Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवालाई प्रधानमन्त्री बनाउन दाहालको दौडधुप
देउवालाई प्रधानमन्त्री बनाउन दाहालको दौडधुप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

 

  •  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दै
  • माओवादीसहित प्रतिनिधिसभाका विपक्षी दलहरुले आजै आफ्ना साझा धारणा सार्वजनिक गर्दै
  • बिआरआई फ्रेमवर्क सम्झौताका कारण असन्तुष्ट भारत जसरी पनि सरकार परिवर्तन गराउने खेलमा, ‘मिडिएटर’ बन्दै माओवादी अध्यक्ष दाहाल

काठमाडौं– मंगलबारमात्र सिन्धुपाल्चोकको सुकुटेबाट अहिलेको सरकार ढल्न आफूहरुले धेरै बल नै गर्नु नपर्ने बताएका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले । प्रमुख प्रतिपक्षी दलका नेता दाहालले यसो भने पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने जोडबलमा लागेका छन् । 

नेकपा फुटेपछि दाहाल र माधव नेपाल सडकमा ओर्लेर सर्वोच्च अदालतसम्म पुगेर देउवालाई प्रधानमन्त्री बनाएका थिए । त्यही समयको झल्को दिनेगरी दाहाल अहिले दौडधुपमा लागेको कांग्रेसनिकट उच्च स्रोतले जनायो । यसैका लागि सुकुटेबाट फर्कनेबित्तिकै बुधबार बिहान दाहालले सिंहदरबारमा विपक्षी दलको बैठक राखे । उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादीसहित छ दलका नेताहरु सहभागी थिए ।

उक्त बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तत्कालै संसद्को बैठक बोलाउन माग गरिएको बताए । ‘नबोलाइए विशेष अधिवेशन बोलाउने तयारी हामीले गरेका छौं,’ बैठकपछि पुनले भने । लगत्तै विपक्षी मोर्चाले एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक राख्यो । यसरी बैठक चलिरहँदा सत्तारुढ दलमा पनि तरंग छाएझैं बैठकहरु डाकिएको थियो ।

Hardik health

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई छलफलमा बोलाए आज बिहान ८ बजेका लागि । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे नै पत्रकार सम्मेलन गर्ने । यही बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले रोकिराखेको भूमिसम्बन्धी अध्यादेश जारी गरे । 

दाहालको दौडधुप
दाहाल जसरी पनि ओलीलाई सत्ताबाट ‘आउट’ गर्ने तयारीमा लागेको देउवानिकट एक नेताले बताए । यसका लागि दाहालले भारतलाई रिझाउनसमेत लागेको ती नेताको दाबी छ । चीन भ्रमणमा पुगेर बिआरआई सम्झौता गरेकोमा भारतीयपक्ष असन्तुष्ट छ । यतिमात्र हैन ओलीले भारतले आफूलाई नरुचाएपछि बंगलादेश र पाकिस्तानको भ्रमण गर्न खोजिरहेका छन् ।

यही कारण यो सरकारसँग भारत असन्तुष्ट रहेको र देउवालाई पनि भारतले रुचाइरहेको छैन । यसैकारण देउवा तत्काल सरकार हेरफेरमा नरहेको ती नेताले बताए । ‘ओलीसँगमात्र हैन देउवासँग पनि भारत रिसाएको छ । यस्तो अवस्थामा देउवा सरकारको नेतृत्व गरिहाल्ने पक्षमा देखिन्न,’ ती नेताले भने ।दाहाल भने आफूले देउवालाई रिझाउने र मधेसवादी दलसहित राप्रपालाई पनि मिलाएर नयाँ सरकार बनाउन लागि परेका छन् । समाजवादी मोर्चा ब्युताउँने अभियानमा लागेका दाहालले बुधबारको बैठकमा रास्वपा र राप्रपालाई समेत बोलाएको थियो । जबकि समाजवादी मोर्चामा एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीलगायत दलमात्र छ । 

भारतीय एजेन्टले भने दाहाललाई पहिल्यै काम बिगारेको भन्दै अब देउवालाई सहयोग नगर्ने वचन फर्काएको बताइएको छ । यद्यपि विपक्षी दलले बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै छ । विपक्षी दलको धारणा र देउवाले आफ्ना मन्त्रीहरुसँग आवश्यक छलफलपछि आउने निचोडले आगमी राजनीतिक उथलपुथलबारे अनुमान गर्न सकिने नेताहरु बताउँछन् ।


अध्यादेशपछि आत्तिएका ओली

PM_Oli-1733116087.jpg

संसद् नबोलाएर धमाधम अध्यादेश जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारप्रति छिमेकी देशहरु असन्तुष्ट छन् । यही मेसोमा सबैभन्दा ठूलो र सत्ताजोडी नेपाली कांग्रेसबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश नै रोकिराखे । 

राजनीतिक दलसम्बन्धी अध्यादेश नै ल्याएर एकीकृत समाजवादी पार्टी फुटाउने तयारीमा रहेका ओलीका लागि यो सबैभन्दा ठूलो अड्को बनिदियो । त्यसपछि ओली पनि के कम, पत्रकार सम्मेलन डाकिहाले । यही मेसोमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच फोनवार्तापछि पत्रकार सम्मेलनकै बीचमा रोकिएको अध्यादेश जारी भयो । त्यसपछि भने ओलीले सन्तोषको सास फेरे ।

प्रायः लामो समय बोल्ने ओलीले बुधबार १५ मिनेटमै आफ्नो भाषण सकाए । ‘सरकार टिकाउने मात्र हाम्रो काम होइन, टिक्न त टिकिहाल्छन् नि यत्रो मजबुत सरकार ! तर यसलाई सफल बनाउनुछ, काम गरेर । त्यसका निम्ति अध्यादेश आवश्यक भए र अध्यादेश हामीले ल्यायौं । यसमा कुनै प्रकारको कतै भ्रम नरहे हुन्छ,’ प्रधानमन्त्री ओलीको अध्यादेशको बचाउ गर्दै भने । 

सुशासन प्रवद्र्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशहरुको विषयवस्तुहरुको सार्वजनिकीकरण कार्यक्रम शीर्षकमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अध्यादेशव सबैको सहमतिमा आएको दाबी गरे । ‘नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्व तह, ब्यूरोक्रेसीको शीर्ष नेतृत्व तह, एक्स्पर्टहरूको समेत सल्लाह, राय परामर्शमा सघन र विस्तृत छलफलपछि सबै पक्षहरूको सहमतिमा र खासगरी उद्यमी व्यवसायीहरू समेतको सल्लाहमा आएको हो,’ ओलीले भने, ‘अहिले अध्यादेश जारी गर्नैपर्ने अवस्था देखिएको हुनाले बहुतै सावधानी साथ र मेहनतका साथ अध्यादेश तयार गरिए र मन्त्रिपरिषदले पारित गरेर सिफारिस गरिए ।’

सत्तारुढ दलहरूबीचको पूर्णसहमतिमा अध्यादेश आएकाले सरकार ढल्नेबारे भइरहेको चर्चा केवल विशाल नदीको किनारामा ढुंगा फालेर थुन्ने प्रयासमात्र भएको दाबी गरे । ओलीले भने, ‘यी अध्यादेशहरूले जवाफ दिएका छन् । स्पष्ट पारेका छन्, यी सरकार परिवर्तन गर्न सक्छु भन्ने, एउटा विशाल नदीको किनारमा बसेर यत्रायत्रा ढुंगा फाल्ने, के गरेको भन्दा यसलाई थुन्ने ?’

 


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP