Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • मान्छे बेच्ने ‘लाइसेन्स’ !
मान्छे बेच्ने ‘लाइसेन्स’ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

कालो अनुहार, कालै जुँगा, सेतो दाँत देखाएर हाँस्दा राति अन्धकारमा पनि प्रस्ट चिनिन्छ । उनी हाम्रै गाउँका काली हुन् भनेर । काली जन्मिएका बेला हजुरबाले खुसीयाली मनाउन गाउँलेलाई भोज खुवाउँदा महासेठसँग लिएको ऋण तिर्नै नसकेपछि सात/आठ वर्षकै उमेरमा महासेठकैमा दास बनाइदिएका थिए । त्यसपछि उनलाई गाउँले कालीदासका रुपमा चिन्न थाले ।

नियोगको वैठक कोठामा खित्का छाड्दै हाँस्दै थिए कालीदास । खास कुरा यो हो नि मेरो नामको पछाडि भन्दै उनीसँग । उनी भनेका मान्छे किन्ने मान्छे । दासप्रथाको अन्त्य गर्न हिँडेको काली आज पनि दास नै बनिरहेको छ मान्छे किन्ने मान्छेसँग, त्यही बन्द कोठामा । मान्छे बेच्ने मोलमोलाइका लागि ।कालिदास उनीसँग भन्दै थिए, ‘अरु केही चिन्ता लिनु पर्दैन, ‘फ्रि टिकट–फ्रि भिसा’ हामीलाई चाहिएको यत्ति नै हो ।

मान्छे किन्ने भन्दै थियो, ‘केही छैन हामीलाई काम गर्ने दास चाहिएको हो । दास लैजानका लागि विचरा त्यही दाससँग के पैसा लिनु ?’कालीदास खुसीले फेरि खित्का छाड्यो ! तपाईं त वास्तवमै भगवान् नै हो मेरा लागि । जे भन्यो त्यही ‘ओके’ गर्नुहुन्छ, ओहो ! म कति भाग्यमानी । मान्छे किन्ने मान्छे, मुण्टो हल्लाउँछ । र, मनमनै भन्छ, ‘साला आफ्नो देशको छोराछोरीलाई दास बनाउन मेरोमा पठाउँदै छ ।’ अनि आफूलाई भने निकै नै शक्तिशाली ठान्छ । विचरा ती बेचिने मानिसहरु पशुजस्तै पैसा तिरेर बेचिएका छन् ।

कालीदास फ्रि भिसा, फ्रि टिकटमा खुसी मनाउँदै बाहिर निस्कन्छ । कोटको खल्तीबाट महँगो मोबाइल निकाल्छ र कसैलाई फोन गर्छ, ‘ल तपाईंहरुको टिम त्यो होटलको स्वीट रुममा गएर बस्नु, काम भयो । अरु कुरा त्यहीँ गरौंला’ उताबाट सायद सकारात्मक सन्देश आइसकेको छ ।

Hardik health

कालीदास कालो सिसा भएको कालो चिल्लो गाडीमा बस्छ र जान्छ । टेकऽसास नामैले काफी छ । मेरोमा त्यो डिमाण्ड झार्न पाए क्या मज्जा हुन्थ्यो । मान्छे बेच्ने साहुले फोनमै कुरा गरिररहेको छ । त्यही बेला कालीदास आइपुग्छन् । कालीदास टेकऽसाससँग हात मिलाउँछन् र भन्छन्, ‘ल बधाई छ, साँढे ३०० को डिमाण्ड त्यो पनि फ्रि भिसा फ्रि टिकेट’ । ‘एकदम राम्रो डिमाण्ड आयो हजुर’ यो हजुरकै देन हो नि जसरी पनि मलाई नै पार्नुपर्छ हजुर’ टेकऽसास कालीदासलाई भन्छ । कालीदास मुस्कुराउँदै भन्छन्, ‘त्यो त अव तपाईंहरु साथीभाइकै कुरा हो । कुरा मिलाउनुस् अरुसँग पनि । जसले लिए पनि मलाई केही छैन । मेरो त हिसाब क्लियर हुनुपर्छ ।’

त्यसैबेला ठूलो भूँडी भएको मान्छे गाडीबाट ओर्लन्छ र कालीदासलाई सष्टांग दण्डवत् गर्दै हात मिलाउँछ । ‘कुरा त धेरै सकारात्मक छ हजुर । अब त्यो डिमाण्डलाई मिलाएर भागबण्डा गरौं हजुर । कि कसो टेकऽसासजी,’ भूँडे बोल्छ । ‘ठिकै हो दाइ । मैले पनि अघिदेखि त्यही कुरा गरिरहेको छु । मिलाएर गरौंला भनेर ।’कालीदास हाँस्दै भन्छन, ‘साथी, यो त फ्रि भिसा फ्रि टिकेट हो । यसको मतलव उनीहरुका लागि त्यो होइन हाम्रा लागिमात्र हो । कुरो बुझियो नि ?’टेकऽसास भन्छन्, ‘ल त्यसको चिन्तै नलिनुस् न हजुर । सूचनामा मात्र हो फ्रि भिसा फ्रि टिकट । त्यो त पहिल्यैदेखिको चलन हो नि !’कालीदास फेरि मुस्कुराउँछ । ‘अनि अर्थ कसरी लिनुहुन्छ नि ? रसिद काट्नु पर्दैन ?’ 


‘होइन, तपाईं कस्तो थाहा पाएर पनि नपाएको जस्तोगरी सोधिरहनुभएको छ । मलाई त शंका लाग्यो है । कतै गडबड त गर्न लाग्नुभएन ?,’ टेकऽसासले शंका व्यक्त गर्यो । अवस्था ठीक छैन । कालीदासले भँुडेतिर संकेत गर्दै भन्छ, ‘त्यही बेला ठीक नभएकै कारण सोधेको नि ! बाहिर हेर्दा त पारदर्शी देखिनुपर्यो नि !’‘तपाईं पनि, हामी मान्छे बेच्ने लाइसेन्सधारी हौं । काँचो काम कहाँ गर्छाैं र ? पैसा धेरै लिन्छौं, रसिद थोरैको दिन्छौं । त्यसमा पनि फ्रि टिकट फ्रि भिसा भनेर ।’कालीदास फेरि हाँस्छ..... ‘तर पनि अहिले पहिलेजस्तो छैन ।’ भुँडे भन्छ, ‘तर अहिले निकै गाह्रो भाको छ । यताबाट भन्दा उताबाट बढी जान थाले ।’

कालीदास सोध्छ, ‘उताबाट भनेको कताबाट ?’ 
टेकऽसास, ‘कहाँबाट हुनु नि सबै कन्सल्टेन्सी पनि हामीजस्तै भयो अनि कहाँबाट हुन्थ्यो व्यापार । मान्छे बेच्ने लाइसेन्स त हाम्रो हो नि तिनीहरुले पनि हाम्रै काम गर्न थाले । जसरी पनि रोक्नुपर्यो !’ कालीदास भन्छन्, ‘सम्भावना छैन ! मैले माथि धेरै कुरा गरिसकें । तपाईंहरुलाई यही फ्रि भिसा फ्रि टिकेट नै ठीक छ । काम एउटा, कुरा अर्को । न समस्या, न लफडा । यही मान्छे बेच्ने लाइसेन्स नै ठीक छ । उनीहरु त शिक्षाका नामबाट मान्छे बेच्ने लाइसेन्स बनेका छन् । जुन बेला पनि जान सक्छन् ।’ 

भुँडे बोल्छ, ‘त्यो पनि ठिकै हो ।’टेकऽसास भन्छन्, ‘यो फ्रि भिसा र फ्रि टिकेट भन्दै झ्याम कि झ्याम रकम असुलेको छ । शुद्धीकरण भयो भने कोही बाँकी रहँदैनन् ।’त्यही भएर त व्यापारीलाई अख्तियारले हेर्न नपाउनेगरी नियम बनाउन लगाको त । कम खेलो छ ? तपाईंहरु बुझ्नु नै हुन्न । यतादेखि उतासम्म मिलाउनुपर्छ ।’ कालीदासले फेरि थपे । ‘कहाँ–कहाँ के मिलाउनुपर्ने हो तपाईंको जिम्मा अरु केही छैन ।’
‘कोही बोल्नेवाला छैन । तपाईंहरुले सबलाई व्यवस्था गर्नुभएकै छ । नेतादेखि गुण्डा, प्रशासकदेखि पत्रकारसम्म सिण्डिकेट छँदै छ,’ कालीदासले पोल खोले । 

टेकऽसासले भने, ‘त्यत्ति गरेन भने त हैरानै पार्छन् नि । मान्छे बेच्ने लाइसेन्स लिएर त यस्तो अवस्था छ । भुँडेदेखि सुँडेसम्मले सेटिङ मिलाको छ । मान्छे बेच्ने लाइसेन्स पाको छ । बाहिर फ्रि भिसा, भित्र पैसै पैसा !’
तीनै जना खित्का छाडेर हाँस्छन् । 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP