Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • द्वन्द्व बढाउने केबलकार खारेज गर्न बेवास्ता 
द्वन्द्व बढाउने केबलकार खारेज गर्न बेवास्ता 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ १५, २०८१
  •  मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमदेखि ताप्लेजुङ जोड्न सडकमा यातायात बन्द आह्वान
  •  लगानीकर्ता चन्द्र ढकाल र रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश र अमिर मादेनलाई जिल्ला बाहिर जान निषेध घोषणा 
  •  प्रदेश सांसदहरू इन्द्र आङ्बो, मैया श्रेष्ठ लावती, प्रदीकुमार सुनुवार, खिनु लङ्वालगायतले राज्य आतंक र प्रहरी दमनको विरोध

काठमाडौं– ताप्लेजुङको मुन्धुमीस्थल मुक्कुम्लुङमा केबलकार निर्माण रोक्न माग गर्दै आएका स्थानीयमाथि प्रहरीले गोली चलाएपछि त्यसक्षेत्र अशान्त बनेको छ । प्रहरीले गोली चलाएको विरोधमा आन्दोलनरत पक्षले अनिश्चित्कालीन यातायात बन्द आह्वान भएको छ । मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजीका लागि संघर्षरत संघ संस्था र राजनीतिक दलहरूले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमदेखि ताप्लेजुङ प्रवेश गर्ने सडकहरूमा यातायात बन्द गरेका हुन् । 

बन्द आह्वान गर्नेमध्येका एक संस्था मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बूले बन्दका क्रममा एम्बुलेन्स, दूध बोक्ने गाडी र शववाहनबाहेक सबै सवारीसाधन चल्न नदिइने बताए । आन्दोलनरत पक्षको मुख्य माग मुक्कुम्लुङमा केबलकार निर्माण खारेजी हो । तर, केबलकार निर्माण कम्पनी सुन्ने पक्षमा छैन । 

स्थानीय प्रशासनले पनि आन्दोलनरत पक्षको मागलाई पूरापूर बेवास्ता गर्दै आएको देखिन्छ । उल्टै आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिएकोमा प्रशासनको चर्को आलोचना भइरहेको छ । प्रशासनले कडा सुरक्षा घेराबीच केबलकार निर्माणको काम गराउँदै आएको छ । यसविरुद्ध आन्दोलनरत पक्षले आज (माघ १५)देखि अनिश्चित्कालीन यातायात बन्द आह्वान गरेका हुन् । उनीहरूले केबलकारको लगानीकर्ता रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गरेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनुकटा, झापा, मोरङ र सुनसरीमा ढकाल सञ्चालक रहेको ग्लोबल आइएमई बैंकका शाखाहरू बन्द गर्ने कार्यक्रम पनि बन्द आह्वानकर्ताहरूको छ । उक्त बैंकको खाता बन्द गर्न पनि आह्वान गरिएको छ । 

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्लाबाहिर जान निधेष गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति खारेजीको माग भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग आन्दोलनरत पक्षको छ । उनीहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । मुक्कुम्लुङ संरक्षणप्रेमीहरूमाथि गोली नचलाउन, राज्य आतंक, प्रहरी दमन र ज्यादती बन्द गर्न, धर्ममा व्यापारीकरण बन्द गर्न र केबलकार निर्माण खारेज गर्न आन्दोलनमै रहेको संस्था किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको पनि राजीनामा माग गरेको छ । 

Hardik health

तर, सरकारले सुरक्षा व्यवस्था कडा पारेपछि निर्माण कम्पनीले केबलकार निर्माणको कार्यलाई झनै गति दिएको छ । ढकालको लगानी रहेको केबलकार निर्माण भने ठेकेदार इन्द्र केदेमको कम्पनी हिमालयन कन्स्ट्रक्सन प्रालिले गर्दै आएको छ । केदेमले केबलकारको स्टेसन प्वाइन्टमा धमाधम काम भइरहेको बताए । प्रभावसँग उनले भने, ‘राज्यको सहयोग हामीलाई छ । हामीले यहाँ धमाधम काम गरिरहेका छौं । कसैले रोक्न सक्दैन ।’

मुक्कुम्लुङमा केबलकार निर्माणका लागि राज्यशक्ति नै लागिपरेको अवस्था छ । लामो समयदेखि आदिवासी लिम्बू समुदायले आफ्नो मुन्धुमीस्थलमा केबलकार निर्माण योजनाको विरोध जनाउँदै आएको छ । जबकि, कुनै पनि विकास निर्माणको योजना सञ्चालनपूर्व स्थानीय सरोकारवाला पक्षसँग स्वतन्त्रपूर्वक पूर्वसूचित मञ्जुरीनामा गराउनुपर्छ । तर, त्यसविपरीत बल प्रयोग गरेर स्थानीय प्रशासन र निर्माण कम्पनी अघि बढेका छन् । शनिबार जिल्लाको फुङ्लिङ नगरपालिकाको वडा नम्बर १० र ११ को सीमामा पर्ने बलुडाँडामा सशस्त्र प्रहरी र आन्दोलनरत पक्षबीच तनाव भएको थियो । त्यसक्रममा आन्दोलनरत पक्षले ढुंगामुडा प्रहार गरेको भन्दै सशस्त्र प्रहरीले गोली चलाएको थियो । 

त्यसक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा गोली लागेर गम्भीर घाइते भए । उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार उपचारका लागि काठमाडौं ल्याइएका सगुनको छात्तीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको छ । दुवै जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । धर्मको भने कुमको हड्डी भाँचिएको छ । गोली लागेरै विशाल लिम्बू र ध्वजनारायण लिम्बू घाइते भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको लिम्बूले जानकारी दिए । उनका अनुसार दुई जनालाई प्रहरीले हिरासतमा राखेको छ ।  

मुक्कुम्लुङमा केबलकार खारेजीको माग गर्ने पक्षमाथि चर्को दमन भएपछि काठमाडौंसँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र धनकुटालगायत जिल्लामा आइतबार आन्दोलनरत पक्षले विरोध गर्दै प्रदर्शन गरेका थिए । आजदेखि भने अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन् । 
बलुडाँडा घटनाप्रति माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, कांग्रेस सांसदहरू मैया श्रेष्ठ लावती, प्रदीपकुमार सुनुवार, नेकपा एसकी सांसद खिनु लङ्वा लिम्बुलगायतले विरोध जनाउँदै राज्य आतंक बन्द गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समुदायको मागअनुसार विकास निर्माणका संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । तत्काल समस्या समाधानका लागि सरकार पक्षले तदारुकता देखाउनुपर्नेमा सुझाएका छन् ।  

कांग्रेसका पाँचथर सभापति रुपनारायण जबेगूले पनि शान्तिपूर्ण ढंगले समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । तर, स्थानीय प्रशासन आन्दोलनरत पक्षसँग वार्ता र सम्वादका लागि अनिच्छुक देखिएको छ । बरु, सशस्त्र प्रहरी पठाएर बलुडाँडामा आन्दोलनकारीहरू बस्ने घरहरूमा तोडफोड गराएको लिम्बूले बताए । उनले समीर लिम्बू, खगेन्द्र लिम्बू, ईश्वर लिम्बू, रमेश राई, एलिसा लिम्बू र राजन लिम्बूको घरको ढोका तोडफोड गरेको र घरधनीहरूलाई खेदाएको बताए । आइतबार भने केही घरका मान्छेहरू आएको र धेरै भने त्रासले नआउको उनको भनाइ छ । 

यही १५ पुसमा मुकुम्लुङ संरक्षण संघर्ष समितिको टोलीमा रहेका जनम इधिङ्गो, सुशील नुगो र सञ्जोग नुगोलाई केबलकार निर्माण गर्न ठेक्का पाएका ठेकेदार इन्द्र केदेम पक्षले कुटपिट गरेको थियो । उल्टै प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।केबलकार निर्माण आयोजनाको गत २३ कात्तिकमा मेसिन लगेर शिलान्यास गरिएको थियो । त्यसबेला पनि सरकार पक्षबाट बल प्रयोग भएको थियो । मजदुर अर्जुन लिम्बुमाथि ठेकेदार पक्षबाट खुकुरी प्रहार भएको थियो । त्यसबेला अर्जुन घाइते भए । तर, किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयले लिएन । जिल्ला अदालतले पनि मुद्दा दर्ता गर्न अस्वीकार गर्यो । हतियार प्रहार भएका अर्जुनले कर्तव्य ज्यान उद्योगसम्बन्धी जाहेरी दिएका थिए । यसपछि अर्जुन उजुरीका लागि उच्च अदालत इलाम आए । त्यहाँ भने दर्ता भएको छ । तर, अदालतले मुद्दामाथिको कारबाही थालेको छैन ।

यसअघि आन्दोलनकारीको दबाबपछि तल्लो फेदीबाट सशस्त्र प्रहरी हटेका थिए । यद्यपि, प्रहरी र सशस्त्र दुवै सुरक्षा निकायलाई लगेर पछिल्लोपटक सरकारले राखेको हो । यसलाई आन्दोलनकारीहरूले जबर्जस्ती केबलकार निर्माण गर्न सरकारी पक्ष अघि बढेको अर्थमा बुझेका छन् । नभन्दै ठूलो सुरक्षा घेराबीचमा केबलकारको स्टेशन निर्माण भइरहेको छ । आन्दोनलकारीहरूले भने पवित्र मुन्धुमीस्थलमा केबलकार बनाउनु अनुचित भन्दै आएका छन् । हुन पनि केबलकार निर्माण गर्दा त्यहाँ हजारौं रुख कटान भइसकेको छ, जसले पर्यावरणीय सन्तुलनमै खलल पुर्याउन सक्ने चिन्ता प्रकट भइरहेको छ । अर्कातिर हाल मुकुम्लुङका कारण करिब ८ सय परिवारले जीवन निर्वाह गर्दै आएका छन् । उनीहरूले असक्त र अपाङ्गता भएका लगायतलाई बोकेर मुकुम्लुङ पुर्याउँछन् । त्यसवापत निश्चित शुल्क लिन्छन् । त्यसले ठूलो परिवारलाई रोजगारी प्रदान गरेको छ ।

केबलकार निर्र्माण परियोजनाले तीनवटा स्थानीय तह प्रभावित हुन्छन् । फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिका हुन् । हालसम्म फुङलिङबाहेकका दुवै स्थानीय तहले केबलकार निर्माण लागि सहमति दिएका छैनन् । तर, पनि परियोजना निर्माण कार्य दमन गराएर भए पनि अघि बढाउने पक्षमा ठेकेदार कम्पनी देखिएको छ । यसविरुद्ध सोमबार अन्तरदलीय संघर्ष समितिले पनि विरोध जनाएको छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP