काठमाडौं - स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनमा स्वीकृत गरेको हो ।
बैठकले एमसीए नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्ये रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ पर्ने करिब १ हजार ३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ ।