Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन
राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१
  • सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराष्ट्रपति पुनलाई दियो उत्पादन विभागको जिम्मेवारी
  • २०७२ कात्तिक १३ गते उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनले पार्टी छाडेका थिए
  • दोस्रो कार्यकाल पनि उपराष्ट्रपति भएका उनी नौ वर्षपछि राजनीतिमा फर्किएका हुन्
  • दुईपटक राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा ‘कमब्याक’ भइ एमालेको नेतृत्व लिने कसरतमा

काठमाडौं– पूर्वराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुनले नेकपा माओवादी केन्द्रको उत्पादन विभाग प्रमुखको जिम्मेवारी पाएसँगै सक्रिय राजनीतिमा फर्किएका हुन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुँदै आएका उनको ‘कमब्याक’लाई माओवादीभित्रै विरोध भएको थियो । यद्यपि, उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले उत्पादन विभागको जिम्मेवारी दिएको हो ।

यसबारे नीतिगत निर्णय भए पनि अझै केही मिलाउन बाँकी रहेको माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । ‘विभागहरुको जिम्मेवारीको नीतिगत निर्णय भएको छ । प्राविधिक त्रुटि मिलाएर पछि सर्कुलर आउँछ,’ पार्टी प्रवक्तासमेत रहेका सापकोटाले भने ।माओवादीमा हाल ३५ विभाग छन् । यद्यपि पुनलाई जिम्मेवारी दिएको भनिएको उत्पादन विभाग भने छैन । यसकारण उनलाई अर्थ र उद्योग हेर्नेगरी जिम्मेवारी दिइनेसमेत बताइएको छ ।

२०७२ कात्तिक १३ गते उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनले पार्टी छाडेका थिए । यसपछि दोस्रो कार्यकाल पनि उपराष्ट्रपति भएका उनी नौ वर्षपछि राजनीतिमा फर्किएका हुन् । २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएका उनी पटक–पटक माओवादीको राजनीतिमा फर्किने चर्चा चलेको थियो । माओवादी पदाधिकारी बैठकमा उनको कमब्याकलाई लिएर प्रश्नसमेत उठेको थियो । जसकारण माओवादी अध्यक्ष दाहालले पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेको तर्क गर्थे । अध्यक्ष दाहालले पुनलाई उपाध्यक्ष बनाउने प्रयास गरे पनि विधानअनुसार नमिल्ने भएपछि अहिले विभाग प्रमुख बनाएको बताइएको छ ।

Hardik health

तीन इञ्चार्जको जिम्मेवारी खोसियो
माओवादी पदाधिकारी बैठकले मधेस प्रदेश, बागमती प्रदेश र सार्क समिति प्रदेशको इञ्चार्जको जिम्मेवारी खोसेको छ । मधेसबाट लिलामणि पोखरेल, बागमतीबाट अग्नि सापकोटा र सार्क प्रवासबाट पम्फा भुसालको जिम्मेवारी खोसिएको हो । माओवादी उपाध्यक्ष सापकोटाले भने महासचिवभन्दा माथिका पदाधिकारीले भुगोल नहेर्ने भनी निर्णय भएसँग अरु नेतालाई जिम्मेवारी दिएको बताए । मधेसमा पोखरेलको ठाउँमा मातृका यादव, बागमतीमा सापकोटाको ठाउँमा हितमान शाक्य र सार्कमा लक्ष्मण पन्तलाई जिम्मेवारी दिइएको छ ।

कोशीमा हरिबोल गजुरेल, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको जिम्मेवारी यथावत् राखिएको छ । त्यस्तै विशेष प्रदेश इञ्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामणि पोखरेल, प्रवास युरोप–अमेरिका इञ्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा तोकिएका छन् ।

दाहालको सचिवालय हेरफेर
माओवादी अध्यक्ष दाहालनिकट मानिने रमेश मल्ललाई स्वकीय सचिवबाट बिदाइ गरेर उनको ठाउँमा गोविन्द आचार्यलाई तानिएको छ । मल्ल लामो समयदेखि दाहालको सचिवालयमा थिए । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुँदै दाहाल प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।

२०७८ कात्तिकमा जोखवहादुर महरालाई विस्थापित गरेर दाहालको स्वकीय सचिव नियुक्त भएका सल्यानका मल्ललाई सक्रिय राजनीतिको जिम्मा दिने तयारी गरेको छ । यसअघि दाहालका निजी अंगरक्षक रहेका युवराज दुलाल अहिले बागमती प्रदेशमा दुईपटक प्रदेशसभा सदस्य निर्वाचित हुँदै मन्त्री भइसकेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीको पनि ‘कमब्याक’ प्रतीक्षा
दुईपटक राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी पनि नेकपा एमालेलाई नेतृत्व गर्ने कसरतमा छिन् । हिजोआज भण्डारी सक्रिय राजनीतिमा फर्कने विषय ट्रेन्डिङमै रहेको छ । उनको निवास भंगालमा एमाले नेता कार्यकर्ताको दैनिक भीड लाग्छ । 

एमालेका अधिकांश नेताहरु अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गुटबाट विस्तारै भण्डारी खेमामा प्रवेश गरिरहेका छन् । यसैले पनि गुटबन्दी नगरिदिन आग्रह गर्न ओली पुस १८ गते भंगाल पुगेका थिए । केन्द्रीय कमिटी बैठकअघि ओली भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए ।

भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कने तयारी थालेसँगै सचिवालयलाई सक्रिय बनाएकी छन् । एमालेमा नेतृत्व गर्ने अरु नेता नदेखिएसँगै ओली आफैंले पनि भण्डारीलाई नेतृत्वका लागि तयारी अवस्थामा रहन आग्रह गरेको बताइन्छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
एमाले सचिव राईद्वारा मनोनयन दर्ता
एमाले सचिव राईद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
सुनसरी १ बाट गराए  हर्कले मनोनयन दर्ता
सुनसरी १ बाट गराए हर्कले मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP