Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फिल्म फुटबल कपका बिजेताले पाए लाखौंको पुरस्कार
फिल्म फुटबल कपका बिजेताले पाए लाखौंको पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०८१

काठमाडौं -  नेपाली चलचित्रको श्रीवृद्धिको लागि बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको उपाधि बुढानिलकण्ठ फुटबल क्लबले उचालेको छ। 

‘जहाँ फुटबल त्यहीं अवार्ड, जहाँ अवार्ड त्यहीं फुटबल’ आयोजना अन्तर्गत फाइनल खेलको भव्य कार्यक्रममा नेशनल सर्ट फिल्म अवार्ड पोखरा संस्करणको बिजेताहरुलाई ट्रफी हस्तान्तरण गरिएको छ ।

उत्कृष्ट सर्ट फिल्म ‘कात्रो’बाटै निर्देशक, अभिनेता, अभिनेत्रीले नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड–२०८१ मा कब्जा जमाएका छन् ।  काभ्रे, भक्तपुर र ललितपुरको ३४ टिमको फुटसल टिमको कडा प्रतिस्पर्धा रहेको फिल्म कपको उपाधिमा भने बुढानिलकण्ठ एफसीले दरबारमार्गको फुलमाया फुटबल टिमलाई १ गोलले पराजित गर्दै नगद १ लाख एक हजार एक सयसहित ९ केजीको आकर्षक ट्रफी, चलचित्र दुःखी आत्माको तर्फबाट १० वटा टिकट प्राप्त गरेका छन् । 

Hardik health

प्रतियोगिताका कूल ३४ टिमका झण्डै ३ सय खेलाडीलाई पछि पार्दै बुढानिलकण्ठ एफसिले प्रतियोगिताको बेस्ट खेलाडीसहित उत्कृष्ट म्यानेजर विधाको पुरुस्कार प्राप्त गरेको छ भन्ने फुलबारी एफसिले ५१ हजार ५ सय नगद र ९ केजीको ट्रफी, चलचित्र दुःखी आत्माको २० वटा टिकट, उत्कृष्ट किपरको अवार्डसहित सिल्भर मेडल प्राप्त गरेको छ । बिजेता–उपबिजेताहरुलाई लाइन्स क्लबका अध्यक्ष नकुल गिरीसहित रिष्ठ खेलाडी, वरिष्ठ चलचित्रकर्मी, वरिष्ठ समाजसेवीहरुले सामूहिक रूपमा पुरस्कार वितरण गरेका थिए ।

कुल ३४ टिमको उत्साहजनक सहभागिता रहेको  फिल्म कपमा लामा एफसिले प्रतियोगिताकै फेयर प्लेको अवार्ड पायो भन्ने फिल्म कपको  फुटबल लभरको अवार्ड रोयल डिजाइन एफसिले उचालेको छ । बिजेता बुढानिलकण्ठ एफसिको टिम म्यानेजर दिपेश श्रेष्ठ उत्कृष्ट टिम म्यानेजरको अवार्डबाट सम्मानित भए । त्यसैगरी राजधानीको चुच्चे पार्टीमा सञ्चालनमा आएको हिमालयन फुटसल उत्कृष्ट फुटसल अवार्डबाट सम्मानित भएको थियो भन्ने फुटबल हर्ट अवार्डबाट अजय एफसिलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

फुटबल क्रेजीको अवार्ड अर्जुन एफसिलाई प्रदान गरिएको थियो । प्रतियोगिताका ३४ टिमलाई उछिन्दै मेन्टेन टिम प्रतियोगिताभर नै उत्कृष्ट खेल पस्केको हुनाले मेन्टेनलाई राइजिङ स्टार फुटबल टिम अवार्ड दिने घोषणा गरियो भन्ने प्रतियोगितामा इक्करेज टिमको अवार्ड टि स्टार एफसीलाई प्रदान गरिएको छ । प्रतियोगितामा एक जना भाग्यमानी दर्शक गोलाप्रथाबाट बौद्धका साङ्गे लामा छानिए । उनले आकर्षक टर्फीसहित नगद ११ हजार पुरुस्कार प्राप्त गरेका छन् । निकै तामझामको साथ सम्पन्न गरिएको फिल्म कपको अवसरमा नेसनल बक्स अफिस सर्ट फिल्म  अवार्ड २०८१ पोखरा संस्करणको बिजेताहरुलाई अवार्डको ट्रफी हस्तान्तरण गरिएको थियो ।

यो वर्षको नेशनल बक्स अफिस फिल्म सर्ट फिल्म अवार्ड २०८१ संस्करणमा ८३ सर्ट फिल्महरुलाई पछार्दै रुद्र कोइरालाले बनाएको सामाजिक चलचित्र कात्रो भाग २ उत्कृष्ट सर्ट फिल्मले पुरुस्कार प्राप्त गरेको छ । कात्रोको अभिनेता विक्रम खत्री उत्कृष्ट अभिनेता र अभिनेत्रीमा बिपना केसी उत्कृष्ट अभिनेत्री घोषणा गरियो भने निर्देशननर्फ बिकुल देवकोटा कात्रोबाटै उत्कृष्ट रहे । त्यसैगरी चरित्र अभिनेता द टिचरबाट बिरु गुरुङ, चरित्र अभिनेत्रीमा संगीता थापा, बाल कलाकार बिधामा तेजस्वी सापकोटा, सर्ट फिल्म द टिचरबाटै कथामा बसन्त सापकोटा र द्वन्द्व निर्देशन खेमनाथ खनालले आफूलाई २०८१ को उत्कृष्ट अवार्डको हकदारको रूपमा पुष्टि गरेका छन् । दशैं तिहार एक सपनाबाट रबिन भट्ट सम्पादकमा, हनुमानदासबाट छायांकारमा शिशिर अर्याल र यस सर्ट फिल्मबाटै मेकअपमा सञ्जु ढकाल लगायत थुप्रै विधाबाट विभिन्न कलाकर्मीहरुले अवार्ड हासिल गरेका छन् ।

छिट्टै आयोजना हुन गइरहेको नेशनल बक्स अफिस फिल्मब फेयर अवार्डको आयोजनाको प्रमोशनमा आयोजना गरेको ओपन च्यालेन्ज फिल्म फुटबल कपको ग्य्राण्ड फाइनल अघि खेलाइएको मैत्रीपूर्ण खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीले कपन भेट्रान क्लबलाई ३ गोलको विरुद्ध ५ गोल ठोक्दै विजयी भएको छ । फिल्म कपको भव्य समापनपछि बक्स अफिस इन्टरनेशनल ग्रुपले यही फागुन २३ र २४ गते नेशनल एजुकेसन अवार्डको अवसरमा ओपन च्यालेन्ज एजुकेसन फुटबल कप र जेठ २६ र २७ मा म्युजिक अवार्डको अवसरमा ओपन च्यालेन्ज म्युजिक फुटबल  कपको बृहत आयोजनाको तयारीमा रहेको कार्यक्रम अध्यक्ष आरके सुवेदीले बताए ।
 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अल्पायुमै अस्ताए प्रशान्त...
अल्पायुमै अस्ताए प्रशान्त... सोमबार, पुस २८, २०८२
 म्युजिक भिडियो 'चु ल्हुई' सार्वजनिक
 म्युजिक भिडियो 'चु ल्हुई' सार्वजनिक सोमबार, पुस २८, २०८२
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन आइतबार, पुस २७, २०८२
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा  चलचित्र ‘मिरमिरे’
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा चलचित्र ‘मिरमिरे’ आइतबार, पुस २७, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान आइतबार, पुस २७, २०८२
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन शुक्रबार, पुस २५, २०८२
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP