Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • विधेयकमाथि सैद्धान्तिक छलफल सुरू
विधेयकमाथि सैद्धान्तिक छलफल सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१

विराटनगर - कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा पेस हुँदा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित भएको थियो ।

मन्त्री कार्कीले खानेपानी तथा सरसफाइ प्रदेशको एकल अधिकारभित्र परेर पनि ऐनको अभावमा कार्यविधि र निर्देशिका बमोजिम काम भइरहेको थियो भन्दै खानेपाली तथा सरसफाइ आम नागरिकको मौलिक हकभित्र पर्ने भएकाले यसलाई व्यवस्थित गर्न ऐनको आवश्यकता परेको बताए ।

सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, कमला दर्नाल, शोभा चेम्जोङ र रमेश बस्नेतले पानीविना मानव जीवन र वनस्पति पनि बाँच्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्न ऐनको आवश्यकता छ भने । उनीहरूले यस ऐनको माध्यमबाट आमनागरिकलाई सर्वसुलभ तरिकाले स्वच्छ एवं सफा पानीमा पहुँच हुने भन्दै पानीको स्रोत र मुहानलाई पनि बचाउन यो ऐनले मद्दत गर्ने भने ।

उनीहरूले सुन्दा सामान्य विषय भए पनि अधिकांश रोग सफा पानी र सरसफाइको अभावमा हुने भएकाले यसतर्फ ऐन सक्रिय हुने भन्दै विधेयकले खानेपानी योजनाको निर्माण र सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउन सहयोगी बत्रेछ भने ।

Hardik health

    विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट सदस्य गणेश उप्रेतीले प्रदेश सरकार सदनप्रति उदासीन रहन नहुने बताए । उनले सभामा उठेका गम्भीर विषयमा मुख्यमन्त्रीले आफैँ जवाफ दिनुपर्ने र यसका लागि सभामुखले ‘रूलिङ’ गर्नुपर्ने माग गरे । 

उप्रेतीले ताप्लेजुङको पाथीभरामा सिर्जित समस्या राजनीतिक नभई पहिचानको विषय हो भने । उनले पाथीभराको विवाद सुल्झाउन सरकारले तत्काल सशस्त्र फौज हटाउनुपर्ने, केबलकार निर्माणको कार्य रोकिनुपर्ने र वार्ताबाट समस्या सामाधान गर्नुपर्ने जनाउँदै मोरङको रतुवा माई र सुनवर्षी क्षेत्र उत्पादनको क्षेत्र भएर पनि किसानले मल नपाएकामा चिन्ता व्यक्त गरे  ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको थुप्रै योजना सञ्चालित  क्षेत्रमा दलहन, तेलहन, धान, मकै, गहुँजस्ता धेरै बाली उत्पादन हुने भएकाले किसानको मागमा सरकार गम्भीर बत्रुपर्छ भने । उनले रतुवामाईकै सीमावर्ती क्षेत्रमा रहेका एक समुदायका ३५ घरपरिवारलाई विकल्पविना सरकारले बस्ती खाली गर्न भनेपछि समस्या उत्पत्र भएको जनाउँदै ती सुकुम्वासीलाई विकल्प दिएर मात्र बस्ती खाली गर्न सरकारलाई सुझाव दिए ।

विशेष समयमै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएका विवाद सुल्झाउन सरकारसँग माग गरे । उनले स्वदेशी ढाका कपडा प्रदेशसभा सदस्यहरूले अनिवार्य पोसाकका रूपमा लगाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गौम्बु शेर्पाले सोलुखुम्बुमा हालै भएका आगलागीका घटनामा पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। सदस्य मीना श्रेष्ठले स्वरोजगारका लागि सिटी सफारी राम्रो भए पनि यसबाट ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले यसलाई नियमन गर्न सरकारलाई सुझाव दिए ।

अर्का सदस्य खड्गबहादुर बस्नेतले सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा स–साना योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । सदस्य रानीदेवी महतोले विराटनगर–१४ स्थित खानेपानी योजना निर्माण भएको धेरै वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताए । प्रदेशसभाको अर्को बैठक माघ २७ गते बिहान ११ बजे बस्नेछ ।
 


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP