Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
  • #गिद्ध
  • #अपहरण
Search Here
विचार
  • Home
  • विचार
  • अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र
अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र
डा दिनेशचन्द्र देवकोटा
डा दिनेशचन्द्र देवकोटा बिहीबार, माघ ३, २०८१

अर्थतन्त्रका उत्पादन, लगानी, उपभोग, बचत, रोजगारी, आम्दानीको अवस्थालाई जनाउने क्षेत्र वास्तविक क्षेत्रको नामले चिनिन्छ । अर्थतन्त्रको आकार र यसमा भएको वृद्धिले अर्थतन्त्रको अवस्थालाई जनाउँछन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०्८१ मा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड पुग्ने प्रारम्भिक अनुमान छ । गत आव २०७९्८० मा अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ भने आव २०७८्७९ मा अर्थतन्त्रको आकार रु ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक भएको छ । 

त्यसैगरी आव २०८०्८१ को आर्थिक वृद्धिदर ९जिडिपी वार्षिक वृद्धिदर० आधारभूत मूल्यमा ३।५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३।८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वृद्धिदर आव २०७९्८० मा आधारभूत मूल्यमा २।३ प्रतिशत र उपभोक्ताको मूल्यमा १।९५ प्रतिशत हुने संशोधित अनुमान छ । अन्तिम तथ्यांकअनुसार आव २०७८्७९ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ५।२८ प्रतिशत र उपभोक्ताको मूल्यमा ५।६३ प्रतिशत कायम गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ असोज ३० गते प्रकाशित गरेको तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन अघिल्लो आर्थिक वर्ष २०७९्८० को चौथो त्रैमासिकको तुलनामा आव २०८०्८१ को चौथो त्रयमासमा आधारभूत मूल्यमा २।१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । यस अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायातमा भएको वृद्धि, सार्वजनिक प्रशासनमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । साथै, आव २०७९्८० सम्म मुलुकको बेरोजगारी दर ११।४ प्रतिशत रहेको पाइन्छ । 

सरकारी क्षेत्र
सरकारी क्षेत्र ९बजेट० २०८१ जेठ १५ गते नेपाल सरकारले सङ्घीय संसद्मा पेश गरेको आव २०८१्८२ को बजेटमा कुल खर्च रु १८ खर्ब ६० अर्ब ३० करोड, चालु खर्च रु ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगत खर्च रु तीन खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्था खर्च रु तीन खर्ब ६७ अर्ब २८ करोड र राजस्व परिचालन रु १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदान रु ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण रु दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण रु तीन खर्ब ३० अर्ब हुने अनुमान गरिएको थियो । 

Hardik health

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०८१्८२ को कात्तिक महिनाको तथ्यांकअनुसार नेपाल सरकारको कुल खर्च रु चार सय १५ अर्ब २ करोड, चालु खर्च रु दुई सय ९२ अर्ब ५३ करोड, पुँजीगत खर्च रु ३४ अर्ब ५३ करोड, वित्तीय व्यवस्था खर्च रु ८७ अर्ब ९६ करोड रहेको छ । गत आवको सोही अवधिमा नेपाल सरकारको कुल खर्च, चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्च क्रमशः रु तीन सय ५५ अर्ब ६३ करोड, रु दुई सय ७१ अर्ब १७ करोड, रु २९ अर्ब ९९ करोड र रु ५४ अर्ब ४७ करोड रहेको थियो । नेपाल सरकारको गत आवको कुल खर्च र पुँजीगत खर्चको आधारमा चालु आव रु २०८१्८२ को कुल खर्च र पुँजीगत खर्चमा बढोत्तरी हुन सुखद पक्ष हो । 

त्यसैगरी चालु आव २०८१्८२ को कात्तिकसम्म नेपाल सरकारको राजस्व आम्दानी रु तीन सय २३ अर्ब २४ करोड पुगेको छ भने गत आव २०८०्८१ को कात्तिकसम्म नेपाल सरकारको राजस्व आम्दानी रु दुई सय ७६ अर्ब ६४ करोड रहेको थियो । राजस्व आम्दानीको आधारमा सरकारको वित्तीय अवस्थामा सुधार भएको पाइन्छ । साथै, चालु आव २०८१्८२ को असोजसम्म नेपाल सरकारले बैदशिक ऋणबापत रु २१ अर्ब ३२ करोड र आन्तरिक ऋणबापत रु एक खर्ब १५ अर्ब प्राप्त गरेकामा गत आव २०८०्८१ को असोजसम्म वैदशिक ऋणबापत रु नौ अर्ब ४७ करोड र आन्तरिक ऋणबापत रु ९७ अर्ब ३१ करोड प्राप्त गरेको छ । ऋण आम्दानीको आधारमा सरकारको स्रोत यस वर्षको सोही अवधिमा सुदृढ देखिन्छ । 

वाह्य क्षेत्र
वाह्य क्षेत्रअन्तर्गत मुलुकको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिको अवस्था पर्दछ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आव २०८१्८२ को कात्तिकसम्ममा वस्तु निर्यात रु ५२ अर्ब ६७ करोड, वस्तु आयात रु ५१३ अर्ब ३९ करोड र कुल वस्तु व्यापार घाटा रु ४६० अर्ब ७२ करोड रहेकोमा गत आवको कात्तिक मसान्तसम्ममा वस्तु निर्यात रु ५० अर्ब ५७ करोड, वस्तु आयात रु ५१२ अर्ब ५० करोड र कुल वस्तु व्यापार घाटा रु ४६१ अर्ब ९४ करोड रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा निर्यात र व्यापार घाटामा सुधार भएको देखिन्छ भने आयातमा झिनो अंकले मात्र वृद्धि भएको छ । साथै, चालु आव २०८१÷८२ को कात्तिकसम्ममा विप्रेषण आप्रवाह रु ५२१ अर्ब ६३ करोड, चालु खाता १४३ अर्ब ४२ करोडले वचत, शोधनान्तर स्थिति रु २०५ अर्ब ८३ करोडले वचत र विदेशी विनिमय सञ्चिति रु २२५५ अर्ब ३५ करोड रहेको छ । 

गत आव २०८०्८१ को कात्तिकसम्ममा बिप्रेषण आप्रवाह रु ४७७ अर्ब ९६ करोड, चालु खाता रु ९७ अर्ब १० करोडले वचत, शोधनान्तर स्थिति रु १५० अर्ब २४ करोडले वचत र विदेशी विनिमय सञ्चिति रु १६९६ अर्ब ७८ करोड रहेको थियो । विप्रेषण, चालु खाता वचत, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिको अवस्था गत आर्थिक वर्षको सोही अवधिभन्दा मुलुकको चालु आर्थिक वर्षमा अझ सुदृढ रहेको छ । मुलुकमा २०८१ कात्तिक मसान्तसम्ममा भएको विदेशी मुद्रा सञ्चितिले १५।१ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था छ । 

वित्तीय क्षेत्रको अवस्था 
चालु आव २०८१्८२ को कात्तिकसम्ममा क, ख र ग वर्गका बैँक तथा वित्तीय संस्थाहरुमा कुल रु ६६ खर्ब ४४ अर्ब २३ करोड निक्षेप रहेको छ भने तिनै संस्थाबाट रु ५९ खर्ब १२ अर्ब ७९ करोड कर्जा प्रवाह भएको देखिन्छ । यसबाट के बुझिन्छ भने बैंक तथा वित्तीय संस्थाहरुमा अझ पनि लगानीयोग्य साधन लगानी हुन नसकेर थुप्रिएको अवस्था छ । बैँक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाको व्याजदर पनि घटेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुको निस्क्रिय कर्जाको अवस्था ३।६६ प्रतिशत रहेको छ । हाल निक्षेपको औसत व्याजदर ५।०१ प्रतिशत र कर्जाको औसत व्याजदर ९।०७ प्रतिशत रहेको छ । वित्तीय पहुँचको अवस्था पनि बढिरहको छ । निक्षेप खाता सङ्ख्या, कर्जा खाता सङ्ख्या, डिजिटल बैंकिङको प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ । मुलुकको पूरानो र ठूलो बैँक राष्ट्रिय वाणिज्य बैंकको निक्षेपको तुलनामा कर्जा प्रवाहको अवस्था कमजोर रहेको छ । बैँकको ठूलो लगानीयोग्य साधन निस्क्रिय अवस्थामा रहेको छ । राष्ट्रिय वाणिज्य बैँकको चालु आवको कात्तिकसम्म निक्षेप रु चार खर्ब २८ अर्ब ८० करोड र कर्जा प्रवाह रु दुई खर्ब ६७ अर्ब १५ करोड रहुनुले बैँकको कर्जा प्रवाह कम हुन गई नाफासमेतमा संकुचन हुने देखिन्छ । 

अर्थतन्त्र कार्यान्वयन समस्या 
नेपाल सरकारको पुँजीगत खर्चमा बढोत्तरी नहुनु, मुलुकको निर्यात क्षमता न्यून र आयात अत्याधिक हुन गई उच्च व्यापार घाटा हुनु, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलनको तुलनामा कर्जा प्रबाहमा कमी हुनु, मुलुकमा रहेका उद्योग कलकारखाना पूर्ण क्षमतामा नचल्नु, मुलुकको लाखौँको सक्रिय जनसङ्ख्या मुलुकबाहिर रहनुजस्ता कारणले आर्थिक वृद्धिदर उत्साहजनक रहने गरेको छैन । हाम्रो मूल समस्या भनेको नीति, कार्यक्रम तथा बजेट राम्रो आउने तर त्यो कार्यान्वयनचाहि हुने नसक्ने हो ।

विदेशी दिएका सहयोग पनि समयमा खर्च हुन सकेको छैन । यता पैसा खर्च हुन नसक्ने, उता जनताले राहत नपाउने विडम्बना छ जसले विकासलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । अहिले नेपालको सबैभन्दा ठूलो अभाव अनुगमनको हो । अझ त्योभन्दा महत्वपूर्ण दण्ड र पुरस्कारको यथोचित व्यवस्थाको अभाव पनि हो । तसर्थ, अहिले नेपालको चुनौती भनेको पुँजीलाई नेपालमा विकास गर्ने क्रममा पनि गरिब र विपन्न वर्गको पक्षमा काम गर्नसक्ने बनाउदै लैजानुपर्छ । मेगा प्रोजेक्टका लागि ठूलो पुजी र प्रविधि आवश्यक पर्छ । त्यो नेपाल बाहिरबाट पनि लिनुपर्ने हुन्छ । तर, त्यसरी लिंदा बहुराष्ट्रिय संस्था वा कम्पनीहरुको स्वार्थका आधारमा होइन, हाम्रो आवश्यकताअनुसार ल्याउनुपर्छ । समाजवादोन्मुख अर्थतन्त्र भनिरहँदा हामीले नेपाल अब सङ्घीय संरचनामा छ भन्ने भुल्नु हुँदैन । 

नयाँ संयन्त्र, समृद्धिको ढोका  
नयाँ संविधानमार्फत् २४० वर्षको निरंकुश राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था प्राप्त भएको छ । नयाँ संविधानपछि आर्थिक कार्यक्रमको हकमा नयाँ संविधानले समाजवादोन्मुख अर्थतन्त्र, समाजवादतिर उन्मुखको अर्थ गरिब, विपन्न, अप्ठ्यारोमा परेको, पछाडि पारिएको वर्गको पक्ष्ँमा, महिला तथा अपाङ्गको पक्षमा, केटाकेटी र बृद्धबृद्धाको पक्षमा सामाजिक सुरक्षाका प्रावधानलाई लिएर जाने हो । तर, त्यसलाई अघि लिएर जाँदा मेगा प्रोजेक्टलाई पनि सँगसँगै लैजानुपर्छ । 

हामीले छलाङ मार्ने किसिमले काम गर्न सकेनौं भने विकासलाई अगाडि बढाउन सक्दैनौंँ । तसर्थ, खर्च गर्न पनि नयाँ संयन्त्रको विकास गर्न जरुरी छ । हामी सङ्घीय तथा प्रादेशिक संरचनामा छौंँ । नीति, कार्यक्रम तथा बजेटलाई प्रदेश र स्थानीय निकाय अनुसार ढाल्नुपर्छ । सङ्घीय, प्रदेश र स्थानीय निकायमा रहेका सम्भावनाहरुलाई कार्यान्वयनमा ल्याउने र देखिएका चुनौतीहरुको कुशल व्यवस्थापनमार्फत प्रदेश र स्थानीयको समृद्धिको ढोका खोल्न सक्नुपर्दछ । सदाचारिता, पारदर्शीता र जवाफदेहीताको प्रवद्र्धनमा सरकार लाग्नुपर्ने देखिन्छ । 

( लेखक बागमती प्रदेशसभा सदस्य, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् )


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम बिहीबार, असोज २, २०८२
संकट अस्थायी हो, आशा स्थायी
संकट अस्थायी हो, आशा स्थायी बुधबार, असोज १, २०८२
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व मंगलबार, भदौ ३१, २०८२
ऊ त गयो माया मारेर ! 
ऊ त गयो माया मारेर !  मंगलबार, भदौ ३१, २०८२
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा? सोमबार, भदौ ३०, २०८२
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’ सोमबार, भदौ ३०, २०८२
तनाव र अनिश्चयले निम्त्याउने मानसिक असर
तनाव र अनिश्चयले निम्त्याउने मानसिक असर सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP