Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समितिमा कोरम नपुगेपछि ऊर्जामन्त्रीलाई ‘हाइसञ्चो’
समितिमा कोरम नपुगेपछि ऊर्जामन्त्रीलाई ‘हाइसञ्चो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १७, २०८१
  •  मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेपछि छलफलका लागि समितिले बैठक बोलाएको थियो
  • २५ सदस्यीय समितिमा गणपूरक संख्या पु¥याउन १४ जना सांसद चाहिन्छ तर बुधबारको बैठकमा जम्मा १२ जना सांसदमात्रै उपस्थित भए 
  • तर कांग्रेसमात्र नभएर प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुको

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काविरुद्ध परेको उजुरीबारे छलफलका लागि बुधबार बोलाइएको संसदीय समिति बैठक कांग्रेस सांसदहरुले ‘बंक’ गरेका छन् । पूर्वाधार विकास समितिले ऊर्जामन्त्रीविरुद्ध परेको उजुरीबारे छलफल गर्न बुधबार बिहान साढे ११ बैठक बोलाएको थियो ।तर मन्त्री आउँदा पनि

कांग्रेसका अधिकांश सांसद भने आइपुगेनन् । आएका सांसद पनि हाजिर गर्दै बाहिरिए । समिति सभापति दीपकबहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि दुई जना सांसद नपुगेपछि बैठक नै स्थगित गरिएको हो । कूल २५ सदस्यीय समितिमा गणपूरक संख्या पु¥याउन १४ जना सांसद चाहिन्छ । तर, बुधबारको बैठकमा जम्मा १२ जनामात्रै उपस्थित भए ।

बैठकमा ऊर्जामन्त्री खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ आमन्त्रित थिए । मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेपछि छलफलका लागि समितिले बैठक बोलाएको थियो । ऊर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङ भने बोलाएकै समयमा उपस्थित भएका थिए । तर, कांग्रेसमात्र नभएर प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुको उल्लेख्य उपस्थिति नभएपछि बैठक स्थगित भएको बताइन्छ । 

Hardik health

नेपाली कांग्रेसबाट आठ, नेकपा एमालेबाट सात, नेकपा माओवादी केन्द्रबाट तीन, राप्रपाबाट दुई, रास्वपाबाट दुई, नेकपा एकीकृत समाजवादी पार्टीबाट एक, नागरिक उन्मुक्ति पार्टीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना गरी यो समितिमा २५ जना सदस्य छन् । बैठकमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी भने पुगेका थिए । अरु सांसद नआइपुग्ने देखिएपछि उनीहरू हाजिर गरेर हिँडे ।
कांग्रेसका अन्य सांसदहरू खमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी, सीता गुरुङ बैठकमै पुगेनन् । प्रतिमा गौतम बुधबार नै सिन्धुली हिँडेकी थिइन् ।

शंकर भण्डारीले भने आफू जिल्लाबाहिर हुने भएकाले बैठकको समय परिवर्तन गर्न आग्रह गरेका थिए । त्यसैगरी कांग्रेसले बुधबारबाट सुरु गरेको नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय कार्यक्रममा सहभागी हुन पुग्दा बाँकी सांसद पनि आइपुगेनन् । सभापति सिंहका अनुसार सहिद दिवस पनि कांग्रेस सांसदहरु बैठकमा आइनपुग्नुको कारण बन्यो ।

यद्यपि अरु पार्टीका सांसदहरुको संख्या पनि कम थियो । बैठकमा नेकपा माओवादी केन्द्रबाट एक, नेपाली कांग्रेसबाट दुई, नेकपा एमालेबाट पाँच, राप्रपाबाट दुई, जसपाबाट एक जना सहभागी हुन पुगेका थिए ।नेकपा एमालेबाट ठाकुर गैरे, गोकर्ण विष्ट, प्रेमराज महर्जन, दयालबहादुर शाही र निर्मल कोइराला बैठकमा सहभागी हुन पुगेका थिए । माओवादी केन्द्रबाट माधव सापकोटामात्रै पुगेका थिए ।

राप्रपाबाट समितिमा प्रतिनिधित्व गर्ने दुईजना दीपकबहादुर सिंह र बिना लामा नै उपस्थित थिए । रास्वपाबाट प्रतिनिधित्व गर्ने दुई सांसद निशा डाँगी र शिव नेपाली दुवै उपस्थित भएनन् । एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश ज्वाला पनि बैठकमा पुगेनन् । स्थगित भएसँगै अब अर्को बैठक आगामी २४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP