Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • मुक्कुम्लुङमा केबलकार विवाद संसद्मा
मुक्कुम्लुङमा केबलकार विवाद संसद्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
सोमबार, माघ २१, २०८१
  •  झापाबाट थप आठ जना आन्दोलनकारी पक्राउ
  • आज पनि अरुण–सभाखोला पूर्वका नौ जिल्लामा आमहड्ताल

काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माणको विवाद सदन प्रवेश भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा विपक्षी सांसदहरूले पालैपालो उक्त विवाद उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले पाथीभरामा केबलकार निर्माण सम्बन्धमा भएको घटनापछि आन्दोलनकारीबाट गरिएको बन्दको आह्वानले जनताको दैनिक प्रभावित भएको बताएका छन् । सो सम्बन्धमा उनले सरकारको ध्यानाकर्षण गराउँदै दुवै पक्षलाई बोलाएर वार्तामार्फत उचित निकासका लागि आग्रह गरे ।  

‘पाथीभरामा केबलकार निर्माण गर्नुहुँदैन भन्ने पक्ष अहिले आन्दोलित छ, आन्दोलनले जनजीवन प्रभावित भएको छ,’ उनले संसद् बैठकमा भने, ‘म निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैलाई वार्तामा ल्याएर निकास दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पाथीभरामा केबलकार निर्माण गर्नु हुँदैन भन्ने पक्ष अहिले आन्दोलित छ, आन्दोलनले जनजीवन प्रभावित भएको छ । म निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैलाई वार्तामा ल्याएर निकास दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
गोपीबहादुर सार्की अछामी 
सांसद, राष्ट्रिय सभा

Hardik health


शुक्रबार संसद् बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका सांसद अशोककुमार राई मुक्कुम्लुङमा प्रहरी दमन भएको भन्दै विरोध जनाएका थिए । उनले जनतालाई गोली ठोक्नु राज्य आतंक भन्दै सरकारको आलोचना गरेका थिए । सांसद राईले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन ढिला गर्न नहुनेमा पनि जोड दिएका थिए । ‘सरकारले मुक्कुम्लुङमा केबलकार निर्माणको क्रममा उत्पन्न विवादको वार्ताकै माध्यमबाट निरुपण गर्नुपर्छ, गोली हानेर होइन,’ उनले भनेका थिए, ‘तर, त्यहाँ राज्य आतंक देखियो । त्यो ठीक होइन ।’

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले पनि केबलकार निर्माणमा देखिएको विवाद समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए । कुनै एक व्यवसायीलाई पोस्ने नाममा हजारौं जनतालाई पीडित बनाउन नहुने उनको भनाइ थियो । यसअघि कोशी संसदमा भने अधिकांश सांसदले मुक्कुम्लुङमा केबलकार विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका थिए । यसपछि आन्दोलनरत पक्षले अरुण–सभाखोला पूर्वका नौ जिल्लामा आमहड्ताल आइतबारदेखि गरेको छ । आन्दोलनमै रहेको पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्रसुन्दर लावतीले सरकारले आन्दोलनलाई जति गम्भीरतापूर्वक लिँदैन, त्यति नै सशक्त आन्दोलन हुने बताएका छन् ।

तर, आन्दोलनको क्रममा आइतबार झापाको दमकबाट आठ जना आन्दोलनकारी पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा भने आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । त्यस क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता डिएसपी कृष्ण चन्दले बताए ।

आइतबार झापासँगै तराईका मोरङ, सुनसरी र पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम र धनकुटामा आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन पनि गरेका थिए । केबलकार निर्माण गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र सरकारविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनकै क्रममा यसअघि यही १२ माघमा आन्दोलनकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । त्यसपछि स्थिति थप तनावपूर्ण भएको हो । आन्दोलनकारीहरूले १३ माघदेखि एक साता मेची राजमार्ग र तमोर कोरिडोर क्षेत्रमा यातायात बन्द गरेको थियो । आइतबारदेखि भने नौ जिल्ला आमहड्ताल नै जारी राखेको छ ।

प्रा.डा. लावतीका अनुसार केबलकार निर्माण कार्य रोक्नुपर्ने, निर्माणस्थल काफ्लेपाटीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी हटाउनुपर्ने, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई हटाउनुपर्ने, गम्भीर घाइते र घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने र पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्छ । 

सरकारले मुक्कुम्लुङमा केबलकार निर्माणको क्रममा उत्पन्न विवादको वार्ताकै माध्यमबाट निरुपण गर्नुपर्छ, गोली हानेर होइन । तर, त्यहाँ राज्य आतंक देखियो । त्यो ठीक होइन ।
अशोककुमार राई
प्रतिनिधिसभा सदस्य


घटनाको उच्चस्तरीय न्यायिक छानबिन, व्यवसायी ढकालको केबलकार कम्पनीले घाइतेहरूलाई आजीवन निर्वाहको व्यवस्था गर्नुपर्ने पनि माग छ । तर, हालै एक अन्तर्वार्तामा ढकालले केबलकार निर्माणले मुक्कुम्लुङ क्षेत्रमा पर्यटन प्रबद्र्धन हुने र त्यसको लाभ ताप्लेजुङवासीले लिने बताएका थिए । त्यही भएर जिल्लामा हुने विकास निर्माणको विरोध गर्न नहुने उनको भनाइ थियो । यसपछि आन्दोलनकारी थप बिच्किएका छन् । उनी मुख्य सञ्चालक रहेको ग्लोबल आइएमई बैंकमा खाता बन्द अभियान आन्दोलनकारीहरूले थालेका छन् ।

तर केबलकार निर्माण कार्य जारी छ । केबलकार निर्माणका लागि प्रयास भने २०७३ सालमै भएको पाइएको छ । त्यसबेला सुवास सांघाईको त्रिवेणी केबलकार परियोजनाले मुक्कुम्लुङमा केबलकार निर्माणका लागि कदम चालेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त परियोजनाका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत ३१ जेठ २०७३ स्वीकृत गरेको पाइएको छ । तर, यती समूहले २०७५ सालमा त्रिवेणी केबलकार परियोजना विस्थापन गरिदिएको खुलेको छ । कारण, यतीका अध्यक्ष आङछिरिङ शेर्पा त्यसबेला प्रधानमन्त्री एवम् तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिए । सोही कारण समूहका तत्कालीन अध्यक्ष आङछिरिङका दाजु सोनामको नाममा रहेको पाथीभरादेवी दर्शन केबलकार प्रालिले केबलकार योजना सञ्चालनका लागि मौका पायो ।

१६ पुस २०७५ मा आइपुग्दा पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई पाथीभराको करिब ९८ रोपनी जंगल ३० वर्षका लागि दिने निर्णय ओली सरकारले गरेको पनि देखिएको छ ।त्यसअघि सोही वर्षको जेठमा केबलकार निर्माणका लागि अनुमति पाएको थियो । पछि पाथीभरा क्षेत्रको १० हजार २३१ वटा रुखबिरुवा काट्नसमेत कम्पनीले अनुमति पायो । अनि, २९ पुस २०७५ मा वन तथा भू–संरक्षण विभाग र पाथीभरा देवी दर्शन केबलकार प्रालिबीच २४ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरकर्ता कम्पनीका तर्फबाट सोनाम शेर्पा र वन विभागका तर्फबाट वन संरक्षण अधिकृत राकेश कर्णले गरेका थिए ।

सम्झौतामा दुई वर्षभित्र केबलकार निर्माण कार्य सक्नुपर्ने भनिएको थियो । नभए सम्झौता स्वतः रद्द हुने सर्त थियो । तर, सम्झौता भएको छ वर्ष पूरा भएको छ, सम्झौता रद्द भएन । बरु, सोनामले उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाललाई केबलकार परियाजना बिक्री गरे । हाल सुरक्षाकर्मीको सहारामा त्यहाँ केबलकार निर्माण भइरहेको छ ।

सरकारले बनायो वार्ता समिति
सरकारले मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार खारेजीको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयले आइतबार सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहने छन् । गृह प्रवक्ता रामचन्द्र तिवारीले वार्ता टोली गठनसँगै आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर संवादमार्फत समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।
 


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP