Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • मुक्कुम्लुङमा फेरि झडप, स्थानीय र प्रहरी दुर्वतर्फ घाइते
मुक्कुम्लुङमा फेरि झडप, स्थानीय र प्रहरी दुर्वतर्फ घाइते
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१
  • मुक्कुम्लुङ क्षेत्रमा केबलकार आयोजना सुरु भएको विरोधमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले आइतबार शान्तिपूर्ण विरोधको तयारी गरेको थियो
  •  मुक्कुम्लुङ क्षेत्रकै बलुडाँडामा भेला भएकालाई प्रहरीले धरपकड सुरु गरेपछि झडपको स्थिति सिर्जना
  • प्रहरीले अश्रुग्यास हुँदै रबरको गोली चलाउँदा दुई जना घाइते भएको संघर्ष समितिको दाबी, प्रहरीतर्फ तीन जना घाइते भएको दाबी

काठमाडौं– स्थानीयको विरोधलाई बेवास्ता गर्दै केबलकार निर्माण अगाडि बढाएपछि ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्र फेरि तनावग्रस्त बनेको छ । शनिबार प्रहरी र केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीयबीच झडप भएको छ । प्रहरीले स्थानीयमाथि रबरको गोली चलाएको छ । दिउँसो ४ बजे प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते भएको स्थानीयले पुष्टि गरेका छन् ।  

‘सुमन लावती र धर्मन पालुङ्वा गोली लागी घाइते हुनुभएको छ । अरु कतिलाई गोली लाग्यो, को कहाँ पुगे अरु खबर आउन सकेको छैन,’ किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले प्रभावसँग भनिन् ।
स्थानीयको विरोधकाबीच ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार आयोजना सुरु भएको छ । यही कदमको विरोधमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले आइतबार शान्तिपूर्ण विरोधको तयारी गरेको थियो । विरोध कार्यक्रमका लागि बलुडाँडामा भेला भएका युवाहरुलाई प्रहरीले धरपकड गरेपछि झडपसमेत भएको समितिका श्रीप्रसाद लिम्बूले बताए । 

‘प्रहरीले ज्यादती गरेपछि बलुडाँडामा दोहोरो भिडन्त भयो । कुम छेउमा एक जनालाई गोली लागेको छ,’ लिम्बूले भने । प्रहरीले ७० वर्षीय वृद्ध केन्द्रसिङ फुरुम्बो, जितबहादुर केदेम, दीपेश मादेन, जीवन वनेम, शसिहाङ पोमु, लक लिम्बू, राजन लिम्बूलगायतलाई कुटपिट गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम याक्तेनले बताए । 

प्रहरीले भने हतियार राखेको सूचनाको आधारमा बलुडाँडा पुग्दा संघर्षरत पक्षले रोक्न खोजेपछि चार सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले आन्दोलनकारीको साथबाट तीन थान खुकुरी र एक थान गुलेली बरामद गरेको बताइन् । स्थानीयसँग झडपमा परी तीन जना प्रहरी घाइते भएको खड्काले बताइन् । सशस्त्र प्रहरी सहायक निरीक्षक सोमदेव यादव, सहायक हवल्दार टीकाराम खवास र जवान सञ्जीव बस्नेत झडपमा परी घाइते भएको प्रहरीको दाबी छ ।

Hardik health

‘घाइते लिन आएका एम्बुलेन्स रोकिए’
सरकारी पक्षबाट घाइते लिन आएको एम्बुलेन्सममेत रोकेर चरम दमन गरेको आन्दोलनरत पक्षले दाबी गरेको छ । ‘एम्बुलेन्सलाई पनि सुकेटारबाट माथि जान दिइएको छैन । नाजुक अवस्था छ । एम्बुलेन्स पनि रोकेको छ । धरपकड जारी छ,’ महासचिव तुम्बापोले भनिन् । यस्तो विषयमा अधिकारकर्मीले साथ दिनुपर्नेसमेत उनले माग राखिन् ।

यस प्रकारको कदमको आफूहरुले प्रतिरोध गर्ने उनको भनाइ छ । ‘हामी निरन्तर विरोधमा छौं । केबलकार बनाउन हुन्न । हामी यसको विरोधमा लागिरहन्छौ,’ तुम्बापोले भनिन् । मन्दिर क्षेत्रमा गोली चल्नु आफैंमा राज्यमाथि प्रश्न चिह्न उठ्ने घटना भएको संघर्षरत पक्षधरको भनाइ छ ।गत कात्तिक २३ गते उक्त क्षेत्रमा केबलकार बनाउन भन्दै शिलान्यासका लागि फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन जबरजस्ती अघि बढेपछि झपड भएको थियो । शिलान्यास हुनै लाग्दा स्थानीयको अवरोधपछि ढुंगा हानाहान र प्रहरीको झडपमा परी छ जना घाइते भएका थिए ।

मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणको जिम्मा पाथीभरा दर्शन केवलकार प्रालिले पाएको छ । त्यसमा ठूलो लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । केबलकार परियोजना निर्माणको जिम्मा भने स्थानीयस्तरमा पाथीभरा केवलकार दर्शन प्रालिका पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले पाएका हुन् । परियोजनाको साझेदार व्यवसायी इन्द्र केदेम लिम्बू पनि छन् । 

कम्पनीले मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणका लागि ९० हजार रोपनी जग्गा ९० लाख रुपैयाँमा खरिद गरेको छ । मुक्कुम्लुङ मुलुकको पूर्वी क्षेत्रको सर्वाधिक महŒवपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । त्यही भएर यहाँको मौलिकता जोगाउन भए पनि केवलकार निर्माण गर्न नहुने केवलकार खारेजी संघर्ष समितिको माग छ । समितिले जबरजस्त केवलकार निर्माण गरिए हिंसा निम्तिने चेतावनी पटक–पटक दिँदै आएको छ । समितिमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीसँगै लिम्बूवान क्रान्तिकारी, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा वैज्ञानिक समाजवादी पार्टी आबद्ध छन् । 

यी दलहरूले जग्गा खरिद बिक्रीमा अनियमितता गरेको र व्यापारिक संस्थाको उक्साहटमा सरकारले पाथीभराको क्षेत्र विस्तार गरेको आरोप लगाएका छन् । त्यही भएर केही पहिचान पक्षधर दल र संस्था लगातार आन्दोलनमा छन् । केवलकार दुई अर्ब ५५ करोड रुपैयाँ लगानीमा निर्माण हुने भनिएको छ । नदेखिनेगरी यती समूहको पनि यहाँ लगानी रहेको बुझिएको छ । १५ फागुन २०७५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती होल्डिङ्का तत्कालीन अध्यक्ष रहेका पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत यस क्षेत्रमा केवलकार सञ्चालनको सम्भावनाबारे अवलोकन गर्न पुगेका थिए । तर, फर्किएर काठमाडौं आउने क्रममा उनीहरूको हेलिकोप्टर दुर्घटनामा परी निधन भयो । 

यसपछि केवलकार निर्माण परियोजना सञ्चालनमा ढिलाइ भएको थियो । तर, यतिबेला भने परियोजना निर्माणको कामले गति लिएको छ । यहीबेला पहिचान पक्षधरहरूले अवरोध सिर्जना गरेका छन् । यसप्रति असन्तुष्ट निर्माण व्यवसायीहरूले जिल्लामा ‘गेम चेञ्जर’जस्तै आयोजना निर्माणको वातावरण बनाउन स्थानीय प्रशासनले असहयोग गरेको आरोप लगाउँदै आएका थिए ।


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP