Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न 
नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

काठमाडाैं - नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । अन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले निर्देशन दिँदै नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न भएकाे हाे।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताएका हुन्  ।

 
नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । 

Hardik health


“ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो ।  नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ” उनले भने  । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए । 

बोर्डका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससंगै प्रविधिको व्यापक प्रयोग, पर्यटनको लागि आवश्यक जनशक्ति विकासमा जोड दिनु पर्ने बताए ।  नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले यसको लागि पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानु पर्ने बताए  ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । भिडपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेकोले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको उहाँले जानकारी दिए  । 

कार्यक्रमका नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचन गर्नका साथै वार्षिकोत्सवका अवसरमा  आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान सोमबार, चैत १६, २०८२
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै आइतबार, चैत १५, २०८२
पर्यटकको रोजाइमा रास ताल
पर्यटकको रोजाइमा रास ताल आइतबार, चैत १५, २०८२
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन आइतबार, चैत १५, २०८२
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन बिहीबार, चैत १२, २०८२
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’ बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP