Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोरोनाविरुद्ध सार्क एकजुटः ‘कोभिड–१९’ विरूद्ध सार्क भिडियो कन्फ्रेन्स
कोरोनाविरुद्ध सार्क एकजुटः ‘कोभिड–१९’ विरूद्ध सार्क भिडियो कन्फ्रेन्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ३, २०७६
SARC News
Hardik health
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकहरू एकजुट भएका छन् । चीनको वुहानबाट फैलिएको यो संक्रमणले विश्वव्यापी रूप लिँदै गएको छ । यसैबेला सार्क मुलुकबीच भिडियो कन्फ्रेन्स गर्दै यसको रोकथामका लागि एकै आवाज उठाएका हुन् । लामो समयदेखि सार्कको शिखर सम्मेलन समेत हुन नसकिरहेको अवस्थामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सार्क मुलुकहरू एकपटक फेरि एक जुट भएका छन् । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि सार्क मुलुकबीच छलफल गर्न ट्विटमार्फत आग्रह गरेका थिए । त्यसपछि आइतबार सार्क मुलुकका राष्ट्र प्रमुखहरूको भिडियो कन्फ्रेन्स भएको हो । सो क्रममा प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को संक्रमण फैलिन नदिन नेपालले सचेतना कार्यक्रमलाई तिव्ररूपमा अगाडि बढाएको बताए । कन्फरेन्समा भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरूको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२० तथा तेस्रो मुलुकका गतिविधि र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना स्थगन गरिएको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, संघीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, ‘कोभिडविरुद्धको अभियानका लागि नेपाल सचेत रहेको छ । रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।’ कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेका मोदीलगायत सार्कका नेताहरूलाई धन्यवाद पनि व्यक्त गरे । भिडियो कन्फ्रेन्समा भारतका प्रधानमन्त्री मोदीले कोभिड–१९ विरुद्ध लड्न सार्क सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान गर्दै शुरुआतमा भारतका तर्फबाट १० बिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन् । कोभिड–१ को संक्रमण फैलिन नदिन राष्ट्राध्याक्ष÷सरकार प्रमुखबीचको साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरेका थिए । उनले कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए । यस्तै, भूटानका प्रधानमन्त्री लोते छिरिङले कोरोना भाइरसले गर्दा साना देशहरूको आर्थिक अवस्थामा असर पुग्ने बताए । उनले भने, ‘भुटानमा हामीले पहिलो कोरोना भाइरसका बिरामी पत्ता लगायौँ । साथै बिरामीसँग सम्पर्कमा आएकाहरूबारे पनि पत्ता लगाएका छौँ । यसैले आर्थिक प्रभावको क्षेत्रमा पनि हामी मिलेर काम गर्नुपर्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेतृत्वको लागि म बधाइ दिन चाहन्छु ।’ यस्तै, बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले यो पहलका लागि नरेन्द्र मोदीलाई धन्यवाद दिन चाहको बताइन् । चीनको वुहानबाट भारतीय विद्यार्थीसँगै हाम्रा २३ विद्यार्थीलाई पनि सँगै ल्याएर उपचार गराएकोमा धन्यवाद दिन चाहको उनको भनाइ थियो । यस्तै, श्रीलंका राष्ट्रपति गोतब्याय राजपाक्षले श्रीलंकामा सबै स्कुल र कलेज बन्द गरेको जानकारी दिए । यद्यपि धार्मिक उद्देश्य साथ हुने जमघट पनि प्रतिबन्धित गरिएको छ । हाम्रा अनुभव, धारणा र अभ्यास व्यक्त गर्ने अवसर जुराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनैपर्ने उनको भनाइ थियो । कन्फ्रेन्समा माल्दिभ्स राष्ट्रपति इब्राहिम मोहम्मद सोलीहले भारतबाट सहयोग पाएकोमा माल्दिभ्स धन्य महसुश गरेको बताए । उनले भने, ‘मेरो सरकारको तर्फबाट मोदी र भारतीय जनताको कदर गर्दछु । कोरोना भाइरसविरुद्ध लड्न तयार पारिने रणनीतिबारे म प्रधानमन्त्री मोदीसँग पूर्ण सहमत छु ।’ सोही क्रममा अफगानिस्तानी राष्ट्रपति असरफ घानीले कोरोना भाइरसविरुद्ध लड्न टेली–मेडिसिन बनाउने साझा ढाँचा तयार गर्न प्रस्ताव गरेका छिन् । ‘भारत सांघाइ कोअपरेशनको महत्वपूर्ण सदस्य छ, जसको सदस्य चीन समेत हो । ती मुलुकसँग हाम्रो सहकार्य बढाउनुपर्ने र उनीहरूको अनुभवबाट सिक्नुपर्ने मेरो प्रस्ताव छ’ उनले भने । कन्फ्रेन्समा पाकिस्तानी स्वास्थ्यमन्त्री डा. जफर मिर्जाले संसारभर संक्रमणको डेढलाख भन्दा धेरै केस सार्वजनिक भएको बताउँदै भने, ‘सबै सदस्यराष्ट्रमा संक्रमण फैलिसकेको छ । हामी यसबाट जोगिनका लागि तयार रहनु आवश्यक छ ।’ प्रधानमन्त्री इमरान खान भने सम्मेलनमा सामेल थिएनन् ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने 
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने  बुधबार, चैत ११, २०८२
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा मंगलबार, चैत १०, २०८२
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक मंगलबार, चैत १०, २०८२
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न  प्रस्ताव
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव मंगलबार, चैत १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै मंगलबार, चैत १०, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक  बिहीबार बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्दै मंगलबार, चैत १०, २०८२
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP