Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजनीतिक ‘स्पेस’ खोज्दै ठूला पार्टीबाट निकालिएकाहरु
राजनीतिक ‘स्पेस’ खोज्दै ठूला पार्टीबाट निकालिएकाहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

काठमाडौं– नेकपा एमालेबाट विभिन्न कारण निष्कासनमा परेका दुई उपाध्यक्ष यतिबेला राजनीतिक स्पेस खोज्ने अभियानमा छन् । एमाले हुँदै नेकपाको उपाध्यक्ष बनेका वामदेव गौतम पार्टी फुट्दा यता न उता भए ।त्यसको लामो समयपछि २०७७ असोजमा उनी राष्ट्रिय सभा सदस्यमा मनोनीत भए । एमालेकै सहयोगमा राष्ट्रिय सभा सदस्य भए पनि कुनै दलमा आबद्ध छैनन् । २०७८ भदौमा उनले पार्टी छाडेका थिए । पछिल्लोपटक नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । २०७९ असार १४ गते गौतमको संयोजकत्वमा आठ सदस्यीय कमिटीसमेत गठन गरिएको थियो । तर, केही दिनमै अभियानका सदस्य युवराज सफलले गौतमलाई पार्टीबाटै निष्कासन गरेका थिए ।

यतिबेला वामदेव एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । एकीकृत समाजवादीको वरिष्ठ नेता पाउने आशमा उनले पार्टी अध्यक्ष माधव नेपालसँग कुराकानी गरिसकेका छन् । सोमबार दुई नेताबीच पार्टी प्रवेशको बारेमा छलफल भएको थियो । यद्यपि आफ्नो स्थानबारे कुनै कुरा नमिलेको गौतमले बताए । ‘नयाँ आकाशतिर पनि हिँड्नपर्छ भन्ने कुरा भयो,’ नेपालसँगको भेटबारे गौतमले भने, ‘फेरि कुरा गर्ने गरी छुटेका छौं ।’

गौतमझैं हालै एमालेबाट निष्कासनमा परेका भीम रावल पनि राजनीतिक स्पेस खोज्दै पत्रकार सम्मेलनको तयारीमा छन् । ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि सम्पूर्ण सञ्चारकर्मी एवं शुभेच्छुक र जिज्ञासुहरुलाई हार्दिक अनुरोधका साथ आमन्त्रण गर्दछु,’ रावलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् । काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बुधबार पत्रकार सम्मेलनको तयारीमा रहेका रावलसँग कांग्रेस छाडेर बिपी कांग्रेसमा वरिष्ठ उपाध्यक्ष बनेका कर्ण मल्लले भेट गरेका छन् । रावल जसरी पनि नयाँ पार्टी खोल्ने तयारीमा रहेको बुझिएको छ । 

Hardik health

पुस १० गते एमालेले रावललाई पार्टीबाट निष्कासन गरेको थियो । यता डडेलधुराका कांग्रेस सभापति रहेका मल्ललाई भने २०७९ वैशाखमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट निष्कासन गरेका थिए । क्रियाशील सदस्यताको विवादका कारण पार्टीको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै देउवाको विरोध गरेपछि मल्ललाई पार्टीले निष्कासन गरिएको थियो । त्यसपछि उनी सुशीलमान शेरचन नेतृत्वको बिपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । सोही पार्टीबाट मल्ल डडेलधुरामा देउवासँग २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा प्रतिस्पर्धामा उत्रिएका थिए ।

उनै मल्लले सोमबार रावलसँग भेट गरेका हुन् । सुदूरपश्चिम भूगोलबाट राजनीति गर्ने मल्ल र रावलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा रावलसँग पार्टी एकताका विषयमा कुराकानी भएको मल्लले बताए । ‘तीन वर्ष अगाडि शेरबहादुर देउवाले निकालेको म, तीन दिनअघि केपी ओलीले  निकालेको उहाँ (रावल)सँग भेट्न गएँ,’ मल्लले भने, ‘राष्ट्रिय नेता पनि हुनुहुन्छ भीम रावल । उहाँसँग समसामयिक विषयमा भलाकुसारी भयो ।’

रावलसँग कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको र पार्टी एकताबारे कुनै ठोस सहमति भने भइनसकेको उनको दाबी रह्यो । ‘कसरी अघि बढ्ने भनेर सकारात्मक कुराकानी भयो,’ मल्लले भने ।मधेस राजनीतिमा लामो समय सक्रिय रहेर पछिल्लोपटक मौन बसेका राजेन्द्र महतो र हृदयश त्रिपाठीले नयाँ पार्टी खोलिसकेका छन् । लोकतान्त्रिक समाजवादीमा छाडेर महतोले गत असोजमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी गठन गरेका हुन् । क्रान्ति नाममा निर्वाचन आयोगले आपत्ति जनाएपछि कात्तिकमा माछा चिह्न लिएर राष्ट्रिय मुक्ति पार्टी गठन गरे ।

यता त्रिपाठीले भने २०७८ मंसिरमै जनता प्रगतिशील पार्टी गठन गरेका थिए । यद्यपि उनको दलको कुनै जादू चल्न सकेन । मधेसवादी दल हुँदै एमालेको सूृर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पछिल्लोपटक गुमनाम छन् । महतो र त्रिपाठी मंगलबार तमु बौद्ध सेवा समिति अनामनगरको भवनमा एकैसाथ देखिने भएका छन् । मधेसी एकता समाजले आयोजना गरेको मधेसी शक्तिबीच सहकार्य विषयक विचार मन्थन कार्यक्रममा प्रभु साहदेखि अमरेशकुमार सिंहसम्म उपस्थित हुनेछन् । माओवादी छाडेका प्रभुले आम आदमी दल खोलेका छन् भने अमरेश भने स्वतन्त्र छन् । ठूला दलले निकालेपछि राजनीतिक स्पेसका लागि भए पनि नेताहरुले दल निर्माण गर्ने क्रम बढ्दो छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP