Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यादेशमा विपक्षीसँग सहयोगको याचना
अध्यादेशमा विपक्षीसँग सहयोगको याचना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१
  • अध्यादेशको पक्षमा उभिन माओवादीलाई एमालेको आग्रह
  • अध्यादेशको पक्षमा नउभिने अडानमा माओवादी
  • सरकारले दर्ता गरेका छ वटा अध्यादेश संसद्मै अड्किए

काठमाडौं– संसद्मा सरकारले दर्ता गरेका अध्यादेश स्वीकृत हुने अनिश्चितता बढेको छ । राष्ट्रियसभामा बहुमत जुट्ने अंकगणित नहुँदा सरकारले अध्यादेश स्वीकृत गर्न प्रस्ताव नै पेस गरेको छैन । यसअघि बिहीबारको संसद् बैठकमा प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, गठबन्धनमै रहेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्ताका लागि बार्गेनिङ गरेपछि प्रस्ताव पेस नै भएन । 

यसले गर्दा सरकारलाई अध्यादेशको सकस छ । यस्तोमा शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई अध्यादेश स्वीकृत गराउन सहयोगका लागि सत्ता नेतृत्व दल नेकपा एमालेबाट आग्रह भएको छ । एमाले महासचिव शंकर पोखरेलले अध्यादेशलाई समर्थन गर्न आग्रह गरेको माओवादी उपमहासचिव वर्षमान पुनले बताए ।  

शनिबार माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताए । ‘अध्यादेशको समर्थनमा उभिएर सहयोग गर्नुप¥यो भनेर एमाले महासचिव शंकर पोखरेलले फोन गर्नुभएको थियो । मैले संसद् छलेर ल्याएको अध्यादेशको समर्थनमा माओवादी उभिँदैन भनिदिएँ,’ उनले अधिवेशनमा भने ।

सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको छ । यही १८ माघमा दुवै संसद्मा अध्यादेशहरू दर्ता भएका हुन् । अब यी अध्यादेश संसद्मा दर्ता भएको मितिले ६० दिनभित्र पारित गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

Hardik health

तर, राष्ट्रियसभामा अल्पमतमा रहेपछि सत्ता नेतृत्व दल एमालेले प्रमुख विपक्षी माओवादीको समर्थन खोजेको हो । प्रतिनिधिसभामा भने सत्तापक्षीय दलहरू कांग्रेस–एमालेको मात्रै पनि बहुमत छ । तर, राष्ट्रियसभामा छैन । त्यसको सीधा प्रभाव अध्यादेश स्वीकृतिमा परेको देखिएको छ । 

यसअघि बिहीबार संसद् बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले अध्यादेशलाई माओवादीले समर्थन गर्न नसक्ने बताएका थिए । उनले संसद्लाई छलेर शासन चलाउन सरकार उद्धत भएको भन्दै आलोचना गरेका थिए । तर, उनकै दल माओवादीसँगै एमालेले अध्यादेशका लागि याचना मागेका छन् । 

सरकारले ल्याएका छ वटा अध्यादेशमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदहरूले प्रतिनिधिसभामा ५१ र राष्ट्रियसभामा १६ अस्वीकार प्रस्ताव दर्ता गराएका छन् । तर, राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपालले अझैसम्म अनिर्णीत छ । शनिबार बस्ने भनिएको संसदीय दलको बैठक पनि बसेन । सोही बैठकबाट अध्यादेश स्वीकार गरेर सरकारलाई सहयोग गर्ने कि अस्वीकार गरेर विपक्षीको लाइनमा उभिने भन्ने निर्णय गर्ने भनिएको थियो । 

जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार हतार गरेर कुनै निर्णय नलिइने बताए । उनले सोच विचार गरेरमात्रै अध्यादेशबारे निर्णय लिने पक्षमा जसपा नेपाल रहेको बताए । राष्ट्रियसभामा सत्तारुढ गठबन्धनसँग बहुमत छैन । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश स्वीकार गर्न बहुमत ३० सांसदको साथ चाहिन्छ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत दुई र लोसपाका एक गरी २९ सांसद छन् ।

विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका आठ र राष्ट्रिय जनमोर्चाका एक गरी २६ सांसद छन् । निर्णायक रहेको जसपा नेपालका तीन जना सांसद छन् । जसपा नेपालले स्वीकार गर्ने निर्णय लिए अध्यादेशमा बहुमत पुग्ने छ । तर, अध्यादेश अस्वीकार गर्ने पक्षमा उभियो भने दुवैतिर समान २९–२९ सांसद हुने छन् । त्यस्तो अवस्थामा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मत दिनुपर्ने हुन्छ । माओवादी केन्द्रका दाहाल राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । त्यसैले उनले विपक्षमा मत दिने र अध्यादेश अस्वीकृत गर्न सक्ने टिप्पणी भइरहेको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP