Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’
शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २, २०८१

इलाम-  यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिए । उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन् । “यी कार्यक्रमले विद्यालयबीच स्वास्थ्य प्रतिस्पर्धा बढाएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौँ ।” 

 ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १० का विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै आइएको नगरप्रमुख राईले बताए  । “कक्षा ८, ९ र १० मा दश हजार चार सय ४३ विद्यार्थी छन् । एक पटक तीन वटाका दरले कापी दिँदा सबै विद्यार्थी उत्साहित भई अभ्यास गर्छन् । वर्षमा तीन पटक वितरण गरिरहेका छौँ”, उनले भने, “फुर्सद मिलाएर सबै विद्यालयमा पुग्ने गरेको छु । पछिल्लो समय अधिकांश विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्न छोडेका छन् ।” 

कार्यक्रम प्रभावकारी बन्दै गएको शिक्षक तथा विद्यार्थीले प्रतिक्रिया दिएका छन् । सूर्योदय–१० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा विन्दा ढुङ्गेलले पहिले निकै गाह्रो लाग्ने गणित विषय आजभोलि सजिलो लाग्न थालेको बताइन् । “पहिले पास गर्नै गाह्रो हुन्थ्यो । अहिले नगरप्रमुख स्कुलमा आएर तीन वटा कापी दिँदै एक महिनामा सक्नुपर्छ भन्नुहुन्छ । धेरै अभ्यास भइरहेकाले होला, आजभोलि गणित सजिलो लाग्छ”, विन्दाले भनिन्  । उनीमात्रै होइन सूर्योदयका अधिकांश विद्यार्थीले गणित सजिलो लाग्न थोलेको बताउँछन् ।

Hardik health

बाह्र महिना १२ कार्यक्रमअन्तर्गतका सबै कार्यक्रम प्रभावकारी भइरहेका शिक्षक बताउँछन् । हिमालय माध्यमिक विद्यालय गोर्खेका शिक्षक विशाल मास्केले भनिन्, “वर्षको एकपटक नगरका सबै विद्यालयका विद्यार्थी भेला गरेर विज्ञान र गणित प्रदर्शनी गर्ने गर्दछौँ । प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत लुकेका कला, क्षमता प्रस्फुटन गराउन प्रतियोगिता गराइन्छ । हरेक महिना फरक किसिमका खेलकुद प्रतियोगिता सञ्चालन हुन्छन् ।”

परीक्षाको नतिजामा गणित विषय कमजोर देखिएपछि सुधार गर्न सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको नगरप्रमुख राईले बताए । “पहिला गणितलाई अप्ठ्यारो ठान्ने विद्यार्थी अहिले सजिलो छ भन्न थालेका छन् । नतिजामा पनि विगतमा भन्दा सुधार आएको छ”, उनले भने, “हामीले अङ्ग्रेजी, गणित र विज्ञान विषय प्राथमिकतामा राखेर सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएका छौँ । कोरोना कहरका बेला विद्यार्थीको पढाइमा ठूलो क्षति पुगेपछि नतिजा सुधार्न अभियान सुरु गरेका हौँ ।”

विद्यार्थीलाई कापी बाँड्न नगरप्रमुख राई जानरी बिना विद्यालय पुग्नुहुन्छ । “बेखबर जाँदा अनुगमन र विद्यार्थीसँग अन्तक्र्रिया पनि हुन्छ”, उहाँले भन्नुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ । नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ । पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना, १२ कार्यक्रम’ सञ्चालन गरिरहेको हो । 

यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरप्रमुख राईले बताए ।  “कतिपय विद्यालयमा विषयगत शिक्षक अपुग हुन्छन् । त्यहाँ ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यहाँका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेकाले कम्प्युटर र प्रयोगशालाको व्यवस्था गरेका छौँ । सबै विद्यार्थीको बाल बचत खाता खोलिएको छ ।” यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी रहेको उनले उल्लेख गरे ।

सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ । यहाँबाट उत्पादन भएका जनशक्तिलाई नगरले कम्तीमा एक सय दिन रोजगारी दिइरहेको छ । नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड निःशुल्क दिएको नगर प्याब्सनका अध्यक्ष लाकेल लामाले बताए । नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दा विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको छ । 

सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कूलमा पढ्न जाने विद्यार्थीलाई यतै आकर्षित गर्न सहज र सुन्दर वातावरणको व्यवस्था गरिएको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए । अहिले पढ्नका लागि दार्जिलिङ जाने विद्यार्थीको सङ्ख्यमा कमी आएको बताउँदै उनले भने, “विद्यार्थीलाई उच्च शिक्षामा नगर र देशभित्रका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ ।”

नगरपालिकामा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालयमा गरी ११ हजार छ सय १२ विद्यार्थी छन् । शिक्षा शाखा प्रमुख भट्टराईका अनुसार नगरमा तीन सय ९८ शिक्षक दरबन्दीमा छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन् । यीबाहेक विद्यालयले निजी स्रोतबाट समेत शिक्षक राखेको छ । सूर्योदय नगरपालिका जिल्लाको पहिलो, कोशी प्रदेशको तेस्रो र मुलुकको दशौँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका पनि हो ।


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’ सोमबार, माघ १९, २०८२
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित आइतबार, माघ १८, २०८२
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP