Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्तासाझेदार कांग्रेसकै नेताबाट अध्यादेशको विरोध 
सत्तासाझेदार कांग्रेसकै नेताबाट अध्यादेशको विरोध 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन् । प्रतिपक्षीको विरोध र जनता समाजवादी पार्टी (जसपा) नेपालको आनाकानीपछि प्रतिनिधिसभामा अड्किएको अध्यादेशको कांग्रेस नेताहरुले विरोध गरेका हुन् ।

नेपाली कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले अरुबेला अध्यादेशको विरोध गर्ने कांग्रेस नै यो प्रक्रियामा संलग्न भएकोमा असन्तुष्टि पोखे । ‘आजभन्दा दुई वर्ष पहिले अध्यादेश आउँदा, हुँदैन भनेको हो नि त कांग्रेसले । आज छ–छ वटा अध्यादेश ल्याउँदा सही भयो त त्यो ? भएन,’ कोइरालाले भने, ‘त्यो बेला गलत थियो भने आज पनि गलत हो भन्ने बिर्सिनु हुँदैन ।’

आजभन्दा दुई वर्ष पहिले अध्यादेश आउँदा, हुँदैन भनेको हो नि त कांग्रेसले । त्यो बेला गलत थियो भने आज पनि गलत हो भन्ने बिर्सिनु हुँदैन । 
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस

जिपी कोइराला फाउन्डेसनले भक्तपुरको कौशलटारमा सोमबार आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै कोइरालाले भूमिसम्बन्धी अध्यादेश पूर्णरुपमा गलत रहेको दाबी गरे । ‘अध्यादेश भनेको सरकार चल्नै नसक्ने अवस्थामा भयो भनेमात्र ल्याउने हो । भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पास भयो भने तपाईंहरुले केही गर्न सक्नुहुन्न,’ कोइरालाले भने ।

Hardik health

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गोकुल बाँस्कोटा सञ्चारमन्त्री रहेको बेला ल्याएको अध्यादेश अहिले जस्ताको तस्तै आउँदा पनि कांग्रेसले विरोध नगरेकोमा आफूलाई अचम्म लागेको शेखरको भनाइ थियो । ‘ओलीजीको प्रधानमन्त्रीकालमा जुन अध्यादेश आएको थियो, क्यान्सिल भएको थियो गोकुलजीको पालामा, अहिले त्यही अध्यादेश आएको छ । त्यो बेला गलत भनेर फिर्ता, आज कसरी सही भयो त्यो ?,’ उनले प्रश्न गरे ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ गते जारी गरेका छ अध्यादेश प्रतिनिधिसभामा पेस गरिसकिएको छ । चालु हिउँदे अधिवेशनको पहिलो दिन यही १८ माघमा सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेस गरेको थियो ।

हाम्रो पद्धति अध्यादेशबाट मात्रै शासन चलाउने होइन । दुई अधिवेशनको बीचमा अत्यावश्यक परेमात्रै अध्यादेश ल्याउने तर सामान्य अवस्थामा संसद्बाट नै कानुन बनाउनुपर्छ भन्ने हो ।
एनपी साउद
सांसद, नेपाली कांग्रेस

उक्त अध्यादेशको विरोधमा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरुले धारणा राख्दै आएका छन् । राष्ट्रियसभामा जसपा नेपालको समर्थनको पर्खाइका कारण अध्यादेश स्वीकृतिका लागि प्रतिनिधिसभाबाट अघि बढाइएको छैन । सत्तामा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरुले भने पहिलोपटक सार्वजनिकरुपमा असन्तुष्टि पोखेका हुन् ।

अध्यादेश निरंकुशताको संकेत भएको उल्लेख गर्दै कांग्रेस नेता कोइरालाले आफूले यसबारे पार्टी सभापति शेरबहादुर देउवालाई धेरैपटक सचेत गराइसकेको दाबीसमेत गरे । ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस् भन्नका लागि मैले त सभापतिजीलाई धेरैपटक भनिसकें,’ नेता कोइरालाले भने, ‘सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतीय सहकार्य गर्ने हिसाबले जानुपर्छ ।’

कांग्रेस संस्थापन पक्षकै नेता एनपी साउदले पनि अध्यादेशको विरोध गरे । गृहमन्त्रीमा दाबी पेस गर्दै आएका देउवा पक्षका नेता साउदले हाम्रो शासनपद्धति अध्यादेशबाट सरकार चलाउने नभएको बताएका हुन् । ‘हाम्रो मुख्य मान्यता दुई दलीय होइन, बहुदलीय हो । हाम्रो राष्ट्रपतीय होइन, संसदीय पद्धति हो । हाम्रो पद्धति अध्यादेशबाट मात्रै शासन चलाउने होइन,’ उनले भने, ‘दुई अधिवेशनको बीचमा अत्यावश्यक परेमात्रै अध्यादेश ल्याउने तर सामान्य अवस्थामा संसद्बाट नै कानुन बनाउनुपर्छ भन्ने हो ।’

शेरबहादुरजीको कुनै विचार छैन, उहाँ केही पनि गर्नुहुन्न । उहाँ काम नै गर्नुहुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ ? भगवान् जानुन् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन ।
सुजाता कोइराला
नेतृ, नेपाली कांग्रेस

 

देउवाले काम गरेनन्, अबको प्रधानमन्त्री शेखर
कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापति देउवाले केही गर्न नसकेको आरोप लगाउँदै अबको सभापति शेखर बन्ने दाबी गरेकी छन् । कार्यक्रमको आयोजकसमेत रहेकी उनले यसअघि संसद्को टिकट नपाउँदा शेखरको आलोचना गरेकी थिइन् ।

सोमबार भने सुजाताले शेखरको प्रशंसा गरेकी हुन् । ‘आज यो देश कांग्रेसले होइन एमालेले हाँकिरहेको छ । नेपाली कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजीको कुनै विचार छैन, उहाँ केही पनि गर्नुहुन्न । उहाँ काम नै गर्नुहुन्न,’ उनले भनिन्, ‘उहाँ दिनभरि के गर्नुहुन्छ ? भगवान् जानुन् । उहाँ कांग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ– अब हुने सभापति शेखर कोइराला हो ।’

मुलुकमा समस्याको चाङ देखिँदा पनि कांग्रेसले विकासमा हात हाल्न नसकेको सुजाताको दाबी रह्यो । ‘प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । आज प्रजातन्त्र छैन यो मुलुकमा । जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन्,’ नेतृ कोइरालाले भनिन्, ‘आफ्नो मुलुकभित्र समस्या नै समस्या छ । न जागिर छ । न त रोजगारी । विकासका काम केही भएका छन् । तर हामीले पढ्दाखेरी ओलीजीले गरिरहेका छन् । नेपाली कांग्रेसले विकास निर्माणको काममा हात हालिरहेको छैन ।’

कांग्रेसलाई यस्तो अवस्थामा पु¥याउने अरु कोही नभएर देउवा भएको उनको आरोप थियो । ‘यो अवस्थामा नेपाली कांग्रेसलाई पु¥याउनेहरूलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन । नेपाली कांग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ,’ कोइरालाले भनिन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उज्यालो नेपाल  र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति
उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबिच पार्टी एकताकाे सहमति शुक्रबार, जेठ १५, २०८३
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा
‘समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ’: गगन थापा शुक्रबार, जेठ १५, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे  ६ बुँदे ध्यानाकर्षण
मानवअधिकार आयोगको प्रतिवेदनप्रति कांग्रेसकाे ६ बुँदे ध्यानाकर्षण बिहीबार, जेठ १४, २०८३
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा बिहीबार, जेठ १४, २०८३
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै बिहीबार, जेठ १४, २०८३
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे बुधबार, जेठ १३, २०८३
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP