Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्रीको मान्छे भर्ती नगर्दा निशानामा कुलमान 
मन्त्रीको मान्छे भर्ती नगर्दा निशानामा कुलमान 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २३, २०८१
  •  प्राधिकरणका विभिन्न कार्यालयमा आफ्नो मान्छे राख्न ऊर्जामन्त्री दीपक खड्काले अनेक प्रयास गरे पनि सफल नभएपछि उनको निशानमा कुलमान ।
  • आफ्नो लागि प्राधिकरणमै बेग्लै अफिस बनाउँदा त्यहीँका कांग्रेसी कर्मचारीले साथ नदिएपछि खड्का जिल्लिएका थिए । ट्रेड युनियन कांग्रेसले मन्त्री खड्काले बनाएको चेम्बर उद्घाटन गर्दा बहिस्कार गरेको थियो ।
  •  उनै खड्काले डेडिकेडेट, ट्रंकलाइन शुल्क विवाद निकाल्नुका साथै कुलमानमाथि कारबाही गर्न आयोगसमेत गठन गरे । तर पनि ‘नोट अफ डिसेन्ट’ लेख्दै कुलमानले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका थिए । 

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले आफू ऊर्जा मन्त्रालयमा आउनासाथ नेपाल विद्युत् प्राधिकरणमा पहिलो आँखा लगाएका थिए । खड्काको पहिलो तार्गेट थियो, आफ्ना निकटस्थहरुलाई ‘मालदार साइट अफिस’मा भर्ती गराउने ।उज्यालो नेपालको नायकका रुपमा कामबाटै चिनिएका प्रबन्ध निर्देशक कुलमान घिसिङले खड्काको तार्गेट पूरा हुनै दिएनन् । जसकारण आफूलाई कुलमानले नटेरेको भन्दै मन्त्री खड्काले विद्युत् प्राधिकरणमा अनेक तिकडम गर्न थाले ।

यसको पछिल्लो ‘एक्सन’ हो– नौ बुँदे स्पष्टीकरण पत्र । कहिले कामै नगर्ने कर्मचारीलाई कुलमानको विरोध गर्न लगाउने त कहिले धुलिखेलमा भद्रगोल गरेपछि जगेडामा तानिएका गोइत थरका कर्मचारीलाई वीरगञ्जमा पठाउन भन्दै निर्देशन दिएर । मन्त्रीको सबै निर्देशनको कुलमानले वास्तै गरेनन् । कुलमानलाई प्राधिकरणका कर्मचारीको बलियो साथ थियो ।

यसरी नै कुलमान अडिग रहेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक कुलमानलाई निशाना बनाउन थालेको हो । कुलमानलाई हटाउने एक सुत्रीय निर्देशन दिएर ओलीले खड्कालाई मन्त्री बनाएको बताइएको छ । ‘नभए छ महिनामा मन्त्रीले अरु काम पनि गर्नुपर्ने हो । तर अहिलेका ऊर्जामन्त्रीको काम भनेकै कुलमानलाई कसरी हटाउने भन्नेमात्र देखियो,’ विद्युत् प्राधिकरणका एक कर्मचारीले भने, ‘अरु केही काम देखिएको छैन ।’

प्राधिकरणका विभिन्न कार्यालयमा आफ्नो मान्छे राख्न खड्काले अनेक प्रयास गरेका पनि हुन् । ‘यतिबेलासम्म कम्युनिस्टले प्राधिकरण चलाए, अब कांग्रेसका मानिस राख्नुपर्छ,’ मन्त्री खड्का बेलाबेला प्राधिकरण पुग्दा यसै भन्थे । तर आफ्नो लागि प्राधिकरणमै बेग्लै अफिस बनाउँदा त्यहीका कांग्रेसी कर्मचारीले साथ नदिएपछि खड्का जिल्लिएका थिए । ट्रेड युनियन कांग्रेसले मन्त्री खड्काले बनाएको चेम्बर उद्घाटन गर्दा बहिस्कार गरेको थियो ।

Hardik health

उनै खड्काले डेडिकेडेट, ट्रंकलाइन शुल्क विवाद निकाल्नुका साथै कुलमानमाथि कारबाही गर्न आयोगसमेत गठन गरे । तर पनि ‘नोट अफ डिसेन्ट’ लेख्दै कुलमानले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिए । त्यसपछि क्रुद्ध बनेका ऊर्जामन्त्री खड्काले सोमबार नौ बुँदे स्पष्टीकरण सोधेका हुन् । मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत सोधिएको स्पष्टीकरणको सात दिनभित्र जवाफ दिनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

गत असोज २२ गते ऊर्जाले ट्रान्सफर्मर खरिदमा अनियमितता भएको भन्दै १५ बुँदे विवरण बुझाउन ताकेता गरेको थियो । उक्त विवरण नदिएको भन्दै मन्त्रालयले पुनः स्पष्टीकरण सोधेको पत्रमा भनिएको छ । पत्रमा कुलमानमाथि पदीय मर्यादाविपरीतका काम गरेको आरोपसमेत लगाइएको छ । ‘नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकहरुमासमेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक–पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमासमेत विवाद गर्ने गरेको र पदीय मर्यादाविपरीतका कार्यहरु गर्नुभएको साथै यस मन्त्रालयको निर्देशनसमेतलाई अवज्ञा गर्दै आउनुभएको छ,’ पत्रमा भनिएको छ ।

यसैगरी पदबाट किन नहटाउने ? भन्दै प्रश्नसमेत गरिएको छ । ‘सम्झौताको दफा १०.३ बमोजिम तपाईंको कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकोले सोही दफाबमोजिम तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?,’ पत्रमा प्रश्न गरिएको छ । घिसिङ २०७८ साउन २५ मा चार वर्षका लागि दोस्रोपटक प्राधिकरणका प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् ।


जवाफ नदिने मुडमा कुलमान
विद्युत् प्राधिकरणलाई जोगाउन र अहिलेसम्मको उपलब्धिलाई जोगाउन आफू कार्यकालभर पदमै बस्ने कुलमान घिसिङको मनसाय देखिएको कर्मचारीहरु बताउँछन् । ‘कुलमान फस्टम्यान भएर काम गर्ने मानिस हुन् । कुशल व्यवस्थापक पनि हुन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यही इमानदारिताका कारण अहिलेसम्म टिकिरहेका छन् । नभए मन्त्रीले आउनासाथ पहिल्यै हटाइसक्थे ।’

आफूले भनेको नटेरेको र आफूनिकटको कर्मचारी नराखेको भन्दै ऊर्जामन्त्री दीपक खड्का बूढानीलकण्ठसमेत पटक–पटक धाएका थिए । बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धाउँदा पनि खड्काले कुलमान हटाउन कुनै संकेत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे ‘ब्रिफिङ’ गरेका थिए । बालुवाटार पुगेर ब्रिफिङ गर्दा ओलीले प्रक्रिया नपुर्याई काम नगर्न भन्दै मन्त्री खड्कालाई हप्काएको चर्चासमेत प्रधानमन्त्री कार्यालयमा चल्न थालेको छ । मन्त्रालयको यो स्पष्टीकरणको कुनै पनि हालतमा जवाफ नफर्काउने अडानमा कुलमान रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP