Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘वैदेशिक रोजगार क्षेत्रको शुद्धीकरण आवश्यक’
‘वैदेशिक रोजगार क्षेत्रको शुद्धीकरण आवश्यक’
विविशा पौडेल
विविशा पौडेल बुधबार, माघ ९, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । यसका लागि वैदेशिक रोजगार व्यवसायकै शुद्धीकरण आवश्यक रहेको उनले बताए ।

‘वैदेशिक रोजगार व्यवसायको मर्यादा राख्न यस क्षेत्रबाट हुने काम मर्यादित हुनुपर्छ,’ मंगलबार वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको कानुनी/नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘यो व्यवसायको शुद्धीकरण आवश्यक छ ।’ अमर्यादित हिसाबले काम गर्नेमाथि अब सरकार कडाइका साथ प्रस्तुत हुने उनले उल्लेख गरे । 

सबै युवा विदेश पलायन भएको भन्ने भाष्य गलत छ । वैदेशिक रोजगारीमा जानेमध्ये ९० प्रतिशतको हाराहारीमा खाडी मुलुकमा हो, उनीहरु फर्किएर नेपाल नै आउँछन् ।
शरतसिंह भण्डारी
श्रममन्त्री

मन्त्री भण्डारीले सबै युवा विदेश पलायन भएको भन्ने गलत भाष्य निर्माण गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत युवा स्वदेश फर्किने भएकोले उक्त भाष्य गलत भएको उनको दाबी छ । ‘वैदेशिक रोजगारीमा जानेमध्ये ९० प्रतिशतको हाराहारीमा खाडी मुलुकमा हो, उनीहरु फर्किएर नेपाल नै आउँछन्,’ मन्त्री भण्डारीले भने ।

Hardik health

अर्को प्रसंगमा उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकमाथि पर्ने ऋणको भार कम गर्न सरकारले विनाधितो ऋणको व्यवस्था गरेको उल्लेख गरे । तर, यसरी ऋण दिँदा उल्टै सरकारले आलोचना बेहोर्नुपरेको उनको गुनासो छ । ‘रोजगारी लागि जाँदा साहूसँग मिटरब्याजमा ऋण लिने प्रथालाई निषेध गर्यौं । श्रमिकलाई ऋणको पासोबाट बचाउन यो व्यवस्था गरिएको हो,’ मन्त्री भण्डारीले भने, ‘अहिले नेपाल राष्ट्र बैंकले विनाधितो ऋण दिने व्यवस्था गरेको छ । यसो गर्दा पनि रोजगारी दिनुको साटो उल्टै ऋण दिँदै विदेश पठायो भन्दै आलोचना भइरहेको छ ।’ 

उनले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताए । व्यवसायी र श्रमिकबीचको बिचौलियालाई हटाउन जोड दिँदै उनले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिए । सरकारी निकायले कुनै विषयमा निर्णय गर्न सात दिनभन्दा बढी लगाएमा कारबाही गर्ने व्यवस्था उक्त ऐनमा छ ।

श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयं व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस् ।
सूर्यबहादुर खत्री
महानिर्देशक
वैदेशिक रोजगार विभाग

मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताए । ‘६० हजार नेपाली विद्यार्थी भिसामा जापानमा गएको देखियो । तर यथार्थमा पाँच हजार पनि विद्यार्थी छैनन्,’ उनले विद्यार्थीको भिसामा विदेश जाने श्रमिकको बढ्दो संख्याप्रति चिन्ता प्रकट गर्दै भने ।स्वदेशमा रोजगारी दिन अवसर सिर्जना हुनुपर्ने र यसतर्फ सरकारले काम गरिरहेको उनको भनाइ छ । उनले व्यावहारिक बन्न र यथार्थ बुझेर मात्रै सरकारको आलोचना गर्न आग्रह गरे । साउदी अरब, मलेसिया, कतार, कुवेतलगायत देशसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सरकारले बनाएका कानुनी कुरामा ध्यान दिए श्रमिक र व्यवसायी कसैले पनि समस्यामा पर्नु नपर्ने धारणा राखे । सरकारलाई नटेर्ने व्यवसायीलाई कारबाही गर्न विभाग पछि नहट्ने चेतावनी दिँदै उनले श्रमिकलाई झूठो आश्वासन नबाँड्न व्यवसायीहरुलाई आग्रह गरे ।‘श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयं व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस्,’ महानिर्देशक खत्रीले भने । व्यवसायीले आफ्नो पेसाप्रतिको सामाजिक उत्तरदायित्व वहन गरेर काम गरे धेरै समस्या आफैं हल हुने उनको भनाइ थियो । 

एउटा मेडिकल गर्दा नै १० हजार लाग्ने अवस्था छ । व्यावहारिक हिसाबले सेवा शुल्क तोकौं । हामीले कामदारको एक महिनाको तलबबापतको सेवा शुल्क माग गर्दै आएका छौं ।
राजेन्द्र भण्डारी
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ


सोही कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले यस किसिमको कार्यक्रमले सबै क्षेत्रका विषयवस्तुलाई समटेर नीति निर्माणमा सहयोग पुर्याउने बताए । अझैसम्म पनि असल छवि बनाउन नसकेको वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन यस क्षेत्रका विभिन्न समस्याको हल गर्नु आवश्यक रहेको उनको भनाइ थियो । ‘फ्रि भिसामा पठाउनुमात्र मर्यादित बन्नु हो भन्ने मानसिकता छ तर व्यावहारिक प्रक्रिया बुझ्न जरुरी छ,’ अध्यक्ष भण्डारीले भने । हाल कायम रहेको १० हजार रुपैयाँ सेवा शुल्क अव्यावहारिक रहेको भन्दै उनले यसको पुनरावलोकन जरुरी भएकोमा जोड दिए । ‘एउटा मेडिकल गर्दा नै १० हजार लाग्ने अवस्था छ । व्यावहारिक हिसाबले सेवा शुल्क तोकौं । हामीले कामदारको एक महिनाको तलबबापतको सेवा शुल्क माग गर्दै आएका छौं,’ अध्यक्ष भण्डारीले भने । 

यसैगरी विभिन्न देशबाट आएका मागपत्र प्रमाणीकरण नहुँदा मानिसहरू गैरकानुनी माध्यमबाट विदेश गइरहेको उनले बताए । अहिले व्यक्तिगत हिसाबले श्रम स्वीकृति लिने क्रम बढेकोले यसलाई संस्थागतरुपमा ल्याउनुपर्ने, नवीकरणमा १०० जनाको न्यूनतम प्रावधान अव्यावहारिक भएकोलगायतका कारण व्यवसायीलाई समस्या परेको अध्यक्ष भण्डारीको भनाइ थियो । 

श्रमिकलाई शून्य लागतमा पठाउन लाग्ने लागत कि रोजगारदाता कि सरकारले व्यहोर्नुपर्छ । रसिद १० हजारको काट्ने शुल्क अर्कै तिर्नुपर्ने ? 
इन्द्रदेव मिश्र
महासचिव, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र


कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव इन्द्रदेव मिश्रले श्रमिकका हक हित र अधिकारका विभिन्न सवाल उठाए । रोजगारी पाउन पनि पैसा तिर्नुपर्ने प्रचलन अनुचित भएको उनको भनाइ थियो । ‘श्रमिकलाई शून्य लागतमा पठाउन लाग्ने लागत कि रोजगारदाता कि सरकारले व्यहोर्नुपर्छ,’ उनले भने, ‘रसिद १० हजारको काट्ने शुल्क अर्कै तिर्नुपर्ने ? बरु १० हजारको प्रावधान नै हटाउँ ।’त्यसैगरी एउटै मन्त्रालय मातहत तीनवटा सामाजिक सुरक्षा कोष बनाउन आवश्यक नरहेको भन्दै एउटै कोषलाई प्रभावकारी बनाउन उनले सुझाव दिए । महासचिव मिश्रले विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने, अन्य मुलुकबाट जाने श्रमिकको सेवासुविधासरह नेपाली श्रमिकले नपाइरहेको विषयमा पनिसरकारको ध्यानाकर्षण गराए । 

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रमा देखापरेका विभिन्न समस्याको समाधान गरेर यस क्षेत्रलाई कसरी सुरक्षित, मर्यादित र सम्मानजनक बनाउने भन्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीमा सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए । मंगलबारबाट सुरु भएको गोष्ठी आजसम्म चल्ने छ । व्यवसायीहरुलाई दुई समूहमा विभाजन गरी गोष्ठीमा सहभागी गराइने बोर्डले जनाएको छ । गोष्ठीमा बोर्डको प्रस्तुतीकरण, कानुनी÷नैतिक भर्ती (इथिकल रेक्र्युटमेन्ट), मानव बेचविखन न्यूनीकरणमा व्यवसायीको भूमिका, कर दायित्वलगायत विषयमा प्रस्तुति तथा छलफल गरिने जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP