरायलमा भएको उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने इजरायलको जवाफी कारबाहीमा ४८ हजारभन्दा बढीको मृत्यु भएको दुवै पक्षका आँकडाहरूले देखाएका छन्।


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
युन सुकलाई पाँच वर्ष कैद
युन सुकलाई पाँच वर्ष कैद शुक्रबार, माघ २, २०८२
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा शुक्रबार, माघ २, २०८२
संयुक्त राष्ट्रसङ्घमा इरानसम्बन्धी बैठक, अमेरिका र इरानका धारणा प्रस्तुत
संयुक्त राष्ट्रसङ्घमा इरानसम्बन्धी बैठक, अमेरिका र इरानका धारणा प्रस्तुत शुक्रबार, माघ २, २०८२
भेनेजुएलाको नयाँ दृष्टिकोण लगानी र कूटनीतिक संवादतर्फ
भेनेजुएलाको नयाँ दृष्टिकोण लगानी र कूटनीतिक संवादतर्फ शुक्रबार, माघ २, २०८२
ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ : फ्रान्स
ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ : फ्रान्स शुक्रबार, माघ २, २०८२
लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला
लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला शुक्रबार, माघ २, २०८२
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP