Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • जसपालाई रिझाउन खोज्दा लोसपा ‘फायर’!
अध्यादेशको ‘साइड इफेक्ट’ जसपालाई रिझाउन खोज्दा लोसपा ‘फायर’!
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०८१
  • बुधबारमात्र विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशको विरोध जनाएको लोसपाले बिहीबार सरकार छाड्ने चेतावनी दिएको हो 
  • श्रममन्त्री शरतसिंह भण्डारीलाई जुनसुकै बेला सरकार छाड्न तयार भएर बस्ने लोसपाको निर्देशन
  • जसपा र लोसपा भड्किएसँगै नेपाली कांग्रेस र नेकपा एमाले एकीकृत समाजवादीलाई मनाउनतिर 

काठमाडौं– मुलुकको आर्थिक अवस्था सुधार्न भन्दै एकैसाथ छ वटा अध्यादेश ल्याएको सरकार थप अप्ठेरोमा पर्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस अन्तिममा ल्याएका अध्यादेश माघ १८ गते प्रतिनिधिसभामा पेस भएको थियो ।

तर स्वीकृतिका लागि आवश्यक मत नपुग्ने भएपछि अध्यादेश अड्किएको छ । प्रतिनिधिसभामा बहुमत भए पनि राष्ट्रियसभामा सत्तारुढ दलसँग बहुमत छैन । अध्यादेश लागू हुनका लागि दुवै सभाबाट स्वीकृत हुनैपर्छ ।यसका लागि सरकारले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट साथको अपेक्षा गरेको थियो । राष्ट्रियसभामा तीन सदस्य रहेको जसपाले भूमिसम्बन्धी अध्यादेशमा मत नहाल्ने निर्णय गरेपछि सरकार अप्ठेरोमा परेको हो ।

त्यसो त भूमिसम्बन्धी अध्यादेशको सत्तारुढ दलले नै विरोध सुरू गरेका छन् । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको ओली नेतृत्वको सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको कांग्रेस नेता डा. शेखर कोइरालाले विरोध जनाइसकेका छन् ।यता जसपालाई रिझाउन खोज्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले असन्तुष्टि जनाएको छ । बिहीबार सर्लाही पुगेर लोसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार छाड्नसमेत तयार रहेको बताएका छन् । 

‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ, हामीले भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छौं । नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन्,’ भूमिसम्बन्धी अध्यादेशको विरोध गर्दै ठाकुरले भने । सरकारमा लोसपाबाट शरतसिंह भण्डारी मन्त्री छन् । यदि सरकार छाड्नुपर्ने अवस्था आएमा सरकार छाड्न तयारी अवस्थामा रहन श्रममन्त्री भण्डारीलाई निर्देशन दिइसकेको उनले बताए । ‘हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौं तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट,’ ठाकुरले भने, ‘हाम्रा मन्त्रीलाई भनिसकेका छौं सरकारबाट बाहिरिनपर्ने हुनसक्छ । उनीहरुलाई नै हटाइदिन पनि सक्छन् ।’

Hardik health

लोसपाप्रति कांग्रेस–एमाले असन्तुष्ट
सरकारमै रहेका दलले अध्यादेशको विरोध गरेकोमा कांग्रेस र एमाले असन्तुष्ट देखिएका छन् । बुधबारमात्रै लोसपा अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका थिए । ‘सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ अध्यक्ष ठाकुरले भनेका थिए, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, राना थारुलगायतका पूर्णरुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ ।’ अध्यादेश सरकारमा रहेका दलहरुसँगै ल्याएको बताइएको थियो । तर लोसपाले अध्यादेश जनताको हित विपरीत भएको स्पष्ट पार्दै यस्तो अवस्थामा लोसपा नेपालले यस अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जनाएको छ ।

सत्तारुढ दलले सरकारको कदमको विरोध गर्नु ठीक नभएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए । ‘सरकारमा रहेको दलले मन्त्रिपरिषद्को निर्णयको विरोध गर्नु ठीक होइन । विरोध गर्ने भए सरकार छाड्ने हो,’ घिमिरेले भने । लोसपा टाढिने र जसपाले नमान्ने देखिएसँगै सत्तारुढ दलले एकीकृत समाजवादीसँग अध्यादेश पार लगाउने बारेमा छलफल सुरू गरेको घिमिरेले बताए । राष्ट्रिय सभमा एकीकृत समाजवादीबाट ८ सदस्य रहेका छन् ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारमा बसेर अध्यादेशको विरोध गर्नु ठिक नहुने बताए । ‘सरकारमा बस्ने अनि आफ्नै क्याबिनेटबाट निर्णय गर्ने त्यसपछि गरिएको निर्णय स्वीकार गर्न सकिँदैन भन्नु कुनै पनि हिसाबले मिल्दैन,’  बर्तौलाले भने ।

अध्यक्षसहित ५९ जना सांसद रहेको राष्ट्रियसभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ । हाल राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत दुई र लोसपाका एक गरी २९ सांसद छन् । लोसपाले साथ नदिए सरकारसँग २८ सांसदमात्र हुन्छ । त्यसमा पनि वामदेव गौतम मनोनित हुन् । गौतमले समेत साथ नदिने भन्दै सरकारलाई चेतावनी दिँदै आएका छन् । यदि उनले पनि साथ नदिए सरकारसँग राष्ट्रियस सभामा २७ सांसदमात्र आफ्नो पक्षमा हुन्छ । ३ मत रहेको जसपालाई च्याप्न खोजेपछि लोसपा चिढिएको बताइएको छ ।

चालु हिउँदे अधिवेशनको पहिलो दिन यही १८ माघमा सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेस गरेको थियो । 


 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP