Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #पुस्तकालय दिवस
  • #‘बाल
  • #युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य'
Search Here
समाचार
  • Home
  • समाचार
  • संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

भोजपुर -  गणतन्त्र स्थापनापछि जारी भएको संविधान २०७२ ले देशलाई सङ्घीयता संरचनामा लैजाँदा भोजपुरको विकासमा उल्लेखनीय गति आएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालनमा आएपछि जनताको हक र अधिकार सुनिश्चितासँगै जिल्लामा नमूनायोग्य विकासको थालनी भएको छ ।

संविधानले अवलम्बन गरेको सङ्घीय ढाँचाअनुसार भोजपुरमा हाल दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय सरकार सञ्चालनमा छन् । यी तहहरूको आपसी साझेदारी र समन्वयमा जिल्लाका ग्रामिण बस्तीहरूसम्म सडक सञ्जाल विस्तार हुनाका साथै योजनाबद्ध पूर्वाधार विकासले तीव्रता पाएको देखिन्छ ।

सङ्घीयता कार्यान्वयन हुनुअघि सम्म भोजपुरमा जम्मा चारवटा मात्र पक्की पुल थिए भने २०७५ सालमा पूर्वाधार विकास कार्यालय स्थापना भइसकेपछि १३ वटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् । थप दुईवटा पक्की पुल र एकवटा सडक निर्माण तयारी रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार जिल्लामा झन्डै १०५ किलोमिटर कालोपत्र सडक निर्माणाधीन छभने दर्जनौँ सडक स्तरोन्नति भइसकेका छन् । सङ्घीयताता लागू भएपछि विशेषगरी सडक र पुल निर्माणका कामहरू तीव्र गतिमा अघि बढेका छन् ।

गत आर्थिक वर्षमा मात्रै पाँचवटा पुलमध्ये चारवटा पक्की र एकवटा झोलुङ्गे पुल निर्माणसम्पन्न भएका छन् । कोशी प्रदेश सरकारको लगानीमा अरुण नदीको लम्सुवाघाटमा तीनपाङ्ग्रे सवारीसाधन गुड्न सक्ने पुल निर्माणसम्पन्न भइसकेको छ । हालसम्म भोजपुरमा १७ वटा झोलुङ्गे पुल सञ्चालनमा आइसकेका छन् । प्रदेश सरकार मातहतका मुख्य बहुवर्षीय आयोजनाहरुमा भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार २० किलोमिटर दुई प्याकेज सडक, षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो २० किलोमिटर सडक, भोजपुर दिंला भोजपुर तीनतले खण्ड १७ दशमलव पाँच किलोमिटर सडक, भोजपुर दिङ्ला तीनतले दिङ्ला १६ किलोमिटर सडक र ५२ दशमलव ६ मिटर लम्बाइको तामुटार मोटरेबल पुल ठूला निर्माणाधीन हुन् । 

Hardik health

अर्बाैं लगानीमा निर्माण भइरहेका यी योजनासम्पन्न भएपछि भोजपुरको विकासले फड्को मार्नेछ । भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार सडक पहिलो प्याकेजको काम रु २८ करोड ७० लाख ४८ हजार ८१४ र यही सडकको दोस्रो खण्डको काम रु २५ करोड ६९ लाख ३० हजारमा कालोपत्र गर्नेगरी निर्माण भइरहेका छन् । 


त्यस्तै भोजपुर दिंला तीनतले पहिलो खण्ड रु ५८ करोड ४० लाख १५ हजार ५६१ र दोस्रो खण्ड भोजपुर दिङ्ला तीनतले दिङ्ला सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनभयो । तामुटार मोटरेबल पुल रु ६३ करोड ३५ लाख दुई हजार ५२६ र षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो सडक रु ५१ करोड ६२ लाख लागतमा निर्माण भइरहेको छ । 

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र रु १६ करोड ९२ लाख लागतमा निर्माणसम्पन्न भएर सञ्चालनमा आएको छ । यो कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । देशमा नयाँ संविधान जारी भएर अधिकारहरु पत्यायोजन गरिएपछि जनताले महसुस गर्ने खालको विकास भइरहेको यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीलेबताए । जनताको दैनिक जनजीवनसँगै जिल्लाको विकासले गति लिएको उनकाे भनाइ छ । स्थानीय तहमा जनशक्ति व्यवस्थापनमा भने राज्यले ध्यान दिनुपर्ने रेग्मीलेबताए । स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार रहेकोले शैक्षिक क्षेत्रको सुधारमा सहजता भएको उनकाे भनाइ छ । 

संविधानको मर्मअनुसार देश सङ्घीयता संरचनामा गएपछि भोजपुरमा विकासले गति लिएको छ । सडक विस्तारसँगै आवश्यक पूर्वाधारका संरचना निर्माण भएपछि ग्रामीण क्षेत्रमा आर्थिक उन्नतिको पाटोसमेत मजबुत बनेको स्थानीयवासी बताउँछन् । जनताले विकासको अनुभूति गर्न पाएका छन् । सानो कामका लागि काठमाडौँ जानुपर्ने अवस्थाबाट मुक्त भएर घरदैलोको सरकारबाट सेवा लिने अवस्था रहेकामा उनीहरु खुसी देखिन्छन् ।

भोजपुरमा खानेपानीको समस्या समाधानका लागि विभिन्न ठूला खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । यहाँ साना ठूला तथा नयाँ पुराना गरी करिब १२९ ओटा खानेपानीको योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरलेबताए ।  भोजपुर नगरपालिका–७ कोदारमा रहेको अन्तरराष्ट्रियस्तरको भोजपुर रङ्गशाला निर्माण गरिएको छ ।  यो रङ्गशाला कोशी प्रदेश सरकारको करिब रु १४ करोड पाँच लाख लागतमा निर्माण गरिएको हो । रङ्गशालामा करिब पाँच हजार दर्शक क्षमताको छ । 

भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको अवस्थामा गणतन्त्र स्थापनापश्चात् भोजपुरको विकासले गति लिएको समाजसेवी गणेश श्रेष्ठलेबताए । देश सङ्घीयता संचरनामा गएपछि भोजपुरमा विकासले गतिलिएको उनकाे भनाइ छ । स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भइरहेको श्रेष्ठलेबताए । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयवासीले महसुस गर्ने खालको विकास भएको उनकाे भनाइ छ ।

संविधान जारी भएसँगै नयाँ संरचना बनेपछि यहाँ नमूनायोग्य विकास भएका छ । ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ । विकासले गति लिए पनि सङ्घीयताताको महत्व र आवश्यकताको विषयमा भने जनतालाई बुझाउन आवश्यकता छ । स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ । विस्तार भएका सडकलाई क्रमागत रुपमा स्तरोउन्नति गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । 


स्थानीय सरकारले पनि भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमा समेत नमूनायोग्य कामहरु गरिरहेका छन् । सीमित स्रोतको अधिकतम् सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्वका योजनाहरुको थालनी गरेको अवस्था छ । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो स्रोत, प्रदेश तथा सङ्घ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ–अधेँरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो सडक कालोपत्रको काम बर्सेनि भइरहेको छ । 

सुक्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक रु १८ करोडसम्म भित्रने गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । कृषकलाई दुग्ध उत्पादनसँग जोड्न गत आर्थिक वर्षमा करिब २०० वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम अघि सारेको उनको भनाइ छ । स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासका लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, केन्द्र सरकार, स्विस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् । यो पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनाबद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

 यहाँको रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईलेबताए । हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माणका लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब रु तीन करोड हाराहारी लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलेबताए । क्रमागत रुपमा यो पदमार्गको विकास तथा विस्तारको काम भइरहेको उनकाे भनाइ छ । 

 संविधान जारी भएको दस वर्षको अवधिमा भोजपुरको विकासमा नयाँ आयाम थपिएको भोजपुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा अधिवक्ता उत्तमसिंह राईले बताए । यो पछिल्लो अवधिमा भोजपुरले चमत्कारिक उपलब्धि हासिल गरेको उनकाे भनाइ छ । विद्युतीकरणमा पनि जिल्लाले गति लिएको उनकाे भनाइ छ । स्थानीय तहमा प्रशासनिक भवनसँगै वडास्तरमा समेत आवश्यक संरचना निर्माण भएको उनले बताए । गाउँका दूरदराजसम्म देखिने र महसुस गर्न सक्ने विकास रहेको उनकाे भनाइ छ । सङ्घीयता लागू भएपछि स्थानीय तहको स्थापनासँगै जनताले आफ्नै घरदैलोबाट सेवा पाउन थालेका छन् । सङ्घीयताले जनतामा सुशासनसँगै सहज र सरल अभ्यासको थालनी भएको महसुस हुन थालेको छ । 

- युवराज विष्ट / रासस


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २०:१२
#भोजपुर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट बिहीबार, साउन २८, २०८३
टिपर दुर्घटनामा एक जनाको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु बिहीबार, साउन २८, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै बिहीबार, साउन २८, २०८३
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना बिहीबार, साउन २८, २०८३
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै बिहीबार, साउन २८, २०८३
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला बिहीबार, साउन २८, २०८३
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP