Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बेखुस भारत रिझाउने कांग्रेसको प्रयास
गगनपछि महाकुम्भमेलामा देउवा जाँदै बेखुस भारत रिझाउने कांग्रेसको प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०८१
  • महाकुम्भ मेलाको अवसर पारी नेपाली कांग्रेसले धार्मिक ‘प्लेटफर्म’ प्रयोग गर्दै भारतसँग सम्बन्ध सुधारको प्रयास 
  • कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महतपछि सभापति शेरबहादुर देउवा पनि महाकुम्भ जाँदै
  • महाकुम्भकै कारण सरकारले ल्याएको छ अध्यादेश स्वीकृतिका लागि बहुमत पुर्याउन धौधौ परेको बेला फागुन ११ सम्म प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– पछिल्लो समय नेपाल र भारतको सम्बन्ध चिसिँदो छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएयता नेपाली कांग्रेसले सम्बन्ध सुधार्ने प्रयास गरेको थियो । कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भारतीय पक्षले विशेष महत्वका साथ भारतमा स्वागत पनि गरेको थियो । तर जब प्रधानमन्त्री ओलीले भारत भ्रमणको इच्छा देखाए, सोही सन्देश लिएर भारत पुग्दा परराष्ट्रमन्त्री देउवालाई भारतले कुनै महत्व दिएन । 
यही झोकमा प्रधानमन्त्री ओली मंसिर १७ गते उत्तरी छिमेक चीनतिर हानिए । तीन दिन घुमेर बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) फ्रेमवर्कमा सम्झौता गरेर फर्किए । त्यसयता पनि भारत जाने इच्छा ओलीले नगरेका हैनन् । तर भारतबाट उनलाई कुनै ‘ग्रिन सिग्नल’ आएको छैन ।

यही मेसोमा ओलीसँग सत्ता गठजोड गरिरहेको नेपाली कांग्रेसले भने धार्मिक ‘प्लेटफर्म’ प्रयोग गर्दै भारतसँग सम्बन्ध सुधारको प्रयास थालेको छ । कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत र नेता अर्जुननरसिंह केसी भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा पुगेर फर्केका छन् । भारतीय तीर्थयात्री नेपाल आउने र नेपाली तीर्थयात्री भारत जाने चलन पुरानै हो । 

भारत र नेपाल छिमेकी देश हो । तीर्थमा आउजाउ चलिरहेकै छ । यसलाई राजनीतिक रङ दिन हुँदैन ।
डा. प्रकाशशरण मत
प्रवक्ता, नेपाली कांग्रेस


तर कांग्रेसले यसलाई धार्मिक कूटनीतिका रुपमा प्रयोग गरेको कांग्रेसकै नेताहरु बताउँछन् । सोमबारमात्र कुम्भमेला पुगेका कांग्रेस महामन्त्री थापाले त्यहाँ पुग्दा आध्यात्मिक शान्ति मिलेको अनुभूति भएको बताएका छन् ।

Hardik health

‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।कांग्रेस प्रवक्ता डा. महतले पनि आफू पहिलोपटक कुम्भमेला पुगेको र असाध्यै राम्रो लागेको बताए । ‘सोमबार गएर मंगलबार फर्किहालें । निकै राम्रो लाग्यो,’ महतले भने ।


प्रयागराजमा देउवा पनि जाँदै
प्रयागराजमा चलिरहेको महाकुम्भमा कांग्रेस सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् । ‘सभापतिजी शुक्रबार र शनिबारको कार्यक्रमका लागि जाँदै हुनुहुन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।देउवा भारतमा रहँदा इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने सम्मेलनमासमेत भाग लिने छन् । उनले शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्ने कार्यतालिका रहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरुसमेत छन् । प्रयागराजमा नेपाली कांग्रेसका नेताहरुको उपस्थिति बढ्दो छ । यसको कारण हो भारतलाई रिझाउने प्रयास । ‘पछिल्लो समय सरकार निकै संकटमा गुज्रेको छ । परराष्ट्र नीति राम्रो भइरहेको छैन,’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले यो सुधार्ने प्रयासमा कांग्रेस लागेको देखिन्छ ।’

कांग्रेस प्रवक्ता महत भने यसलाई राजनीतिक रङ दिन नहुने बताउँछन् । ‘भारत र नेपाल छिमेकी देश हो । तीर्थमा आउजाउ चलिरहेकै छ । यसलाई राजनीतिक रङ दिन हुँदैन,’ महतले भने । यद्यपि कांग्रेस नेताहरु कुम्भमेला जाने भएकैले प्रतिनिधिसभा नै ठप्प भएको छ । सरकारले ल्याएको छ अध्यादेश स्वीकृतिका लागि बहुमत पुर्याउन धौधौ परेको बेला फागुन ११ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।

पुस २९ बाट सुरु भएको यो महाकुम्भ फागुन १४ गतेसम्म चल्ने छ । गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगममा यस अवधिभर ४५ करोड मानिस पुग्ने अनुमान भारत सरकारले गरेको छ । यो मेलामा गत माघ २१ गते भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक पनि पुगेका थिए । भुटानका राजा पुग्दा नेपालबाट पनि सरकारी पक्षबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रप्रमुख वा प्रधानमन्त्री जानुपर्ने माग कांग्रेस नेताहरुको छ । यद्यपि सरकारी पक्षबाट कोही पनि जाने तयारीमा नरहेको प्रधानमन्त्री कार्यालयले जनायो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि आफूलाई कुनै पनि सांसदले प्रयागराजमा जाने भनेर सूचना नदिएको बताए । ‘कांग्रेस नेताहरु महाकुम्भमा पुगिरहेको हामीले पनि सुनेका छौं । हाम्रोबाट त्यस्तो तयारी छैन,’ प्रमुख सचेतक बर्तौलाले भने । यो मेलालाई भारतले अर्थतन्त्र बलियो बनाउने प्रमुख मेलाको रुपमासमेत लिएको छ । यस मेलाका लागि भारत सरकारले सात हजार ५०० करोड भारतीय रुपैयाँ बजेट लगानी गरेको छ । यसबाट ठूलो मात्रामा व्यापार हुने र छिमेकी मुलुकहरुबाट आउने यात्रीबाट नै भारतको अर्थतन्त्रमा ठूलो योगदान हुने गर्छ । १२ वर्षमा एकचोटि आयोजना हुने मेलालाई भारतले विशेष महत्वका साथ हेर्दै आएको छ ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP