Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैनः इजरायल
हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैनः इजरायल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २२, २०८१

जेरुसेलम - इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन।”विज्ञप्तिमा भनिएको छ, “बन्धकहरूको सूची हमासद्वारा इजरायललाई प्रदान गरिएको थिएन तर इजरायलले जुलाई २०२४ मा मध्यस्थहरूलाई दिएको थियो।”

मध्यस्थकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजा पट्टीमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न महिनौंदेखि सम्झौता गर्ने प्रयास गरिरहेका छन्।हालैका दिनहरूमा दुवै पक्षका वार्ताकारहरूले दोहामा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।

Hardik health

हमास समूहले ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको समूहका एक वरिष्ठ अधिकारीले आइतबार राति एएफपीसँग बताए । “हमासले पहिलो चरणको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा इजरायलले दिएकोे सूचीबाट ३४ जना इजरायली कैदीहरूलाई रिहा गर्न सहमत भएको छ,” ती अधिकारीले भने।

हमासका अर्का एक अधिकारीले नाम नबताउने शर्तमा भने, “प्रारम्भिक अदलाबदलीमा गाजामा रहेका सबै महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीलाई समावेश गरिनेछ ।”यसका लागि हमासलाई आफ्नो अवस्था पत्ता लगाउन समय चाहिने उनले बताए ।

“हमासले जीवित वा मृत ३४ जना कैदीलाई रिहा गर्न सहमत भएको छ”, ती अधिकारीले भने, “यद्यपि, समूहलाई अपहरणकारीहरूसँग कुराकानी गर्न र जीवित र मरेका   व्यक्तिहरूको पहिचान गर्न कम्तीमा पनि एक हप्ताको युद्धविराम हुनुपर्छ ।“

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जना बन्धकहरूलाई कब्जामा लिएका थिए, जसमध्ये ९६ जना अझै पनि गाजामै रहेका र तीमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP