Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #पुस्तकालय दिवस
  • #‘बाल
  • #युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य'
Search Here
समाचार
  • Home
  • समाचार
  • तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

दोधारा चाँदनी - बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान भएको छ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर जोगबुढा नदी र महाकाली नदीको चपेटामा पर्दै आएको छ । 

दक्षिणमा भारतसँग सीमाना जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको दोधारा–चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार महाकाली नदीले अहिले पनि कुतियाकवरको खेतीयोग्य जग्गामा कटान भइरहेको छ । 

“महाकाली नदी र जोगबुढा नदी दुवैले कुतियाकवरको डेढ बिघा जग्गा कटान गरिसकेको छ”, वडाध्यक्ष सिंहले भने, “उक्त स्थानमा ७०० मिटर तटबन्ध बनाउन बहुवर्षीय ठेक्का लागे पनि नदीमा पानी बढेका कारण तटबन्ध निर्माण हुन सकेन ।” स्थानीयका अनुसार नदीको निरन्तरको कटानले कुतियाकवरमा आठ परिवारको जग्गा कटान भएको छ । 

Hardik health

“बाढीले दैनिक जमिन नदीमा समाहित भइरहेको छ”, स्थानीय खडक बुढाले भने, “बाढी आउनेबित्तिक्कै कटान सुरु हुन्छ ।” उहाँका अनुसार महाकाली नदी घरसम्म पुग्न अब ५० मिटर मात्रै बाँकी छ । स्थानीय नैनसिंह सुनारको घर जोखिममा परेको छ । आठ परिवारको खेतीयोग्य जग्गासमेत बगरमा परिणत भएको उनले बताए । जोगबुढा र महाकाली नदी दुवैको कटानले बस्ती साँघुरिँदै गएको छ ।
 
स्थानीयले बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनार बताउनुहुन्छ । डुबान र कटानकै कारण यहाँबाट धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसकेका छन् । “बाढीले कटान गरेपछि महाकाली नदी बस्ती छेउमा पुगिसकको छ सरकारले यहाँ तटबन्ध निर्माण गर्न नसक्दा बस्ती साँघुरिँदै गएको छ”, उनले भने, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ, बस्ती नै नदीमा समाहित हुने चिन्ता छ ।” 

विसं २०२२ देखि बसोबास रहेको यो बस्तीमा १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदीको बाढी बस्ती पस्न थालेपछि यहाँबाट १०० घरपरिवार विस्थापित भएका छन् ।  बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माणको काम सुरु गरेको थियो । तर ढिलोगरी ठेक्का सुरु भएको र नदीमा पानीको मात्रा बढेपछि निर्माण व्यवसायीले काम गर्न नसक्दा निर्माण कार्यले पूर्णता पाउन सकेन । तटबन्ध निर्माणका लागि कार्यालयले २०८१ चैत २५ गते रु पाँच करोड १६ लाखमा  शंकर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।  


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट
सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिट बिहीबार, साउन २८, २०८३
टिपर दुर्घटनामा एक जनाको मृत्यु
टिपर दुर्घटनामा एक जनाको मृत्यु बिहीबार, साउन २८, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै बिहीबार, साउन २८, २०८३
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना बिहीबार, साउन २८, २०८३
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै बिहीबार, साउन २८, २०८३
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला बिहीबार, साउन २८, २०८३
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ
पत्रकारितामा एआईको प्रयोग नगर्ने पत्रकार पेशाबाट पलायन हुन्छन् : एआई विज्ञ डा तामाङ बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP