Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • सन्दर्भ नवौँ निर्वाचन दिवस : मतदाता शिक्षा बढाउन जरुरी
सन्दर्भ नवौँ निर्वाचन दिवस : मतदाता शिक्षा बढाउन जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०८१

काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन्  । नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताए ।

“निर्वाचन महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरुको इमानदारिता माथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरुलाई मैले सोध्ने गरेको छु, तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नु”, उनले भने ।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उनले प्रश्न उठाए । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याए ।

Hardik health

“लोकतन्त्र भनेको आफ्ना प्रतिनिधि आफैँ छान्ने मात्र नभई यो मान्छेको जीवन शैली र जीवन पद्धति हो । मतदान गर्नु भनेको नागरिकले आफ्नो अधिकारको आत्मबोध गर्नु हो । यो कर्तव्य बोध गर्नका लागि मतदाता शिक्षा बढाउन जरुरी छ”, थपलियाले भने । नागरिक सचेत भएमा मात्रै निर्वाचन सफल हुने उहाँले उल्लेख गरे । आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अद्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि थपलियाले बताए। 

त्यस्तै, आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै स्थानको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनको भनाइ छ । निर्वाचन व्यवस्थापन तथा सन्चालनसम्बन्धि कानुन चाँडै बनेर कार्यान्वयनमा आउने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै, निर्वाचनका क्रममा अहिले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको व्यवस्थापन नयाँ चुनौतीका रुपमा आएको उल्लेख गरे । निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताए  । निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के–कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा पनि उनले जोड दिए।

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ । 

त्यस्तै तीनवटा जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दोलखा, स्याङ्जा, डडेल्धुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको हो । त्यस्तै, हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण शुक्रबार, माघ ९, २०८२
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म शुक्रबार, माघ ९, २०८२
बाटोमा लडेर एकको मृत्यु
बाटोमा लडेर एकको मृत्यु शुक्रबार, माघ ९, २०८२
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे शुक्रबार, माघ ९, २०८२
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन शुक्रबार, माघ ९, २०८२
रेशमको संसद आउने बाटो बन्द
रेशमको संसद आउने बाटो बन्द शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP