Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्तामा हुँदा चुपचाप, बाहिरिएपछि चर्को स्वर
गिरिबन्धु टि–स्टेट प्रकरण सत्तामा हुँदा चुपचाप, बाहिरिएपछि चर्को स्वर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१
  • एमालेको सहयोगमा सत्ताको नेतृत्वमा रहँदासम्म गिरिबन्धु टि–स्टेट प्रकरणमा मौन रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाहिर पुगेपछि चर्को विरोध गरिरहेका छन् ।
  • नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मााले यो मुद्दा चर्काएका थिए । आफ्नै पार्टीको समर्थनमा ओली प्रधानमन्त्री भएपछि कांग्रेसका नेताहरु यस प्रकरणमा मौन छन् । 

काठमाडौं– नेकपा एमालेको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले गिरिबन्धु टि–स्टेट प्रकरण चर्काएको थियो । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अनियमितताको आरोप लगाउँदा दाहाल मौन बसेका थिए ।

उनै दाहालले सत्ताबाट हटेपछि भने यो प्रकरण उक्काउने तर्क गरेका छन् । सोमबार झापाको गौरीगञ्ज पुगेर गिरिबन्धु टि–स्टेट प्रकरण पर्दाफास गरी छाड्ने दाबी गरेका हुन् । ‘मेरो लागि त केपी ओली यति धेरै झेली मान्छे, उहाँ त जलझेल गरिराख्नुहुन्छ,’ वर्तमान प्रधानमन्त्री ओलीमाथि आरोप लगाउँदै दाहालले भने, ‘गिरिबन्धु टि–स्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने छु ।’

ओली नेतृत्वको मन्त्रिपरिषद्को २०७८ वैशाख १३ गतेको बैठकले गिरिबन्धु टि–स्टेटलाई झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको ३४३ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो । अर्बौं रुपैयाँ पर्ने साढे ३०० बिघा जग्गाको सट्टा कोशी प्रदेशको विभिन्न अनकन्टार ठाउँमा रहेका सस्तो मूल्यका जग्गा सट्टापट्टा प्रकरणमा ओलीले अनियमितता गरेको कांग्रेसको आरोप थियो । आफूले यही प्रकरणमा अनुसन्धानको सुई अघि बढाउन खोज्दा सरकारबाटै हराएको दाहालको दाबी रह्यो । ‘मलाई जबरजस्ती प्रधानमन्त्रीबाट हटाइएको कारण मेरो अनुसन्धानको सुई गिरिबन्धुतिर ढल्किएकोले हो,’ दाहालले भने ।

दाहालमात्रै हैनन् अहिले एमालेसँग गठबन्धन गरेको नेपाली कांग्रेस पनि यस प्रकरणमा मौन छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मााले यो मुद्दा चर्काएका थिए । आफ्नै पार्टीको समर्थनमा ओली प्रधानमन्त्री भएपछि कांग्रेसका नेताहरु यस प्रकरणमा मौन देखिएका हुन् । 

Hardik health

कांग्रेस–एमाले मिलेपछि गत असार १८ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ गठबन्धनप्रति व्यंग्य गरेका थिए । सामाजिक सञ्जालमार्फत बालेनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यंग्य गरेका थिए । ‘यो समय गिरिबन्धु चियाको हो,’ बालेनले सामाजिक सञ्जालमा दुई नेताको तस्बिर पोस्ट गर्दै लेखेका थिए, ‘काले काले मिलेर खाऊँ भाले ।’ 

भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने दाबी
माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने दाबीसमेत गरे । जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको दाहालको भनाइ छ । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन,’ दाहालले भने, ‘तपाईंहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ ।’

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै दाहालले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताए । यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै दाहालले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको दाबी गरे । ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो,’ दाहालले भने, ‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं ।’

अध्यक्ष दाहालले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए । झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ, म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु ।’

आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै दाहालले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताए । ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ, भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’, उनले भने, ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं ।’

दाहालले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको तर्क गरे । ‘मैले पहिलोपटक भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्गको सुरुवात गरें, जो अब चाँडै सम्पन्न हुँदै छ,’ दाहालले भने ‘सामाजिक न्यायको क्षेत्रमा गरिब किसानको कृषि ऋण मिनाह गर्ने अवसर मलाई प्राप्त भयो ।’
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP