Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

सियोल- दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उनको छोटो प्रयासको सम्बन्धमा जारी गरेको हो ।

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरे । यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो । उनको उक्त कार्यलाई लिएर संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ । 

“संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ”, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ । दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहनुभएको छ । यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ ।

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए ।“व्यक्तिले न्यायोचित कारणहरू बिना समनको पालना गर्न अस्वीकार गर्नसक्ने चिन्ताका कारण पक्राउ पुर्जी जारी गरिएको हो र त्यहाँ अपराध भएको शङ्का गर्न पर्याप्त सम्भावित कारण छ”, युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का एक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनमा भने, “पक्राउ पुर्जी जनवरी ६ सम्म मान्य छ ।” 

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन् । “अनुसन्धान गर्ने अधिकार नभएको निकायको अनुरोधमा जारी गरिएको पक्राउ पुर्जी र खानतलासी तथा जफत पुर्जी गैरकानूनी र अमान्य छन्”, वकिल युन काब–केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ ?

पक्राउ पुर्जी जारी भए पनि अनुसन्धानकर्ताहरू र प्रहरीले यसलाई कार्यान्वयन गर्न सक्ने वा नसक्ने अस्पष्ट छ । राष्ट्रपति सुरक्षा सेवाले पहिले नै तीनवटा खानतलासी पुर्जी पालना गर्न अस्वीकार गरेको थियो ।मङ्गलबार राष्ट्रपति सुरक्षा सेवाले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा भनिएको छ, “पुर्जीको कार्यान्वयन सम्बन्धी सुरक्षा उपायहरू कानूनी प्रक्रिया अनुसार गरिनेछ ।”

तर डेमोक्रेटिक सोसाइटीका वकिलहरूका अध्यक्ष वकिल युन बोक–नामले खानतलासी पुर्जी अस्वीकार गर्न कानूनी आधार भए पनि ‘पक्राउ पुर्जीका लागि त्यस्तो कुनै प्रावधान छैन’ भने । “म (पक्राउ) प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गर्छु”, उनले भने । साथै उहाँले पुर्जी सामान्यतया सात दिनसम्म मान्य हुने र त्यस अवधिभित्र कार्यान्वयन गर्नुपर्ने जानकारी दिए । 

सम्भावित झडपहरूलाई रोक्ने प्रयासमा सियोलको केन्द्रमा रहेको युनको निवास बाहिर मङ्गलबार बिहानै प्रहरी परिचालन गरिएको थियो ।    युनका समर्थक र उहाँलाई हटाउन माग गर्ने प्रदर्शनकारीहरू दुवैले उनको निवास घेरेका छन् । स्थानीय सञ्चारमाध्यमले रातभर दुई समूहबीच भएका झडपका तस्बिरहरू प्रसारण गरेका छन् ।

“अनुचित र अवैध पक्राउ पुर्जीको विरोधमा तीन हजारसम्म मानिस प्रदर्शनमा उत्रनेछन्”, युनलाई समर्थन गर्ने सबैभन्दा ठूलो विरोध समूहका एक अधिकारीले भने । स्थानीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताहरूले राष्ट्रपति सुरक्षा सेवासँग समन्वय गर्न खोज्ने भएकाले तत्काल पक्राउ वा राष्ट्रपति निवासको खानतलासी हुने सम्भावना कम छ ।प्राविधिक रूपमा पक्राउ पुर्जीको कार्यान्वयनमा बाधा पु¥याउने जोसुकैलाई पक्राउ गर्न सकिन्छ ।

संयुक्त अनुसन्धान

एएफपीले हेरेको १० पृष्ठको अभियोजकको प्रतिवेदनमा युनले आफ्नो असफल मार्सल ल प्रयासका क्रममा आवश्यक परे संसद्मा प्रवेश गर्न सेनालाई हतियार प्रयोग गर्न अधिकार दिएको उल्लेख छ । युनका वकिलले पहिले नै अभियोजकहरूको प्रतिवेदनलाई खारेज गर्दै ‘यो वस्तुगत परिस्थिति वा सामान्य ज्ञानसँग मेल नखाने एकपक्षीय विवरण हो’ भनेका थिए । 

युनले डिसेम्बर ३ मा अघोषित टेलिभिजन सम्बोधनमा ‘राज्य विरोधी तत्वहरू’ लाई उन्मूलन गर्ने लक्ष्य राखेको भन्दै मार्सल लको घोषणा गरेको थियो ।  घोषणा भएको केही मिनेटमै सांसदहरू संसद्मा पुगेर यसलाई अस्वीकार गर्न मतदान गरेका थिए । त्यसै समयमा पूर्ण हतियारधारी सैनिकहरूले भवनमा धावा बोले, बार नाघे, झ्यालहरू फोरे र हेलिकप्टरबाट अवतरण गरे ।

अभियोजन अभियोगपत्र अनुसार युनले राजधानी रक्षा कमाण्डका प्रमुख ली जिन–वूलाई राष्ट्रिय सभामा प्रवेश गर्न आवश्यक परेमा सैन्य बलले गोली चलाउन सक्ने बताएको थियो ।   मार्चको सुरुमा युनले वरिष्ठ सैन्य अधिकारीहरूसँग मार्सल ल घोषणा गर्नेबारे छलफल गरिरहेको प्रमाण रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

युनको प्रतिस्थापनमा आउनुभएका हान डक–सूलाई पनि युनको अनुसन्धानका लागि विधेयकहरूमा हस्ताक्षर नगरेको आरोपमा संसद्ले महाभियोग लगाएपछि दक्षिण कोरियाको राजनीतिक सङ्कट गत हप्ताको अन्त्यमा झन् गहिरियो ।अर्थमन्त्री चोई साङ–मोकले नयाँ कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नुभएको छ र आइतबार १७९ जनाको ज्यान लिने जेजु एयर विमान दुर्घटनाको विपत्तिसँग तत्काल जुध्नु परेको छ ।


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP