Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २८, २०८१

काभ्रेपलाञ्चोक- अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी,  ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो ।

रु १६ लाखको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट सुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् । 

स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन्  । सो अवसरमा रुसेलले प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएकाले उक्त विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले यहाँका विद्यार्थीमा चेतनास्तर बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । “शिक्षा संसारको ठूलो स्वतन्त्रता हो, प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्दछ”, उनले भने, “तपाईँ विद्यार्थीहरूले समायानुकूल प्रविधिमैत्री शिक्षा पाउनुहुनेछ, यसको सही सदुपयोग गर्नुस्, आफूलाई अब्बल विद्यार्थीका रूपमा प्रस्तुत हुनुस्, शुभकामना छ ।”

Hardik health

उक्त विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापनाले विद्यार्थी खुसी भएका छन् । विद्यालयको बाल क्लबको अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, “हामीले कम्प्युटर चलाउन कि त बजारका साइबर धाउनुपथ्र्यो, कि त मोबाइलमा मात्र कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापना गरिदिएपछि हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सानै उमेरदेखि कम्प्युटर शिक्षा लिन तथा अभ्यास गर्न पाएकोमा निकै खुसी भएका छौँ ।”

यसैगरी उक्त संस्थाले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका –१० बेलाका २५ गृहिणी महिलालाई बाख्रा प्रदान गरेको छ । रुसेल आफैँले प्रतिमहिला दुई वटाका दरले बाख्रा वितरण गरेका  हुन् । ती बाख्राबाट जन्मेकोमध्ये दुई वर्षपछि एउटा बाख्रा फिर्ता गरी पुनः अर्को समूह बनाइने संस्थाका नेपाल निर्देशक रवीन्द्र सिटौलाले जानकारी दिए । उनका अनुसार संस्थाले नेपालमा ५२ महिला समूह निर्माण गरी बाख्रा वितरण गरेको छ ।


प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
स्नातकोत्तर सम्मेलन सुरु
स्नातकोत्तर सम्मेलन सुरु आइतबार, चैत २२, २०८२
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे  आदेश
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे आदेश शुक्रबार, चैत २०, २०८२
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा बिहीबार, चैत १९, २०८२
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु बिहीबार, चैत १९, २०८२
एसईई परीक्षा भाेलिबाट सुरु
एसईई परीक्षा भाेलिबाट सुरु बुधबार, चैत १८, २०८२
कञ्चनपुरको बैजनाथ मावि संकटमा
कञ्चनपुरको बैजनाथ मावि संकटमा सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP