Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समयमै महाधिवेशन नगर्ने देउवाको रणनीतिमा सभापतिका दाबेदारहरुको मौन समर्थन 
समयमै महाधिवेशन नगर्ने देउवाको रणनीतिमा सभापतिका दाबेदारहरुको मौन समर्थन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ९, २०८१

Gagan-1721538700.jpg
नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मंसिर÷पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौं नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन

गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

 


काठमाडौं– महाधिवेशनको मिति नजिकिए पनि कुनै तयार नभएपछि कांग्रेसमा अन्तरविरोध शुरु भएको छ । विधानअनुसार अबको ९ महिनामा कांग्रेसले १५ औं महाविधेशन गर्नुपर्छ । २०७८ मंसिर २८ गते शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित भएका थिए ।विधानमा कांग्रेस केन्द्रीय समितिको कार्यकाल ४ वर्षको हुन्छ । जसअनुसार २०८२ मंसिरमा १५ औं अधिवेशन गरिसक्नुपर्छ । नेताहरुलाई महाधिवेशनका लागिसकेको छ । देश दौडाहामा उनीहरु निस्केपनि महाधिवेशन आयोजनाका लागि देउवाले कुनै तयारी गरेका छैनन् । 

यसै विषयमा कांग्रेस पदाधिकारीले छलफल शुरु गरेका छन् । क्रियाशील सदस्यताको टुंगो नलागेको र कुनै तयारी नभएकोले कांग्रेसले महाधिवेशनका लागि कार्यसमितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ । हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम हुन्छ,’ प्रवक्ता महतले भने ।

Shekhar Koirala1695098291.jpg०८३ मंसिरमा हुनुपर्ने हो, मैले त समयमै अधिवेशन गरौं भनिरहेको छु । विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था छ । त्यसमा समन्वय गर्नुपर्छ । तर, चुनावपछि महाधिवेशन गर्यो भने कांग्रेसको अवस्थानाजुक हुन्छ
 

डा शेखर कोइराला
नेता, नेपाली कांग्रेस

कांग्रेसको विधानको दफा ४३ मा केन्द्रीय कार्यसमितिको कार्यअवधिको बारेमा लेखिएको छ । ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ,’ यस दफामा भनिएको छ ।

यसो गरेमा कांग्रेस महाधिवेशन २०७३ मंसिरमा हुनेछ । यसका लागि कांग्रेस संस्थापनइतर पनि तयार देखिन्छ । तर सभापति देउवा आफै भने महाधिवेश २०८४ को निर्वाचनपछि गर्ने तयारीमा देखिन्छन् । आफू प्रधानमन्त्री बनेपछि निर्वाचनमा आफ्नै हातले टिकट बाँड्ने र त्यसपछिमात्र महाधिवेशन गर्ने तयारीमा देउवा रहेको बताइन्छ ।

एमालेसँगको सहमतिमा देउवालाई अबको डेढ वर्षपछि प्रधानमन्त्री बनाउने कार्यतालिका छ । यही बटमलाइन देखाउँदै कांग्रेस नेताहरु देउवाकै लाइनमा अभिव्यक्ति दिन थालेका हुन् । कांग्रेस–एमाले सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने,’ उल्लेख छ ।

२०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ । आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ
sashank koirala1693197487.jpg
डा शशांक कोइराला
नेता, नेपाली कांग्रेस

 

यही सहमतिका आधारमा एमाले अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । ओली प्रधानमन्त्री भएको २०८३ असार ३० गते दुई वर्ष पुग्छ । सहमति अनुसार ओलीले २०८३ असार २९ गते प्रधानमन्त्रीबाट राजीनामा दिने र लगत्तै एमालेको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्छन् ।

यसो गरेमा कांग्रेसको अवस्था निकै नाजुक हुने संस्थापनइतरका नेता डा शेखर कोइरालाले बताउँछन् । ‘०८३ मंसिरमा हुनुपर्ने हो, मैले त समयमै अधिवेशन गरौं भनिरहेको छु । विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था छ । त्यसमा समन्वय गर्नुपर्छ । तर, चुनावपछि महाधिवेशन गर्यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ,’ बिहीबार सुर्खेत पुगेका कोइरालाले भने । सभापतिमा उम्मेदवारी घोषणा गरेका संस्थापनइतरकै नेता कोइरालालले संविधानअनुसार डेढ वर्ष म्याद थप्न सकिने बताएसँगै देउवा झनै ढुक्क देखिन्छन् ।

अघिल्लोपटक १४ औं महाधिवेशनमा देउवाले समयमै महाधिवेशन गरेनन् । आफू प्रधानमन्त्री भएको मौका पारी महाधिवेशन गर्दा उनी दोहोरिन सफल भएका थिए । यसपटक भने विधानतः उनी सभापति बन्न पाउँदैनन् । यसैले पनि आफूले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउने गरी देउवा अघि बढ्ने बताइन्छ । देउवाले यसरी नै नेताहरुलाई लतार्दै लैजाने देखिन्छ । 

देउवाले नेतृत्वमा कसलाई अघि बढाउलान् भन्ने विषयमा अझै निक्र्यौल त भइसकेको छैन । यद्यपि डा शशांक कोइराला स्वभाविक उम्मेद्वारका रुपमा अघि बढ्ने देखिन्छ । देउवाले चाल्ने हरेक कदमको विषयमा शशांकले बचाउ गर्दै आएका छन् । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल खेमाबाट महामन्त्रीमा निर्वाचित शशांकले देउवालाई सघाउँदै आएका छन् । पुस १६ मा चितवन पुगेर उनले १५ औं महाविधेशन आम निर्वाचनपछि गर्दा हुने बताएका थिए । ‘२०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ शशांकले भनेका थिए ।

सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ । हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम हुन्छ
Prakashsharan-mahat-1716441496.jpg
डा प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

निर्धारित समयमा महाधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने पनि उनले बताए । ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ,’ शशांकको तर्क थियो ।सभापतिका दाबेदारका रुपमा हेरिएका महामन्त्री गगन थापाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गर्दै आएका छन् । ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुंग्याउने गरी काम गरेका छौँ,’ अघिल्लो सातामात्र चितवन पुगेर थापाले भनेका थिए । तर यसका लागि स्थानीय तहका नेताहरुले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । 

विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने गगनको तर्क थियो । ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मंसिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन,’ उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’
 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP