Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
विचार
  • Home
  • विचार
  • पैसासँगै गयो जिन्दगी !
पैसासँगै गयो जिन्दगी !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, पुस १६, २०८१

दुबईको सार्वजनिक पार्कमा दुई दर्जनभन्दा बढी युवाहरु मलिन अनुहारमा बसिरहेका छन् । अधिकांश युवाहरु मोबाइलमा कसैसँग हारगुहार मागिरहेका छन् । सबैको उस्तै–उस्तै गुनासो छ । पैसा पनि गयो, जिन्दगी पनि जाला जस्तो छ । ‘यताबाट गरेको फोन गरेको ‘रेस्पोन्स’ नै गरिरहेको छैन । जे कामका लागि ल्याएको थियो त्यो काम पनि होइन रहेछ । १२ घण्टाभन्दा बढी काम गर्दा पनि पैसा नदिएपछि अहिले हामी टन्नै साथीहरु कम्पनी छाडेर पार्कमा आएर बसिरहेका छौं । तीनदिनदेखि भोकै छौं, लौ न त्यहाँ कसैलाई भनेर हाम्रो उद्धार गरिदिनुप¥यो ।’ आफ्नो गुनासो फोनबाट नेपालमा आफन्तलाई गर्दै थिए राजेन्द्र ।

राजेन्द्रसँगै रहेको प्रकाश पनि उनका भिनाजु पर्नेलाई कुवेततिर भिडियो कल गर्दै थिए । श्याम पनि आफूलाई पठाउने दलालले धोका दिएको गुनासो खै कोसँग गर्दै थिए । रोजगारीका लागि विभिन्न किसिमले दुबई पुगेर अलपत्र परेका नेपाली युवाहरुको रोदन त्यो बिरानो देशमा कसले पो सुन्दिने हो र ?देशमा रोजगारी नपाएर परदेश भासिन बाध्य भएका युवाहरुलाई आफ्नै देशबाट ठगिनुपरेको छ । रोजगारी पाइन्छ, राम्रो कमाई हुन्छ भन्दै घरपरिवार छाडेर ऋण काढेर परदेशी बनेकाहरुको पीडा कसले सुन्ने हो र ? 

श्यामको भिडियो कलमा कुरा गर्नेले भन्दै थिए । ‘खै तिमीहरु अब जसरी भए पनि फर्क, बरु म तिमीहरुलाई कतै न कतै पठाइदिउँला’ । लाग्थ्यो विदेशमा उसकै कम्पनी छ अनि तुरुन्तै जागिर लगाइदिन्छ ।विदेशमा अलपत्र परिरहँदा लाखौं रुपैयाँ त डुबिसकेको छ । त्यही ऋणको भारी बिसाउनका लागि मान्छे बेच्ने दलालहरुले फिँजाएको भ्रमको जालोमा नजानिँदो किसिमले मध्यम वर्गीय युवा पुस्ता भासिएका छन् ।राजेन्द्र उसको भिनाजु पर्नेको कुरा सुनेर अब त त्यो जालोबाट मुक्त पाइन्छ कि भान गर्दै अलिअलि फुरुंग थियो । सायद उसले अर्को देशको आश्वासन पाएको थियो । 

निचारेको कागतीको जस्तै अनुहारमा कुरा गरिरहेको राजेन्द्रको अनुहारमा एकाएक खुसी छाएको देखेर श्याम पनि दंग भयो । उसले राजेन्द्रलाई सोध्यो, ‘के भो हामीले नयाँ काम पाउने भयौ हो ?’श्यामको उत्साह देखेर राजेन्द्रले भन्यो, ‘खै यहाँ त होइन अन्तै भनेका छन् मलाई हाम्रो भिनाजुले ।’ श्यामले अझै उत्साहित हुँदै सोध्यो, ‘साँच्चै तँ जहाँ जान्छस्, मलाई भनी भन है जसरी पनि यार, मेरो बिजोग हुन्छ तँलाई थाहा छ नि मैले कसरी ऋण गरेको छु भनेर’ अलि भावुक हुन्छ । 

Hardik health

‘अँ तँ मात्र हो नि मेरोचाहिँ हालत बुझेको छैनस् र ? हामी सबैको उही हालत हो उन्नाइस र बीस मात्र हो । तर, हेर हामी केही कमाउन आएका हौं । जसरी भए पनि जहाँ गएर पनि कमाउनुपर्छ । भिनाजुले केही गर्लान् भन्ने आशा छ ।’ अलि आत्मवल बलियो बनाएर राजेन्द्र ढाडस् दिन्छ । 

‘तेरो आफ्नै भिनाजु हो नि ?,’ श्यामले सोध्छ ।‘खै आफ्नै भन्ने कि अर्काको, ठूलो बाको ज्वाइँ भाइ हुन् ।’‘एऽ, उनी विदेशमै बसेका रैछन्, दुःख बुझ्लान् नि ?’ कुरा गरिराख है । ‘कसरी नेपाल फर्कनु त्यत्रो ऋण छ ?’ श्याम निराश हुँदै भन्छ । त्यही त । ‘साला, नेपाली भएर नेपालीलाई ढाँटेर विदेशमा ल्याएर अलपत्र पार्छन् । हाम्रो आँसुले त तिनीहरुलाई पोल्छ एक दिन ।’ राजेन्द्र अलि आक्रोश व्यक्त गर्छ ।

‘उनीहरुलाई हाम्रो आँसु लाग्ने कहिले हो, हाम्रो आँसु अहिले झरिरहेको छ । न घरको न घाटको जस्तो भइएको छ परदेशमा’ श्याम निकै गलेको स्वरमा भन्छ ।त्यत्ति नै बेला प्रकाशले श्यामलाई बोलाउँछ, ‘ए श्याम राजेन्द्र, सुन त ?’ दुवैले एकैस्वरमा भन्छन्, ‘के भो’‘अब हामी यहाँ बसिरहनु ठीक छैन जस्तो छ । हामी भाग्यौं भनेर कम्पनीले पुलिसलाई भनिदिएको छ रे कतै सुरक्षित ठाउँ जाउँ यार,’ प्रकाशले उत्तर फर्काउँछ । 

निकै कम बोल्न दिवाकर प्वाक्क बोल्छ, ‘भागेर कहाँ जान्छौ साथीहरु, हामी त नराम्रोसँग खाल्डोमा परिसक्यौ’ हामीले केही गल्ती गरेकै छैन भने हामी किन डराउने ? बरु नेपाली दूतावास जाउँ । त्यही गएर म्यानपावरले गरेको बदमासी, कम्पनीले दिएको दुःख उजुरी गरौं । कम्तीमा सग्लो ज्यान लिएर आफ्नै देश फर्कन त पाइन्छ ?’

दिवाकारको कुरा सुनेर श्यामलाई रिस उठ्छ कि क्याहो झर्किएर भन्छ, ‘जाऽजा तैँ मात्र जा दूतावास । नेपाली दूतावासले त्यत्ति सजिलै तँलाई घर पठाइदेला नि । गेटभित्र पनि सजिलै छिर्न पाउन्नस् । कत्ति न सजिलो सहयोग गर्छ भन्ठानेको होला ?’‘नरिसा न नरिसा, यत्रो दिन भइसक्यो हामी यसरी अलपत्र परेका छौं । घरपरिवारलाई केही भन्न सकेका छैनौं बरु दुतावासमा गएर कुरा ग¥यौं भने केही त राहत होला ।’ कस्तो कुरा नबुझेको हो ? 

‘म त कुनै हालतमा दूतावास जाँदिन, अब यो अवस्थामा रित्तो नेपाल फर्कनु ? के हो राजेन्द्र तँ के गर्ने अरुलाई सोध है श्याम सहमत जनाउँछन् ।‘तिमीहरु जाउनजाउ अर्को कुरा हो । म त दूतावास जान्छु, सबै कुरा भन्छु । हाम्रो पैसा खाएर, हामीलाई यसरी अलपत्र पार्ने त्यो एजेण्ट र म्यानपावरलाई म चाहि त्यसै छाडदिनँ,’ दिवाकर निकै साहसीरुपमा भन्छ । ‘खै के हो के हो, ए राजेन्द्र भने है यो दिवाकरलाई । यसले गर्दा हामीलाई समेत अप्ठेरो पार्लाजस्तो छ,’ श्याम अलि शंकास्पद रुपले भन्छ । 

श्यामको कुरा सुनेर दिवाकर मुस्कुराउँदै भन्छ, ‘साथी, यत्रो दिन भो हामीलाई कठै भन्ने मान्छे छैन । हामीले गलत काम गरेर भागेको हो र ? पैसा तिरर काम गर्न आएका हौं, ऋण तिरेर कमाउन आएका हौं । यसरी चुप बस्यो भने त पैसासँग सँगै ज्यान पनि जान सक्छ बुझिस् । त्यही भएर तिमीहरु के गर्छाैं कुन्नि म चाहिँ दूतावास जान्छु, बरु नेपाल नै फर्कन परे पनि परोस् । यसै डुबियो, त्यसै डुबियो । डुबाउनेलाई पटक्कै छाड्ने छैन । बरु आफ्नै माटोमा गएर भोकै मर्छु ।’ ल साथीहरु म चाहिँ लागे दूतावासतिर न्याय खोज्नका लागि दिवाकर जान्छ ।
अरु साथीहरु परदेशी पार्कको डिलबाट दिवाकर गएतिर टुलुटुलु हेरिहन्छन ! को कता अलमलिने हुन् थाहा छैन ।
 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
नेपालमा नयाँ पुस्ताको नेतृत्व माग बिहीबार, असोज २, २०८२
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम बिहीबार, असोज २, २०८२
संकट अस्थायी हो, आशा स्थायी
संकट अस्थायी हो, आशा स्थायी बुधबार, असोज १, २०८२
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व मंगलबार, भदौ ३१, २०८२
ऊ त गयो माया मारेर ! 
ऊ त गयो माया मारेर !  मंगलबार, भदौ ३१, २०८२
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा? सोमबार, भदौ ३०, २०८२
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’ सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP