Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीद्वारा राजनीति भेटघाट सुरु
प्रधानमन्त्रीद्वारा राजनीति भेटघाट सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २, २०७६
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन् । मिर्गौला प्रत्यारोपणपछि १२ दिन लामो अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि अनेक किसिमका तर्क–विर्तक भइरहेका बेला उनले राजनीति भेटघाट सुरु गरेका छन् । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री खासै स्वस्थ्य देखिएका थिएनन् । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अस्पतालबाट प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न हतार गरिएको जस्ता गुनासो गरेका छन् । तर, यसैबेला प्रधानमन्त्री ओलीले शनिबार सरकारी निवास बालुवाटारमा राजनीतिक भेटघाट गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार बिहानैबाट राजनीति भेटघाट सुरु गरेका थिए । उनले शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका ओलीले अन्य नेता तथा सल्लाहकारसँग संयुक्त भेट गरेका थिए । शनिबार बिहान सबैभन्दा पहिले प्रधानमन्त्री निवास वालुवाटार अध्यक्ष दाहाल पुगेका थिए । त्यसपछि नेता नेपालले प्रधानमन्त्रीसँग भेट गरेका थिए । बालुवाटार स्रोतका अनुसार दुवै नेताले भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार दाहालले मिर्गौला पुनः प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका थिए । त्यस्तै, नेता नेपालले समेत ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष दाहाल र नेता नेपाल दुवै नेताले प्रधानमन्त्रीलाई समसामायिक राजनीतिक गतिविधिबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गत १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् । शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । समीक्षा भने २८ फागुनमै डिस्चार्ज भएको थिइन् । अध्यक्ष दाहाललले यसअघि २० फागुनमा अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेट गरेका थिए । दाहाल आफैपनि सामान्य रुघाखोकीका कारण घरमै आराम गरिरहेका थिए । शनिबार ओली र दाहाल करिब आधा घण्टा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । नेता नेपाल भने प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएकै दिन पनि अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएर फर्केका थिए । शनिबार नेताहरूसँग भेट गरेपछि प्रधानमन्त्री ओलीले आफू ठीक भइरहेको र चाँडै नियमित काममा फर्किने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, चिकित्सकले प्रधानमन्त्री ओली सामान्य अवस्था आउन करिब ६ महिना लाग्ने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०५:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने 
कांग्रेस उम्मेदवारका आकांक्षीले‘  ‘लिडरसीप एकेडेमी’ को कक्षा लिनुपर्ने  बुधबार, चैत ११, २०८२
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा मंगलबार, चैत १०, २०८२
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक
कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक मंगलबार, चैत १०, २०८२
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न  प्रस्ताव
भदौ २४-२६ मा कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव मंगलबार, चैत १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै मंगलबार, चैत १०, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक  बिहीबार बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बिहीबार बस्दै मंगलबार, चैत १०, २०८२
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP