Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
समाचार
  • Home
  • समाचार
  • मेलमिलाप दिवसमा कांग्रेसभित्रको झगडा छताछुल्ल
मेलमिलाप दिवसमा कांग्रेसभित्रको झगडा छताछुल्ल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १७, २०८१

वि.सं. २०८४ मा आमनिर्वाचन हुने छ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।
sashank koirala1693197487.jpg
डा. शशांक कोइराला
पूर्वमहामन्त्री, नेपाली कांग्रेस

काठमाडौं– प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मंगलबार देशभर मेलमिलाप दिवस मनायो । आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला बिपी कोइराला मेलमिलापको नीति लिई २०३३ पुस १६ गते भारतबाट नेपाल फर्केका थिए । सोही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएकोमा सदाझैं यसपटक पनि नेताहरुले एकअर्काविरुद्ध रोष पोखेका छन् । यतिबेला नेपाली कांग्रेसका नेताहरु १५औं महाधिवेशनको वार्मअपमा लागेका छन् । यस सन्दर्भमा भावी सभापतिका दाबेदार मानिएका नेताहरुले फरक–फरक मत राखेका हुन् ।

मेलमिलाप दिवसको अवसरमा चितवन पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको महाधिवेशन २०८४ पछिमात्र गर्दा पनि हुने धारणा राखे जबकि अहिलेका महामन्त्री गगन थापाले भने तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरे । ‘वि.सं. २०८४ मा आमनिर्वाचन हुने छ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ कोइरालाले भने ।

१५औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं । प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ ।
Gagan-1721538700.jpg
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

Hardik health


निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराए पनि निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता छताछुल्ल हुने बताए । यता महामन्त्री थापाले भने महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरे । मकवानपुरको हेटौंडा पुगेका थापाले भने, ‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५औं महाधिवेशनबारे कुरा गर्छौं, १५औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं । प्रतिबन्धितकालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ ।’

महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको पनि उल्लेख गर्दै थापाले चुनावको चिन्ता अहिले नै गर्न नहुने तर्कसमेत गरे । ‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला,’ उनले भने, ‘अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन ।’


गगनमाथि शर्माको व्यंग्य
२०७९ को निर्वाचनपछि संसदीय दलको नेतामा भिडाउँदै गगनलाई भावी प्रधानमन्त्रीका रुपमा हेरेका महामन्त्री विश्वप्रकाश शर्माले उनीप्रति अविश्वास प्रकट गरे । ‘सभापतिजी विस्तारै रिटायर्ड हुने क्रममा हुनुहुन्छ, विधानअनुसार अब उहाँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनुहुन्न, पाँचपटक त प्रधानमन्त्रीको भारी बोकिसक्नुभयो,’ पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले भने, ‘अब उहाँलाई कतिपटक प्रधानमन्त्रीको भारी बोकाउने ? अरूले बोक्न अघि सर्नुस् भनेर मैले भनेको छु । तर उहाँलाई काँध थाप्छु भन्नेहरू अलि नसुरिएकोजस्तो बुझ्छु ।’ गगनले पछिल्लोपटक देउवासँग निकटता बढाएका छन् ।

महामन्त्री शर्माले भने आफू मन्त्री पनि नबनेको र बन्ने इच्छासमेत नराखेको अवस्थामा अहिले नै पार्टी सभापति वा प्रधानमन्त्रीको दाबेदारका रूपमा नरहेको पनि बताए । ‘म मन्त्री पनि बनेको छैन बन्ने इच्छा पनि छैन, प्रधानमन्त्री र सभापति भविष्यमा कुनै दिन नेतृत्व गर्ने दिन आउला तर अहिले नै दाबेदार होइन,’ शर्माले गगनप्रति इंगित गर्दै भने, ‘पाँचचोटि प्रधानमन्त्री भएका सभापतिजीलाई गाह्रो भइसकेको होला, म भारी बोकिदिन्छु भनेर सुरिनेहरूको अभाव पार्टीभित्र देखिरहेको छु । दिएदेखि खाउँला भन्ने हुँदैन, म बन्छु प्रधानमन्त्री भनेर दृढतापूर्वक उभिन सक्नुपर्छ ।’ 

पाँचपटक प्रधानमन्त्री भएका सभापतिजीलाई गाह्रो भइसकेको होला, म भारी बोकिदिन्छु भनेर सुरिनेहरूको अभाव पार्टीभित्र देखिरहेको छु । दिएदेखि खाउँला भन्ने हुँदैन, म बन्छु प्रधानमन्त्री भनेर दृढतापूर्वक उभिन सक्नुपर्छ ।
bishowprakash sharma1690018057.jpg
विश्वप्रकाश शर्मा
महामन्त्री, नेपाली कांग्रेस

कांग्रेसका सभापति देउवाले भने सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा मंगलबार बिहान सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पूर्वका होउन् वा पश्चिमका होउन्, विभिन्न चाहनाहरु होलान्, ती सबैलाई समन्वय गरेर, एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई संसारमा नै स्थापित गर्न सक्छौं ।’

सरकारविरुद्ध असन्तुष्टि बढेको नेताहरुको भनाइ
नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले सरकारविरुद्ध जनताको असन्तुष्टि बढ्न थालेको बताएका छन् । थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताए ।‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्ने छ,’ थापाले भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

यसैगरी अर्का महामन्त्री शर्माले सरकारको काम गराइप्रति असन्तुष्टि देखिएको बताए । ‘चोकबजारमा व्यापक असन्तुष्टि छ । सबै मान्छेमा केही न केही आक्रोश छ । सबैसँग प्रश्न छ, सबैलाई सबैसँग गुनासो छ,’ शर्माले भने । यस विषयमा आफूले गर्नुपर्ने कामको जिम्मेवारी बोध भने गराउनुपर्ने उनको भनाइ थियो । 
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ मंगलबार, चैत २४, २०८२
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक मंगलबार, चैत २४, २०८२
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ मंगलबार, चैत २४, २०८२
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग मंगलबार, चैत २४, २०८२
चितुवाको आक्रमणबाट दुई घाइते
चितुवाको आक्रमणबाट दुई घाइते मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा  भट्ट नियुक्त गर्ने
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त गर्ने मंगलबार, चैत २४, २०८२
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै मंगलबार, चैत २४, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP