Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

काठमाडाैं -  तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि साँखु सहर अध्ययन गर्ने स्थल बन्यो । स्वदेशी एवं विदेशी पर्यटकका लागि ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको यो सहर दर्शनीयस्थलका रूपमा स्थापित भयो । 

विस्तारै यहाँका मौलिक घरका स्थानमा आधुनिक कङ्क्रिटका घर बन्न थाले । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेपछि साँखुको मौलिकतामा आधुनिक घर बन्ने क्रम अझै बढ्यो । विस्तारै साँखु सहरको मौलिकता गुम्ने खतरा बढ्न थाल्यो । शङ्खदेवले बनाएको सहरका आठ ढोकामध्ये अहिले पाँचवटा मात्र अस्तित्वमा छन् । 

कति पोखरी मासिए, यस्ता धेरै सम्पदा मासिन थालेपछि यहाँको मौलिकता हेर्न आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि कमी हुन थाल्यो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालीनदीमा लाग्ने श्रीस्वस्थानी माधवनारायण मेलामा लाखौँ धार्मिक पर्यटक आउने तर मौलिक सम्पदा सहरमा नजाने अवस्था आउन थालेपछि स्थानीय सरकार जुर्मुराएर शङ्खरापुर सक्व महोत्सव आयोजना गर्न कस्सियो । 

Hardik health

महोत्सवका बारेमा जानकारी दिन नरपालिकाले साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख रमेश नापितले काठमाडौँ उपत्यका जलमग्न हुँदा बस्ती बसिसकेको मौलिक सम्पदाले भरिपूर्ण सहर साँखुलाई विश्वभर परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। वार्षिक रूपमा शालीनदीमा ३० देखि ४० लाख पर्यटक आउने भएकाले तिनलाई मौलिक सहरको प्राचीन बस्ती पनि घुमाउने उद्देश्यले शालीनदी मेलाकै अवसर पारेर यही माघ १६ देखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको उनको भनाइ छ । 

बज्रयोगिनी, शालीनदी र प्राचीन बस्तीले युक्त साँखु सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख नापितलेबताए। नगरपालिका वडा नं ८ का वडाध्यक्ष पोते थिङ बज्रयोगिनी र मणिचुडलाई जोडेर यहाँ अर्को महोत्सव पनि वैशाखमा गर्नेगरी तयारी गरिएको बताए । यसअघि आर्थिक वर्ष २०७३÷७४ मा बज्रयोगिनी मणिचुड महोत्सव गरिएको उल्लेख गर्दै उनले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि फेरि महोत्सवको तयारी भइरहेको सुनाए । स्वदेशी एवं विदेशी पर्यटकलाई शङ्खरापुरमा रहेका प्राचीनकालका मठमन्दिर चिनाउन महोत्सव प्रभावकारी माध्यम हुने वडाध्यक्ष थिङको विश्वास छ ।

नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका अवसर पारेर शालीनदी पुग्ने तर साँखुको प्राचीन मौलिक सहर नचिन्नेका लागि महोत्सव वरदान सावित हुने बताए । नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ शालीनदीमा प्रत्येक वर्ष आउने धार्मिक पर्यटक बढ्ने तर प्राचीन सहरमा पर्यटक नपुग्ने अवस्थाको अन्त्यका लागि महोत्सव आयोजना गरिएको बताए । 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP