Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक ‘स्पेस’ खोज्दै ठूला पार्टीबाट निकालिएकाहरु
राजनीतिक ‘स्पेस’ खोज्दै ठूला पार्टीबाट निकालिएकाहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

काठमाडौं– नेकपा एमालेबाट विभिन्न कारण निष्कासनमा परेका दुई उपाध्यक्ष यतिबेला राजनीतिक स्पेस खोज्ने अभियानमा छन् । एमाले हुँदै नेकपाको उपाध्यक्ष बनेका वामदेव गौतम पार्टी फुट्दा यता न उता भए ।त्यसको लामो समयपछि २०७७ असोजमा उनी राष्ट्रिय सभा सदस्यमा मनोनीत भए । एमालेकै सहयोगमा राष्ट्रिय सभा सदस्य भए पनि कुनै दलमा आबद्ध छैनन् । २०७८ भदौमा उनले पार्टी छाडेका थिए । पछिल्लोपटक नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । २०७९ असार १४ गते गौतमको संयोजकत्वमा आठ सदस्यीय कमिटीसमेत गठन गरिएको थियो । तर, केही दिनमै अभियानका सदस्य युवराज सफलले गौतमलाई पार्टीबाटै निष्कासन गरेका थिए ।

यतिबेला वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । एकीकृत समाजवादीको वरिष्ठ नेता पाउने आशमा उनले पार्टी अध्यक्ष माधव नेपालसँग कुराकानी गरिसकेका छन् । सोमबार दुई नेताबीच पार्टी प्रवेशको बारेमा छलफल भएको थियो । यद्यपि आफ्नो स्थानबारे कुनै कुरा नमिलेको गौतमले बताए । ‘नयाँ आकाशतिर पनि हिँड्नपर्छ भन्ने कुरा भयो,’ नेपालसँगको भेटबारे गौतमले भने, ‘फेरि कुरा गर्ने गरी छुटेका छौं ।’

गौतमझैं हालै एमालेबाट निष्कासनमा परेका भीम रावल पनि राजनीतिक स्पेस खोज्दै पत्रकार सम्मेलनको तयारीमा छन् । ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मी एवं शुभेच्छुक र जिज्ञासुहरुलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछु,’ रावलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् । काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बुधबार पत्रकार सम्मेलनको तयारीमा रहेका रावलसँग कांग्रेस छाडेर बिपी कांग्रेसमा वरिष्ठ उपाध्यक्ष बनेका कर्ण मल्लले भेट गरेका छन् । रावल जसरी पनि नयाँ पार्टी खोल्ने तयारीमा रहेको बुझिएको छ । 

Hardik health

पुस १० गते एमालेले रावललाई पार्टीबाट निष्कासन गरेको थियो । यता डडेलधुराका कांग्रेस सभापति रहेका मल्ललाई भने २०७९ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट निष्कासन गरेका थिए । क्रियाशील सदस्यताको विवादका कारण पार्टीको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै देउवाको विरोध गरेपछि मल्ललाई पार्टीले निष्कासन गरिएको थियो । त्यसपछि उनी सुशीलमान शेरचन नेतृत्वको बिपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । सोही पार्टीबाट मल्ल डडेलधुरामा देउवासँग २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा प्रतिस्पर्धामा उत्रिएका थिए ।

उनै मल्लले सोमबार रावलसँग भेट गरेका हुन् । सुदूरपश्चिम भूगोलबाट राजनीति गर्ने मल्ल र रावलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा रावलसँग पार्टी एकताका विषयमा कुराकानी भएको मल्लले बताए । ‘तीन वर्ष अगाडि शेरबहादुर देउवाले निकालेको म, तीन दिनअघि केपी ओलीले  निकालेको उहाँ (रावल)सँग भेट्न गएँ,’ मल्लले भने, ‘राष्ट्रिय नेता पनि हुनुहुन्छ भीम रावल । उहाँसँग समसामयिक विषयमा भलाकुसारी भयो ।’

रावलसँग कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको र पार्टी एकताबारे कुनै ठोस सहमति भने भइनसकेको उनको दाबी रह्यो । ‘कसरी अघि बढ्ने भनेर सकारात्मक कुराकानी भयो,’ मल्लले भने ।मधेस राजनीतिमा लामो समय सक्रिय रहेर पछिल्लोपटक मौन बसेका राजेन्द्र महतो र हृदयश त्रिपाठीले नयाँ पार्टी खोलिसकेका छन् । लोकतान्त्रिक समाजवादीमा छाडेर महतोले गत असोजमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी गठन गरेका हुन् । क्रान्ति नाममा निर्वाचन आयोगले आपत्ति जनाएपछि कात्तिकमा माछा चिह्न लिएर राष्ट्रिय मुक्ति पार्टी गठन गरे ।

यता त्रिपाठीले भने २०७८ मंसिरमै जनता प्रगतिशील पार्टी गठन गरेका थिए । यद्यपि उनको दलको कुनै जादू चल्न सकेन । मधेसवादी दल हुँदै एमालेको सूृर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पछिल्लोपटक गुमनाम छन् । महतो र त्रिपाठी मंगलबार तमु बौद्ध सेवा समिति अनामनगरको भवनमा एकैसाथ देखिने भएका छन् । मधेसी एकता समाजले आयोजना गरेको मधेसी शक्तिबीच सहकार्य विषयक विचार मन्थन कार्यक्रममा प्रभु साहदेखि अमरेशकुमार सिंहसम्म उपस्थित हुनेछन् । माओवादी छाडेका प्रभुले आम आदमी दल खोलेका छन् भने अमरेश भने स्वतन्त्र छन् । ठूला दलले निकालेपछि राजनीतिक स्पेसका लागि भए पनि नेताहरुले दल निर्माण गर्ने क्रम बढ्दो छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP