Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोरोनाको निहुँमा कालोबजारी – अभाव हुन दिन्नौँः सरकार
कोरोनाको निहुँमा कालोबजारी – अभाव हुन दिन्नौँः सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ५, २०७६
अभाव हुन दिन्नौ“ ः सरकार
Hardik health
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को त्रास देखाउँदै व्यापारीहरूले कृत्रिम अभावको सिर्जना गरेपछि जनता मारेमा परेका छन् । सरकारले बजारमा कुनै पनि वस्तुको अभाव नरहेको बारम्बार बताउँदै आएको छ । तर, जनताले न माक्स पाएको छ, न त भनेको समयमा खाना पकाउने ग्यास नै । सरकार बोल्छ तर कारबाही नगरेपछि कालोबजारी झनै बढ्दै गएको छ । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा नेपाली व्यापारीहरूले भने जनतालाई राहत दिनेको सट्टा उल्टै फाइदा उठाइरहेका छन् । दिनदिनै कालोबजारी सल्बलाउन थालेपछि सरकारले आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको जनाएको छ । तर, प्रभावकारी अनुगमन नहुँदा व्यापारीले फाइदा उठाइरहेका छन् । शनिबार, आइतबार र सोमबार प्रहरीले कालोबजारी गर्न लुकाइएको लाखौँ थान मेडिकल माक्स बरामद गरेको छ । त्यसपछि केही कालोबजारी हच्किएको प्रहरीको बुझाइ छ । यसैक्रममा कोरोनाका कारण दैनिक उपभोग्य, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव र सहज आपूर्तिमा देखिएको समस्याका सम्बन्धमा छलफल गर्न मंगलबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थालाई प्रतिकूल अवस्था आउन नदिइने कटिबद्धता व्यक्त गरेका छन् । दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहोस् भन्नेमा सरकार सचेत रहेको र आपूर्ति व्यवस्थालाई सन्तुलित बनाउन सरकार लागि परेको उनको भनाइ छ । उपभोक्तालाई उपभोग्य वस्तुको उपलब्धतालाई सहज बनाउन सरकारी संयन्त्रको परिचालन गरेर सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट सुपथ मूल्यको पसल चलाउने तयारी गरिएको छ’ मन्त्री भट्टले भने, ‘मोबाइल भ्यानमार्फत पनि जनतालाई सहज रूपमा खाद्यवस्तु उपलब्ध गराइने छ ।’ कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकार गम्भीर ढंगबाट अगाडि बढेको बताउँदै उनले गृहमन्त्रालयसँगको समन्वयमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनलाई व्यापक बनाइने जानकारी गराए । उनले भने, ‘आपूर्ति मन्त्रालय सुतेको छैन । जनताको सेवामा २४सै घन्टा तयार हुनुपर्छ भनेर मैले कर्मचारीलाई निर्देशन दिएको छु ।’ कोरोनाका कारण उपभोग्य वस्तुको अभाव हुने त्रासले उपभोक्ताले सामान ‘होल्ड’ गर्ने प्रवृत्तिले गर्दा बजारमा चाप परेको बताउँदै उनले अत्यावश्यकीय सामग्रीको आपूर्तिमा कुनै समस्या नभएकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरे । उपभोक्ता आफैँ अनुगमनकर्ता भइदिन समेत आग्रह गर्दै उनले कालोबजारी तथा कृत्रिम अभाव भएमा सरकारलाई सूचना दिन पनि अनुरोध गरेका छन् । जनताको गुनासो सुन्न मन्त्रालयले ११३७ नम्बरको हटलाइन पनि सञ्चालनमा ल्याएको उनको भनाइ थियो । छलफलमा आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जानकारी दिएका थिए । उत्पादन भइसकेका, बिक्री वितरणका लागि डिष्ट्रिब्युटरमा पुगेका र उत्पादन हुने अवस्थामा रहेको औषधिले नेपालको आठ महिनाको माग धान्ने अवस्थामा रहेको जानकारी दिँदै उनले बुधबारदेखि दैनिक एक लाख मास्कको उत्पादन थालिने बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोग्यवस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरेर संयुक्तरूपमा बजार अनुगमन गर्ने गरिएको बताए । कार्यक्रममा सांसदहरूले आपूर्तिमा कुनै समस्या नहुँदा पनि बजारमा अभाव सिर्जना हुनु गम्भीर भएको भन्दै जनप्रतिनिधिसँगको समन्वयमा बजार अनुगमनलाई प्रभाकारी ढंगबाट सञ्चालन गर्न सरकारलाई सुझाव दिएका थिए । सांसद देवेन्द्र पौडेलले प्राकृतिक प्रकोप र भैपरी आउने समस्याविरुद्ध एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए । उनले कोरोनाका सम्बन्धमा जनतामा रहेको भ्रम अन्त्य गर्नुपर्ने बताए ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०५:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने 
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने  बुधबार, चैत ११, २०८२
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा मंगलबार, चैत १०, २०८२
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक मंगलबार, चैत १०, २०८२
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न  प्रस्ताव
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव मंगलबार, चैत १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै मंगलबार, चैत १०, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक  बिहीबार बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्दै मंगलबार, चैत १०, २०८२
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP