Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्ततः गाजामा युद्धविराम 
हमासले तीन जना बन्धक रिहाइ गरेसँग औपचारिकरुपमा गाजा युद्धविराम कार्यान्वयनमा  अन्ततः गाजामा युद्धविराम 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ७, २०८१
हमासले आइतबार रिहा गरेका रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर । 
  • हमासले रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचरलाई रेडक्रसको रोहबरमा राखेर इजरायली सेनालाई बुझाएसँगै आधिकारिकरुपमा युद्धविराम सुरू
  • युद्धविरामप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायली सरकारका रक्षामन्त्री तथा अति दक्षिणपन्थी पार्टीका प्रमुख इटामार बेन ग्विरले राजीनामा दिएका छन्
  • हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकहरुको ३३ जनाको सूचीमा वीपिन जोशीको नाम समेटिएको छैन

काठमाडौं– अन्ततः इजरायल र प्लोस्टिनी लडाकु समूह हमासबीच १५ महिनादेखि जारी युद्ध आइतबार रोकिएको छ । शान्ति पक्षधरहरुको तीव्र दबाबपछि इजरायल र हमास आइतबारबाट लागू हुनेगरी युद्धविराम गर्न राजी भएका हुन् । हमासले तीन जना बन्धकलाई रिहा गरेपछि औपचारिकरुपमा युद्धविराम कार्यान्वयनमा आएको हो । त्यहाँको स्थानीय समयअनुसार दिउँसो १२ बजे युद्धविराम सुरू भए पनि हमासले प्राविधिक कारण देखाउँदै तीन युद्ध बन्धकलाई साँझ सवा ५ बजेमात्र रिहा गरेको थियो ।

हमासले रोमी गोनेन, एमिली डमारी र डोरोन स्ेटनब्रेचरलाई रेडक्रसको रोहबरमा राखेर इजरायली सेनालाई बुझाएसँगै आधिकारिक रुपमा यद्धविराम भएको हो । इजरायली सेनाले तीनै जना बन्धक रिहा भएको पुष्टि गरेको छ ।रिहा भएकी डोरोन पशु चिकित्सा नर्स हुन् । हमासले अक्टोबर ७ मा आक्रमण गर्दा उनी किबुज केफर अजाको अपार्टमेन्टमा थिइन् । एमिलीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो । उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको छ ।

त्यस्तै रोमी सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् । तीन जना युद्ध बन्धक रिहा भएसँगै इजरायलको तेलअभिभमा स्थानीयले खुसी मनाएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले युद्धविरामकै समयमा सम्बोधन गर्दै लामो समयदेखिको दुःख र ध्वंसको अन्त्य भएको बताएका छन् । ‘धेरै दुःख, ध्वंस, मृत्युपछि आज गाजाका बन्दुकहरु मौन बस्दै छन्,’ राष्ट्रपति बाइडेनले ह्वाइट हाउसबाट भने ।युद्धविराम सम्झौताअन्तर्गत अबको केही हप्तामा थप ३० जना जना इजरायली बन्धक रिहा हुने भनिएको छ । इजरायलले प्रकाशन गरेको सूचीमा युद्धविरामको पहिलो चरणमा हमासले रिहा गरिने अपेक्षा गरिएका ३३ जना बन्धकहरूको नाम र तस्बिर समेटिएको छ । यसको बदलामा इजरायलले ९० जना प्यालेस्टाइनी बन्दीहरु रिहा गर्नुपर्ने हमासको माग रहेको छ । यो समाचार तयार पार्दासम्म इजरायलले कुनै पनि युद्धबन्दीलाई रिहा गरेको छैन । इजरायलले १९ सय प्यालिस्टिनी बन्धक र कैदीहरूलाई चरणबद्ध रुपमा रिहा गर्ने बताएको छ ।

Hardik health

यता युद्धविरामप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायली सरकारका रक्षामन्त्री तथा अति दक्षिणपन्थी पार्टीका प्रमुख इटामार बेन ग्विरले राजीनामा दिएका छन् । उनले युद्धविराम ‘आतंकवादको विजय’ भएको टिप्पणी गरेका छन् ।इजरायली सेनाले आफ्नो मुलुक र संयुक्त राज्य अमेरिकासहित कतिपय देशले आतंककारी संगठनका रूपमा घोषणा गरेको हमासलाई समाप्त पार्ने उद्देश्यसहितको सन् २०२३ को अक्टोबरबाट कारबाही थालेको थियो ।हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउनेगरी इजरायलभित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरायलले उक्त सैन्य कारबाही थालेको थियो । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ९१३ जनाको मृत्यु भइसकेको छ । 
 

रिहा सूचीमा परेनन् वीपिन

Bipin-Joshi-1737352948.jpg

नेपाली विद्यार्थी वीपिन जोशी पहिलो चरणको रिहाइ सूचीमा परेका छैनन् । ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका कञ्चनपुरका वीपिन झन्डै चार महिनादेखि हमासको बन्धनमा रहेको बताइएको छ । ७ अक्टोबर २०२३ मा इजरायलको गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी चार जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ । २०८० असोज २० गते वीपिन परिवारको सम्पर्कमा छैनन् ।

उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उनको रिहाइ हुन सकेको छैन । हमासले गरेको आक्रमणपछि वीपिनसहित २५१ जनालाई बन्धक बनाएर लगेको थियो । ताञ्जानियाका एक, थाइल्याण्डका आठ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला रहेको बताइएको छ । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।
हमासले पहिलो चरणमा रिहा गर्ने सार्वजनिक गरिएको ३३ जना बन्दीको सूचीमा वीपिनको नाम छैन ।


 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP