Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • मलाई बोल्न दे सरकार !
मलाई बोल्न दे सरकार !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन ६, २०८१

मोबाइलमा बिहानै घण्टी बज्यो, हरेराम हरेकृष्ण । आजकल मोबाइलमा बज्ने घण्टी आ–आफ्नै रुचिअनुसारको राख्न पाउने भएकाले सबैलाई सजिलो भएको छ । प्रविधिको विकासले कम्तीमा जे मन लाग्यो त्यही सुन्न पनि पाउने बनाइदिएको छ । मोबाइलमा हरेराम हरेकृष्ण बजिनै रह्यो । उठाउने कि नउठाउने हो, अन्योल भयो । किनकि म यस्तो देशको नागरिक हुँ जहाँ सत्य बोल्न पनि सरकारको आदेश चाहिन्छ । त्यसमाथि पनि मोबाइल प्रयोग गरेर । तारन्तार मोबाइलमा घण्टी बजेको बज्यै भयो ।

फागुनको पहिलो साता अघिल्लो वर्षभन्दा बिहानीपख चिसो अलि बढी नै थियो । सिरक ओडेर सुतिरहेको छोरा सिरकभित्रैबाट करायो, ‘हैन यो ब्यानदेखि कस्तो हरेराम हरेकृष्ण हो ? खुरुक्क फोन उठाउनु नि ! हैन फोन गर्नेले पनि एक पटक नउठेपछि नगर्नु नि तारन्तार !’मैले मनमनै भनें, ‘अहिलेको अवस्था नै हरेराम हरेकृष्णको छ, सबैजना स्तुतिका भोका छन् बाबु के गर्छस्, त्यही भएर मैले मोबाइलमा नै हरेराम हरेकृष्ण राखेको छु । सत्यको स्तुति त ठीकै हो तर गलत र झूठको स्तुतिले पो बज्रपात परेको छ मुलुकमा ।


खै के रोग हो कुन्नि, पत्तै लगाउन नसकिने रोगको शिकारले शिथिल बनाएकी जहान आवाज पनि निकाल्न मुस्किलले भन्दै थिइँ । ‘त्यो फोन कराइराको छ उठाउनु नि कसैको ‘इम्पोटेण्ट’ पो हो कि ? तारन्तार बजेको बज्यै छ ।’एकछिन रोकिएको फोन फेरि बज्यो, ‘हरेराम हरेकृष्ण’ । यो पटक भने मैले एउटै हरेराम हरेकृष्णमा फोन उठाएँ । हेलो ? हजुर । उताबाट आयो, ‘हिजो राति फेसबुकमा के पोस्ट्याएको हो ? पूरै भाइरल नै छ त ?’

म तीन छक्क परें र उत्तर दिएँ, ‘त्यस्तो त केही छैन, उही आफ्नो मनको व्यथा पोख्ने ठाउँ त हो त्यो भनेको के नै पो लेखेको छ र ?’उताबाट आवाज आयो– ‘हैन निकै कडा पो छ त ? बुझ्नेलाई त भित्तैमा पुग्नेगरी हानेको छ । कति कडा लेखेको हो ?’

Hardik health

म हाँँसे । ‘त्यस्तो त होइन, सत्य कुरा मनमा राख्न नसकेर व्यक्त गरेको हुँ । पहिले पहिले पो मनका कुरा साथीभाइसँग पोखिन्थ्यो । मन पनि हलुको हुन्थ्यो । अहिले त साथीभाइ, परिवार, आफन्त जे भने पनि त्यही सामाजिक सञ्जाल त हो !,’ मैले उसलाई भनें । उसले पनि उता हाँस्दै भन्यो, ‘त्यो त हो । जे होस् सबैलाई मनको बह पोख्ने ठाउँचाहिँ बनाइदिएको छ है ।’‘त्यही त कसैले आरोप लगाएर वा मानहानि हुने गरेर लेखेको त छैन नि ?’ उल्टो प्रश्न गरें मैले । उसले भन्यो, ‘त्यस्तो त छैन, तर पनि कडा चै छुराजत्तिकै छ ।’ 

‘ए हो र भन्या ?,’ मैले जिज्ञासा राखें । ‘तपाईंहरु पो नियुक्ति सियुक्ति आएर ठूलो ठाउँमा भएको मान्छे सेतोलाई सेतो कालोलाई कालो भन्न सक्नुहुन्न । म त विचरो भूइँमान्छे जे सत्य हो त्यही बोल्छु र भन्छु । कसैलाई मन पर्ला कसैलाई मन नपर्ला ? सत्य त सत्य नै हो नि होइन र ?’ओछ्यानमा शिथिल भएर पल्टिरहेकी जहानले भनी, ‘ब्यानदेखि कत्ति गफ गर्नु परेको हो ?’ यत्ति लामो गफ त भेटेरै गर्नु नि । उताबाट फेरि प्रश्न तेर्सियो, ‘साँच्चै भाउजुलाई के भाको रे ?’ ‘केही पनि भएको छैन । सबै ठीक छ । मेडिकल माफियाहरुले चलाएको अस्पतालले सद्दे मान्छेलाई दीर्घरोगी बनाइदियो,’ मैले उत्तर फर्काएँ ।

ऊ जिम्मेवार पदमा बसेको मान्छे । शक्ति केन्द्रको नजिकको मान्छे । कालोलाई सेतो र सेतालाई कालो बनाउन सक्ने मान्छे । तर, मेरो उत्तरमा उसको कुनै प्रतिक्रिया भएन । मात्र उसले भन्यो, ‘ए’ !साँच्चै सरकारले ल्याएको अध्यादेश कस्तो लाग्यो ? उसले मलाई सोध्यो ?‘हरेराम हरेकृष्ण’ ! मैले ‘जहान’ तर्फ हेर्दै भनें । सद्दे मान्छेलाई ओछ्यानमा शिथिल हुनेगरी मकै खाएजस्तै औषधि खानुपर्ने बनाउने अस्पताललाई सम्झिएँ । स्वदेशमा सहज र गुणस्तरीय शिक्षा नपाएका कारण भारतको उडिसामा पढ्दै गरेकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणका विषयमा संसद्मा उठेको प्रसंग सम्झिएँ । ग्यास पड्किएर मृत्युवरण गरेका मःमः पसलका श्रमिक सम्झिएँ अनि पोखरामा बेलुन पड्किँदा भएको घटना र सरकारले बनाएको छानबिन समिति सम्झिएँ । 

उसले सोध्यो, ‘के हो त्यो हरेराम हरेकृष्ण भनेको ?’सत्ताको वरपरका मान्छेसँग धेरै गफिन त मन थिएन । तर पनि प्रश्नको उत्तर त दिनपर्छ भन्ने सोचेर मैले जवाफ दिएँ । ‘भजनमण्डलीका लागि निकै राम्रो ।’ अनि ‘बलात्कारलाई पनि चमत्कार बनाउनेहरुका लागि निकै महŒवपूर्ण छ !’ तर हेर्नुस् ‘वास्तविकता, सत्य र न्यायका लागि लड्नेहरुका लागि यो निकै घातक छ ।’उसले सोध्यो, ‘त्यस्तो हो र ?’सायद मेरो मन चोर्न खोजिरहेको आभाष भयो । अनि मैले भने, ‘हो । ठ्याक्कै त्यस्तै छ । किनकि सत्य बोल्नेहरुका लागि यसले ‘कन्तविजोक’ बनाइदिने छ । यो त सत्ता र माफियाहरुको भजन गाउनेहरुकै लागि उत्तम छ । 

उसले फेरि सोध्यो, अहिलेको गणतन्त्रमा पनि त्यस्तो कहाँ हुन्छ र ? मैले धितमर्ने गरी भनें, ‘हुन्छ । सत्तामा पुग्नेहरु आफूलाई नवराजा बादशाह बनाइरहेका छन्, सत्य बोल्नै नहुने । बोल्नेहरुको मुख थुन्ने र त्यसलाई पत्तासाफ बनाउने काम गरिरहेका छन् । झूठ र भ्रमलाई चिर्न सत्य बोल्नै पर्छ । सत्य लेख्नै पर्छ । तर, सत्य बोल्न नपाउने यो गणतन्त्र हो कि गाँठतन्त्र ? अन्याय सहेर बस्नु पर्ने ? शक्ति र सत्ता नहुनेको कुरा कसले सुन्दिने ? उसले बोल्नै नपाउने । आज न्याय मरिरहेको छ ।’ सुन्नूस् महाशय, देशका हरेक अंग माफियाहरुको हातमा पुगेको छ । तपाईंजस्ता सत्ताका वरपर बस्नेहरुले सत्यलाई सत्य भन्न सक्नुभएको छैन । नेतृत्वलाई भ्रममा राख्नुभएको छ । त्यसकारण हामीजस्ता सत्य ओकल्नेहरुको मुख बन्द गराउने यस्ता अध्यादेश नै बन्द हुनुपर्छ ।

मैले धेरै शक्ति केन्द्रमा सत्य बोले । सत्यलाई झूठ बनाउने अनुयायी प्रशस्त जन्मिए । तर पनि सत्यका लागि ध्रुवताराजस्तै एक्लै बोलिरहने छु । र, त भन्छु, ‘मलाई बोल्न दे सरकार’ !
 


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP