Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १, २०८१

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख गरिएको छ ।
 
कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ । दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो/दानादार विषादी १० हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर खपत भएको उल्लेख गरिएको छ ।
 
यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलो/दानादार विषादी ५६ हजार एक सय ६० किलोग्राम र तरल विषादी २८ हजार नौ सय ६४ लिटर प्रयोग गरिएको थियो ।  

यसैगरी सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलो/दानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार तीन सय २५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार नौ सय २० लिटर विषादी खपत भएको जनाइएको छ ।

यस्तै जैविक विषादी धुलो/दानादारतर्फ चार सय किलोग्राम, तरल विषादी नौ सय १५ लिटर र अन्य धुलो/दानादार विषादी दुई सय ५० किलोग्राम र तीन सय १२ लिटर तरल विषादी खपत भएको थियो ।अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलो/दानादार विषादी २३ हजार एक सय ७५ किलोग्राम र तरल विषादी १५ हजार सात सय ७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलो/दानादार विषादी प्रयोग बढेको जनाइएको छ । 

Hardik health

कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको दाबी गरे। “यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्याङ्क प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दैछौँ”, उनले भने । 


प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती बिहीबार, पुस २४, २०८२
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP