Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भ्रष्टाचार एजेण्डामा राप्रपा
भ्रष्टाचार एजेण्डामा राप्रपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १४, २०८१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र पुनःस्थापना र संवैधानिक राजसंस्था कायम गर्न माग गर्दै सरकारलाई ४० बुँदे मागपत्र बुझाएको एक वर्ष नाघ्यो । माग पूरा नगरे निरन्तर आन्दोलन गर्ने र व्यवस्था परिवर्तन गर्ने उक्त दलको चेतावनी थियो । तर, गत वर्षको चैत अन्तिममा एक दिन आन्दोलन गरेपछि राप्रपा थला पर्यो ।

अन्ततः झण्डै नौ महिनापछि भने शनिबार कोशी प्रदेशको इटहरीमा राप्रपाले विरोधसभा आयोजना गरेको छ । सभामा राप्रपा नेताहरू हिन्दू राष्ट्र पुनःस्थापना र संवैधानिक राजसंस्था फर्काउने एजेण्डामा भन्दा पनि भ्रष्टाचारमा केन्द्रित भए ।सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ठोकुवा गरे, ‘सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही जोगिँदैनन् ।’

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग लाग्यो । उनीविरुद्ध अदालतमा यससम्बन्धी मुद्दा दायर भइसकेको छ । यही प्रसंग जोड्दै अध्यक्ष लिङ्देनले ठूला दलका सम्पत्ति शुद्धीकरणको मुद्दाले कोही नजोगिने बताएका हुन् । लिङ्देनले भनेका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी हुन् । कांग्रेस पछिल्लोपटक २०४८ र एमाले २०५१ पछि बेलाबेला सरकारमा छन् । माओवादी २०६५ पछि सरकारमा छ । उनकै दल राप्रपा पनि २०५२ पछि पटक–पटक सरकारमा सहभागी हुँदै आएको छ । 

Hardik health

तर, कांग्रेस, एमाले र माओवादीका नेताहरूले अकुत सम्पति कमाएको आरोप लगाउँदै लिङ्देनले उनीहरू सम्पत्ति शुद्धीकरण मुद्दामा नजोगिने बताएका हुन् । उनले २०४८ पछि सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिनको माग गर्दै आएका छन् । तर, उनको मागअनुसार सरकारले सम्पत्ति छानबिन गर्न कुनै विशेष समिति गठन गरेको छैन । 

लिङ्देनले आफूलाई भ्रष्टाचार विरोधी नेताको रूपमा चिनाउन खोज्दै आएका छन् । ‘भ्रष्टाचार गर्नु भनेको आमको रगत खानुजस्तै हो’ भन्ने उनको भ्रष्टाचारविरोधी नारा नै छ । तर, उनकै दलका उपाध्यक्ष विक्रम पाण्डे बहुचर्चित सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचारी ठहरिएका थिए । उनकै दलकी सांसद गीता बस्नेत सहकारी ठगी आरोप लागेपछि फरार छिन् । 

यति हुँदाहुँदै अध्यक्ष लिङ्देनले ठूला दलका नेताहरू सम्पत्ति शुद्धीकरण मुद्दाले नजोगिने भनेका हुन् । उनले भ्रष्टाचार बढ्नुलाई राजनीतिक व्यवस्थासँग जोडेका छन् । उनले भने, ‘अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन्झन् संरक्षण गरेको छ । त्यही भएर अब देशका लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य भइसक्यो ।’

विरोधसभाका राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालसँग भ्रष्टाचार गरेको छैन र नेपालबाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसद्मा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए । उनले प्रधानमन्त्री ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको दाबी गरे ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि भ्रष्टाचारीको दिन गन्ती सुरु भएको बताएका थिए । राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिन, सहकारी पीडितहरुको बचत फिर्ता गराएरै छाड्ने बताए ।
 


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP