Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल चिनाउन टेक्ससमा ‘नेपाल उत्सव’
नेपाल चिनाउन टेक्ससमा ‘नेपाल उत्सव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०८१

टेक्सास -  टेक्ससको राजधानी अस्टिनमा आइतबार नेपाल उत्सव (नेपाल डे परेड) मनाइएको छ । नेपाली कला, संस्कृतिको प्रदर्शन गरी नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन टेक्ससमा विभिन्न सामाजिक संस्थाले नेपाल डे परेडको आयोजना गरेका हुन् ।

कार्यक्रममा सहभागी हुन ड्यालस, ह्युस्टन, लबक, सानान्टनियोबाट दर्जनौँ नेपाली अस्टिन आइपुगेका थिए । अस्टिनको हट्टोसिटी भवन प्राङ्गणमा जम्मा भएका नेपालीहरू मौलिक पोशाकमा सजिएर सांस्कृतिक झाँकी, ढिकीजाँतो, नेपाली मठमन्दिरलगायत कलात्मक प्रदर्शनीसहित परेडमा सहभागी भएका थिए । नेपाल डे परेडको मुख्य आकर्षण नेपाली पन्चेबाजा रहेको थियो । नेपाली पन्चेबाजाको धुनमा ‘यो नेपाली शीर उचाली.....’ गीत घन्किँदा परेडमा सहभागी नेपालीहरू छमछमी नाचेका थिए ।

परेडका क्रममा प्रदर्शन गरिएको कला र संस्कृति स्थानीय अमेरिकी समुदायले रुचिपूर्वक अवलोकन गरेका थिए । नेपालीलाई हौसला दिन अस्टिनस्थित हट्टोसिटीका मेयर माइक स्नाइडरलगायत स्थानीय जनप्रतिनिधि, युलेश सिटीका उपमेयर टीका पौडल परेडमा नेपालीसँगै सहभागी भएका थिए ।

Hardik health

नेपाल डे परेडमा सहभागी अस्टिनस्थित हट्टो सहरका मेयर स्नाइडरले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै हट्टोसिटीमा बसोबास गर्ने संसारभरका मानिसहरुले हट्टो विविधतायुक्त सहर भएको धारणा व्यक्त गर्नुभयो । उनले हट्टोसिटीले संसारभरमा मानिस बसोबास गर्ने भएकाले हट्टोसिटीले बिभिन्न देशका २२ वटा भाषामा कार्यक्रम सञ्चालन गरिरहेको समेत बताए ।

परेडपश्चात ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स)को प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा आयोजकका तर्फबाट ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष विदुर खतिवडा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज ह्युस्टनका सल्लाहकार द्रोण गौतम, युलेश सिटीका उपमेयर टीका पौडेलले नेपाली समुदायको यस्तो ऐतिहासिक जमघटले प्रवासी नेपालीहरूको आत्मसम्मान बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए । 

    


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी मंगलबार, मंसिर ९, २०८२
प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग
प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP