Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #पुस्तकालय दिवस
  • #‘बाल
  • #युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य'
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

काठमाडौं -  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गरेका छन्  ।संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताए । सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गरे । 

पूर्व राष्ट्रपति डा यादवसँगको कुराकानीको पूर्ण विवरण यस प्रकार छः

“आज संविधान दिवस । हामी सबै नेपालीहरुका लागि आजको दिन ऐतिहासिक दिन हो । यो संविधान, हामीले दुई–दुईपटक भएको संविधानसभाको निर्वाचनबाट ल्यायौँ । यो संविधानको पृष्ठभूमिबारे मैले सधैँ भन्दै आएको छु, यो नेपाली जनताको ८०÷९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो ।

Hardik health

यो संविधान संस्थागत रुपमा विभिन्न राजनीतिक पार्टीहरुले २००७, २०४६ साल र २०६२÷६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो । त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो । त्यसपछि यो संविधान पाएका हौँ ।यो संविधान धेरै कष्ट, बलिदान र ठूलो सङ्घर्षले ल्याएका हौँ । नेपालको सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको छ । यो संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरु पनि भएका छन् । त्यसलाई समयक्रममा संशोधन गरेर लैजानुपर्छ । वास्तवमा राजनीतिक दलहरु संविधान र लोकतन्त्रका खम्बा हुन् ।

अहिले नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित जुन आन्दोलन गर्नुभयो, त्यसले सुन्दर र स्वस्थ्य नेपाल बनाउने, रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो होस् भन्ने देखिन्छ । उहाँहरुको आन्दोलन सही थियो । तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न सकेन । युवाहरुले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो । त्यसको जति आलोचना गरे पनि कमै हुन्छ । आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरु पसे । विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो । देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो । यस्तो काम अराजक तत्वले मात्र गर्न सक्छ । राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन । बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ । तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हँुदैन । हामी सबै मिलेर अगाडि बढौँ ।

यस आन्दोलनका क्रममा भएका जघन्य अपराधहरुको न्यायिक जाँचबुझ गरेर कानुनसम्मत कारबाही हुनुपर्छ । जहाँसम्म अब कसरी अघि बढ्ने भन्ने कुरा छ, स्वच्छ छवि भएका पूर्वप्रधानन्यायाधीश (न्यायमूर्ति) सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निकास दिनुभएको छ । सोही अनुसार हामीले यही संविधानलाई आधार मानेर आगामी दिनमा राजनीतिक दलहरुले र नयाँ पुस्ताले आफ्नो दल बनाउन पाउँछ । त्यसका लागि सबैले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आउन पाउँछ ।

 ‘फ्रेस म्यान्डेट’ लिएर आएर यही सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रुपमा संशोधन गरेर अघि बढेर यो संविधानलाई बचाउनुपर्छ । वास्तवमा यो संविधान लोकतान्त्रिक र गणतान्त्रिक छ । सङ्घीयता आफैँमा समावेशी छ, यो धर्मनिरपेक्षतासहितको छ । यसलाई कसरी हामीले समयसापेक्ष  राष्ट्रको एकतालार्ई मजबुद गर्दै र देशलाई सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ प्रतिनिधिले  भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएका हुन् । यही संविधानमार्फत हामीले अबका दिनमा बाटो कोर्नुपर्छ ।

अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन । लोकतन्त्रमा जनताको अधिकार जनतामा छ । जनता यो देशको मालिक हो । संविधानले सार्वभौमसत्ता, राजकीयसत्ता र शासन सत्ता जनतामा निहित राखेको छ । यसै मार्फत भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु ।”


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट बिहीबार, साउन २८, २०८३
टिपर दुर्घटनामा एक जनाको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु बिहीबार, साउन २८, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै बिहीबार, साउन २८, २०८३
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना बिहीबार, साउन २८, २०८३
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै बिहीबार, साउन २८, २०८३
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला बिहीबार, साउन २८, २०८३
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP