Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कुल राउत
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कुल राउत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, माघ १२, २०८१

चौतारा- कांग्रेसनिकट नेपाल भूतपूर्व सैनिक संघ, सिन्धुपाल्चोकको अध्यक्षमा कुलबहादुर राउत चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनले राउतको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।  

अधिवेशनले सचिवमा ज्ञानेन्द्र सिग्देल, कोषाध्यक्षमा जलप्रसाद लम्साल चयन गरेको छ । यसै गरी रमेश राउत, कृष्ण अधिकारी, प्रकाश तामाङ, डिल्लीप्रसाद भट्टराई, सुदर्शन कार्की, कृष्ण तामाङ, खिलबहादुर तामाङ, गणेशबहादुर तामाङ, केदार चालिसे, श्रीध्वज लामा, होमबहादुर कार्की र सागर तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत तुलसीप्रसाद दङ्गलले बताए ।

त्यस्तै बागमती प्रदेश प्रतिनिधिमा बुद्धिबहादुर तामाङ, शेरबहादुर तामाङ, फटकबहादुर कार्की, रमेश राउत, प्रकाश तामाङ र लिलाबहादुर तामाङ चुनिए । संघीय प्रतिनिधितर्फ भने मनिलोचन न्यौपाने, भुपेन्द्र थापा, बोधविक्रम पण्डित, गोपाल जिरेल, श्रीध्वज लामा चयन भएका छन् ।

कार्यक्रममा बागमती कांग्रेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले निवृत्त भएर बसेका भूतपूर्व सैनिकहरुलाई संगठित गर्न सकेमा पार्टीको संगठन बढ्ने र बलियो हुने बताए । श्रेष्ठले सिन्धुपाल्चोकमा केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न नसकेकोमा दुख व्यक्त गरे । सहमहामन्त्री श्रेष्ठले जिल्लाका नेताहरू लाई एक आपसमा रचनात्मक सहयोग गरि अघि बढ्न अनुरोध गरे।

Hardik health

यता भूतपूर्व सैनिक संघका विभागीय सदस्य एवम् लमजुङका पूर्व जिल्ला सभापति गर्जबहादुर गुरुङले पार्टीको विपि अध्ययन केन्द्र ऐतिहासिक बनेको देख्दा आफूलाई साह्रै खुशी लागेको बताए । भूतपूर्व सैनिक संघ सेनाहरुको साझा चौतारी भएको उनले बताए ।

यता जिल्ला सभापति जंगबहादुर लामाले पार्टीको भवन बन्दा पनि भातृ संस्थाले आफ्नो कार्यालयमा साइन बोर्ड झुन्डाउन नमानेकोमा आपत्ति जनाए । सैनिक संघसंग जति खेर पनि सहयोग समन्वय गरि जाने प्रतिबद्दता जनाउदै लामाले सैनिक साथीहरूको सक्रियता अनुसार पार्टीमा उचित स्थान दिने वचन बताए ।

सैनिक साथीहरूलाई भोट र नोट हैन जिम्मेवारी दिएर अघि बढाउन पनि उनले अनुरोध गरे ।
कांग्रेस महासमिति सदस्य एवं गाउँपालिका महासंघका पूर्वमहासचिव बंशलाल तामाङले भुपु सैनिक संघले आफ्नो अधिवेशन समयमै गरेकोमा खुसी व्यक्त गरे । भुपु सैनिकहरुले जीवनको अत्यन्तै उर्वरा समय देश र जनतामा खर्चिएको र बाँकी समय लोकतन्त्रको पक्षमा समय दिनु प्रशंसनीय कार्य भएको तामाङको भनाई थियो ।

त्यस्तै महासमिति सदस्य शिव सुनारले सैनिक संघ विधिवत रुपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । देश र जनताको लागि जीवन को अमुल्य रगत र पसिना बगाएकोमा सैनिकलाई उच्च सम्मान व्यक्त गर्दै चेन अफ कमान्ड सम्हालेका सैनिक साथीहरुले पार्टीलाई मार्गनिर्देशन र घचघचाई पार्टीलाई सहि दिशामा दोहोराउन मद्दत पुग्ने बताए।

कांग्रेस जिल्ला सचिवसमेत रहेका त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले प्रथम अधिवेशनबाट भावनात्मक एकताको सन्देश दिने प्रयास गरेको बताउँदै सैनिकहरु लामो समय सम्म अनुशासनमा बसेर चेन अफ कमाण्ड सम्हालेकाले पार्टीलाई पनि अनुशासनमा बस्न सिकाउनु पर्ने बताए ।

पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिलबहादुर तामाङले पार्टीमा भुपु सैनिक साथीहरुको महत्त्वपूर्ण भूमिका रहने बताए । अधिवेशनकै अवसरमा क्षेत्र नम्बर १ सभापति बालकृष्ण बस्नेतलाई जिल्ला सभापति जंगबहादुर लामाले नयाँ तथा पुरानो कृयाशिल सदस्य फारम पनि बुझाएका थिए ।
इन्द्रावती गाउँपालिका भूतपूर्व सैनिक संघका अध्यक्ष लिलाबहादुर तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम मणिलोचन न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP